मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

रहर लाग्दो बाख्रा फार्म

आइतबार, वैशाख ४ २०७९
रहर लाग्दो बाख्रा फार्म

त्यसैगरी ७५ प्रतिशत बोयरमा त्रीचालीस वटा माउ, ७५ प्रतिशत बोयरका २५ पाठी र २३ पाठा रहेका छन्।

तनहुँ- व्यास नगरपालिका-४ चुरेखोल्सी निवासी देवीप्रसाद र गंगादेवी अधिकारीको रहर लाग्दो बाख्रा फार्म रहेको छ। उक्त फार्ममा पुग्ने जो कसैको मनमा आनन्द मिल्छ र केही चाही गर्नुपर्ने रहेछ भन्ने मनोभावना पलाएर आउँछ। 

जोश जाँगर भए स्वदेशमै बसेर पनि मनग्य आम्दानी लिन सकिन्छ भन्ने उक्त फार्ममा पुग्ने जो कोही मानिसका लागि पनि गतिलो सन्देश मिल्न सक्छ। सुरुमा डेढ लाख रुपैयाँ लगानी गरी आठ बाख्राबाट सुरुवात गरेका अधिकारी दम्पत्ती फार्ममा १०० को हाराहारीमा बोयर जातका बाख्रा रहेका छन्। बाख्रा फार्ममा अधिकारी दम्पत्तीसँगै अन्य तीन जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। 

दिउँसो एउटा खोरमा र राती अर्को खोरमा बाख्रा राख्ने व्यवस्था मिलाइएको छ। बाख्रा फार्ममा दुई कुकुरसमेत परिचालन गरिएको छ। बाख्रा पालनका लागि आफ्नो चौबीस रोपनी र बाह्र रोपनी भाडामा लिएर घाँस खेती गरिएको छ। डाले घाँस र नेपियरलगायतका घाँस लगाइएको छ। 

गंगादेवी बाख्रा फार्मका नाउँमा दर्ता गरी व्यवसायिक बाख्रा पालन थालिएको छ। उक्त फार्म अधिकारीकी बुहारी गायत्रीका नाउँमा दर्ता गरिएको छ। गायत्रीको पसल रहेकाले फूर्सदको समयमा फार्मको रेखदेखसमेत गर्दै आएको बताए।  

हालसम्म बैकको ऋण, अनुदान र आफ्नो लगानीसमेत गरी करिब एक करोड रुपैयाँ लगानी भएको फार्म सञ्चालक बताए। उनका छोरा नारायणप्रसाद दमौली कारागारका जेलर हुन्। उनले कार्यालयको कामबाहेक बिदाको दिन बिहान बेलुकाको समयमा फार्मको रेखदेख गर्दै आएका छन्। 

बुबा आमाको पुख्यौली पेशा नै पशुपालन भएकाले अन्य व्यवसायभन्दा पशुपालनमा लगानी गरिएको उनले बताए। १०० प्रतिशत बोयर जातका दुई बोका, शुद्ध बोयर पाठी एक वटा फार्ममा रहेका छन्।

त्यसैगरी ७५ प्रतिशत बोयरमा त्रीचालीस वटा माउ, ७५ प्रतिशत बोयरका २५ पाठी र २३ पाठा रहेका छन्। अष्ट्रेलियाबाट तीन लाख मूल्यमा एक बोका खरीद गरेर ल्याएको अधिकारीले बताए।  

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको बीस लाख पचास हजार रुपैयाँ अनुदानको हालै मात्र सम्झौता गरिएको छ। अबका दिनमा प्रजनन् कार्यलाई जोड दिँदै जतिसक्दो मासु धेरै उत्पादनतर्फ केन्द्रित रहेको फार्म सञ्चालक अधिकारीले बताए। रासस


प्रकाशित : आइतबार, वैशाख ४ २०७९११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend