बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नयाँ वर्षको पहिलो दिन नै सेयरबजारमा भारी गिरावट, २३ सयको बिन्दुमा ओर्लियो

आइतबार, वैशाख ४ २०७९
नयाँ वर्षको पहिलो दिन नै सेयरबजारमा भारी गिरावट, २३ सयको बिन्दुमा ओर्लियो

काठमाडौं- नेप्से परिसूचक नयाँ वर्ष २०७९ सालकाे पहिलाे कराेबार नै उच्च अंकले गिरावट आएकाे छ। 

वर्षकाे पहिलाे दिन आईतबार नेप्से परिसूचक २९.६० अंकले घटेर २३८५.६४ बिन्दुमा रोएको हो। कारोबार रकम १ अर्ब ४४ करोड रूपैयाँ मा सीतित भएको छ।

२०७८ को अन्तिम कारोबार दिन नेप्से ३०.२४ अंकले बढेर बन्द भएको थियो। 

नयाँ वर्षसँगै सेयर बजार बढ्ने अनुमानकाबीच उच्च अंकले घटेकाे छ। 

वर्षको अन्तिम दिन ३०.२४ अंकले बढेर २४१५.२४ बिन्दुमा पुगेको थियो। अन्तिम दिन कारोबार रकम भने खासै धेरै नभएकोले बजार सकारात्मक हुनेमा भने आशंका उत्पन्न भएको थियाे। 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेपछि पनि त्यसको बजारमा झनै असर पारेकाे छ।


प्रकाशित : आइतबार, वैशाख ४ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend