शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

डलर भित्र्याउने पर्यटक बढ्दैछन्, यो सुखद संकेत हो

images
images
images
डलर भित्र्याउने पर्यटक बढ्दैछन्, यो सुखद संकेत हो
images
images

कोभिड १९ का कारण लामो समय एयरलाइन्स क्षेत्र पनि प्रभावित बन्न पुुग्यो, जसलाई जसोतसो आन्तरिक यात्रीले केही भरथेग गरे। मुख्य संक्रमणको समयमा करिब ८ देखि ९ महिना हवाई क्षेत्र ग्राउन्डेड भएर बस्नु परेको थियो। 

images
images
images

केही उद्दार उडान बाहेक एयरलाइन्स क्षेत्र ठप्प भएको थियो। समस्या हवाई क्षेत्रमा मात्र होइन अन्य क्षेत्रमा त्यस्तै रहनपुग्यो। अन्य व्यवसायहरुमा कर्मचारी राखेर केही समय तलब दिएर काम चलाउँदै गर्न सकिन्छ। तर एयरलाइन्स क्षेत्रमा त्यस्तो हुँदैन। समयअनुसार मर्मत संम्भार गर्नुपर्ने हुन्छ। जसलाई हामी ‘टाइम लाइफ कम्पोनेन्ट’ भन्छौं, त्यसलाई समयअनुसार फेर्ने  पर्ने हुन्छ। १५-१५ दिनमा मर्मतलगायातको काम जारी रहन्छ। 

images

जहाज मर्मतसंम्भारको खर्चमा कुनै कमी आउँदैन। उडेकोभन्दा केही कम हुन्छ तर, धेरै कम भने हुँदैन। आम्दानी चाहिँ त्यो समयमा शून्य भयो खर्च चाहिँ त्यहि दरमा बढ्छ। जनशक्तिको कुरा गर्ने हो भने प्राविधिकहरु बढी हुन्छन्। 

images

पाइलट अहिले चाहिँदैन पछि ल्याउँला भन्ने हुँदैन। एटीआरमा छ भने एटीआरमै भइरहन्छन्। यदि ट्वीनटरमा रहेको मान्छे भोली फेरि एटीआरमा ल्याउनभन्दा त्यसका लागि फेरी छुट्टै तालिमलागयतको कुराहरु गर्नुपर्ने हुन्छ।  

images
images

इन्स्योरेन्सको कुरा पनि त्यहि हो। जहाज ग्राउन्डेड भयो भने ग्राउन्डेड रिक्स लिन त मिल्छ। यस्तो रिस्क लिँदा पनि चालिस प्रतिशत इन्स्योरेन्स तिर्नुपर्ने हुन्छ। उड्दा एक सय प्रतिशत तिर्नुपर्छ भने ग्राउन्डेड जहाजमा चालिस प्रतिशत तिरे पुग्छ। इन्स्योरेन्स लिन्न भन्न पाइदैन। त्यो कभरेज गर्ने पर्ने बाध्यता छ।  

सबैभन्दा ठूलो नोक्सानी चाहिँ एयरलाइन्स क्षेत्रमा पर्यो। पर्यटन क्षेत्रमाभन्दा पनि घाटाको हिसाबले पनि एयरलाइन्स क्षेत्र बढी प्रभावित बन्न पुग्यो। कोभिड अलिकति कम भए पनि डलर आउने बाटो त कम छ। नेपालमा डलर प्यासेन्जरले पनि नेपाली प्यासेन्जरलाई  कम्पोनेन्ट गरिहरहेको हुन्छ। जस्तै लुक्लामा उडाउँछौं, अन्नपूर्ण उडाउछौं, त्यसलाई डलरले ‘कम्पोनेन्ट’ गरिरहेको हुन्छ। नभए नेपाली यात्रुहरुले हवाई जहाज चढ्नै सक्दैनन् दुर्गम क्षेत्रमा। त्यसका लागि फेरि कोभिड सकियो भनेर डलर नभएको खण्डमा मूल्य बढाउन पनि मिलेन। 

डलर तिर्ने पर्यटक बढ्दै

नेपालमा मार्च, अप्रिल सिजन हो। यो  हिसाबले एभरेष्ट भिजन जानेको संख्या अलिकति बढेको छ। पहिलाको जस्तो हिसाबले बढेको चाहिँ छैन। यो समयमा विगतका वर्षहरुमा लुक्लामा दैनिक २० वटासम्म उडान गर्ने गरेका थियौं। गत वर्ष त शून्य नै भयो। अहिले १० वटा देखि १५ सम्म हुन थालेको छ।

१० लाखभन्दा बढी पर्यटक आएको अवस्थामा डलर फेयरमा हुने उडानमा पनि अत्याधिक वृद्धि भएको थियो। अहिले कोरोनापछि विस्तारै फेरी बढ्न थालेको छ। यसको असर विदेशी मुद्रा सञ्चितीमा सकारात्मक प्रभाव अवश्य पर्नेछ। कोभिडले गर्दा मान्छेको घुम्ने शैलीमा परिवर्तन भएको छ। संसारभरी नै पर्यटन क्षेत्रलाई असर पारेको छ। एयरलाइसेन्सको पनि मुभमेन्ट त्यहि नै हो।  

अर्को दोस्रो भेरियन्ट ओम्नीक्रोमले अरु ‘भेरियन्ट’ ले जस्तो असर पार्दैन भन्ने सन्देश प्रवाह भयो। आम मानिसलाई एउटा आत्मविश्वास जगाउने काम पनि गरेको थियो। त्यसले नेपालमा पनि पर्यटन क्षेत्रमा राहतको महशुस भएको र बाच्न सक्ने अवस्थामा पुग्याैं भन्न सकिन्छ। युक्रेन रसिया युद्धको असरले युरोपियन पर्यटकहरु लगभग सबैजसो गुमाउन पुगेका छौं। नेपालमा डलर भित्र्याउने पर्यटक भनेको युरोपियन र अमेरिकन नै हो।

पछिल्लो समय चिनियाँ बढ्दै गएपनि कोरोनोपछि अहिलेसम्म चिनियाँ पर्यटक नेपाल आउन पाएका छैनन्। राज्यतहबाट चिनियाँ पर्यटकको विषयमा छलफल हुनु जरुरी देखिएको छ। चाइनाबाटै आउने पर्यटक रोकिदाँ नेपाललाई असर पारेको छ। अबको एक वर्ष कुनै संकट नआएमा सन् २०२३ को मार्च अप्रिलसम्म रिकभर हुने देखिएको छ। अहिले नै झैं गरी पर्यटक आउने क्रम बढेमा सन् २०२३ को अन्त्यमा १० लाख पर्यटक आउने देखिन्छ।  

ठूला पूर्वाधार खाडा भए वार्षिक ३५ लाख पर्यटक

पयर्टनका लागि  पूर्वधारको क्षेत्रलाई सुधार गर्नु पहिलो आवश्यकता हो। पर्यटन उद्योगले गत वर्ष पर्यटन क्षेत्रबाट १७ अर्ब रुपैयाँ आम्दानी भएको थियो। जबकी सन् २०१९ मा १ खर्ब रुपैयाँ आम्दानी पुगेको थियो। पूर्वाधारमा लगानी गर्न सकेमा पर्यटन क्षेत्रबाटै वर्षमा तीन/चार खर्ब आम्दानी गर्न सक्ने अवस्थामा पुग्ने छौं।  

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्थाले १० लाख पर्यटक धान्न नसक्ने देखिएको छ। यसको लागि विमानस्थलसँगै सडक सञ्जाल पनि आवश्यकता पर्दछ। विमानस्थलबाट विमानस्थल जोड्नका लागि ‘एक्सप्रेस वे’ बनाउन सकियो भने मात्रै धेरै पर्यटक नेपाल ल्याउन र घुमाउन सकिन्छ। 

विदेशमा गएका गैरआवसीय नेपाली (एनआरएनए) हरुलाई वर्षमा एकपकट नेपाल घुम्न आउने व्यवस्था मात्रै मिलाउन सकियो भने पनि नेपालमा धेरै विदेशी मुद्राको समस्या समाधान हुन्छ। काठमाडौंको अवस्था सडकसँगै फोहोर थुप्रिदाँ पनि पर्यटकहरु नेपाल आउनै नखोज्ने वातावरण बन्दै गएको छ। 

यातायातदेखि काठमाडौंमा देखिएको फोहोरकै अवस्थाले पनि पर्यटकहरु धेरै दिन बस्न नसक्ने भएको छ। पूर्वाधारमा लगानी बढाउने हो भने वार्षिक ३०  देखि ४५ लाख पर्यटक नेपाल भित्र्याउन असहज छैन। अहिले निर्माणको चरणमा रहेको भैरहवा र पोखरा विमानस्थलले केही ट्राफिकलाई थेग्न सक्छ। तर दुवै विमानस्थल चलाउन पनि प्रर्वद्धन आवश्यक पर्दछ। भैरहवा र पोखराभन्दा पनि फुलफेजको विमानस्थल आवश्यक छ। सरकारले त्यसतर्फ पनि ध्यान दिनै पर्दछ। 

अहिले नेपाल आउने पर्यटकको ट्रेण्ड चेन्ज हुँदै गएको देखिन्छ। पहिले भारतबाट आउने धार्मिक हिसाबले पशुपति, मुक्तिनाथ जाने भन्ने हुन्थ्यो। अहिले युवा पुस्ताहरु अझ कर्पोरेट सेक्टरको युवापुस्ता स्वारोजगारहरु विशेषरी ट्रेकिङ गर्नका लागि आइरहेका छन्। हिमाल चढ्न आइ रहेकाछन् यो भनेको नेपालमा पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा आशा लाग्दो ब्यापार हुन सक्छ। बंगालदेश पनि त्यहि हो। हिमाल नभएको देश भएकाले पनि हिमाल हेर्नका लागि भए पनि नेपालमा आउनेको संख्या बढेको छ। बंगाली युवाक लागि राम्रो गन्तव्य नेपाल हुने क्रममा रहेकाे छ। 

पछिल्लो समय आन्तरिक उडानमा क्षेत्रीय उडानहरु एयरलाइन्स कम्पनीले गर्न थालेसँगै यसको प्रभावकारीता देखिएको छ। अहिले आन्तरिक पर्यटन बढ्नुको एउटा कारण क्षेत्रीय उडान पनि हो। धनगढीको मान्छेलाई पोखरा जाने भनेको धेरै लामो पक्रिया थियो। तर अहिले नेपालञ्गजबाट पोखराको उडानहरु भइरहेका छन्। 

(लेखक अनोज रिमाल यती एयरलाइन्स प्रालिका प्रमुख कार्यकारी अधिकृत हुन्) 

 

images

प्रकाशित : आइतबार, वैशाख ४ २०७९०५:०४

प्रतिक्रिया दिनुहोस