आइतबार, वैशाख ३० गते २०८१    
images
images

सेयर बजार घट्नुका १० कारण, बढ्ने दाउ कुर्दाकुर्दै ५०० अंकको पहिरो

images
images
images
सेयर बजार घट्नुका १० कारण, बढ्ने दाउ कुर्दाकुर्दै ५०० अंकको पहिरो

पछिल्लो डेढ वर्षको अवधिमा नेप्से परिसूचक १९० प्रतिशत बढ्यो। त्यसैले बजार घट्नुको पहिलो कारण करेक्सन हो। १९० प्रतिशतले सुधारिएको बजारमा १६ प्रतिशतको करेक्सन भइसकेको छ। बजार विश्लेषकहरुले यो करेक्सन २५०० सम्म आउन सक्ने आकलन गरिरहेका छन्। जसले गर्दा पनि बजार लगातार तल झरिरहेको छ।

images
images

काठमाडौं- बजार सुधार हुने वित्तिकै सेयर बिक्री गरेर बाहिरिन खोजेका लगानीकर्ता असफल भएका छन्। तर बजार बढ्न सुरु हुने वित्तिकै खरिद गर्नेहरूले नाफा बुक गर्दा बजार थप तल झरेको छ।

images
images
images

पछिल्लो डेढ वर्षको अवधिमा नेप्से परिसूचक १९० प्रतिशत बढ्यो। त्यसैले बजार घट्नुको पहिलो कारण करेक्सन हो। १९० प्रतिशतले सुधारिएको बजारमा १६ प्रतिशतको करेक्सन भइसकेको छ। बजार विश्लेषकहरूले यो करेक्सन २५०० सम्म आउन सक्ने आकलन गरिरहेका छन्। जसले गर्दा पनि बजार लगातार तल झरिरहेको छ।

images

दोस्रो कारण नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बजारलाई निरुत्साहित पार्ने आँकलनसहित सेयर बिक्री गरेर बसेकाहरू सक्दो बजार घटाएर खरिद गर्न खोजिरहेका छन्। मौद्रिक नीति पछिको सेयर कारोबार हेर्‍यो भने ५ देखि १० अर्ब बीचमा कारोबार भइरहेको छ। जब कि असार साउनमा दैनिक १८/२० अर्बको कारोबार हुने गर्थ्यो।

images

तेस्रो कारण ब्रोकरहरुले आफू निकट लगानीकर्तालाई सेयर खरिद नगर्न सुझाव दिदै आएका छन्। भौद्रिक नीति अगाडि सेयर बिक्री गरेर बस्नेमा ब्रोकर पनि थिए । उनिहरुले आफ्नो सर्कल वरपरका लगानीकर्तालाई बजार २९०० हुँदा नै सेयर खरिद नगर्न सुझाव दिँदै आएका थिए।

images
images

अझै पनि उनिहरूले सेयर खरिद नगर्न सुझाव दिँदै आएका छन्। अझै पनि ब्रोकरहरूले बजारलाई तलमाथि पार्ने ताकत राख्छन्। यस अवधिमा कतिपय ब्रोकरहरूले लगानीकर्ताको लिमिट नै हटाइदिएका थिए। जसले गर्दा बजार घट्ने माहोल क्रियट भयो।

चौथो कारण लामो समयदेखि सेयर होल्ड गरेकाहरूलाई अहिलेको मूल्यमा पनि प्रयाप्त मुनाफा छ। यसरी होल्ड गर्ने लगानीकर्ताहरू बजार अलिकति बढ्ने वित्तिकै बिक्री गरेर बाहिरिन खोजिरहेका छन्। सस्तो मूल्यमा सेयर खरिद गर्ने हाबी हुँदा हुँदै पनि नाफा बुक गर्नेका कारण बजार माथि जान सकिरहेको छैन।

पाँचौ कारण लकडाउनका कारण व्यापार व्यवसाय बन्द भएको बखतमा बजार झिरेका लगानीकर्ताले सेयर बिक्री गरेर आफ्नै व्यापार व्यवसायमा फर्किएका छन् । उनिहरुले सेयर बजारबाट कमाएको पैसा लिएर व्यापारका लागि दसैँ तिहारको सामान खरिद गर्न प्रयोग गरिसकेका छन् । जसले गर्दा सेयर बजारमा स्वत तलरता अभाव भयो ।

छैठौँ कारण दसैँ तिहार नजिकीसकेको छ । दसैँ तिहारका लागि खर्च जोहो गर्नेहरु हाबी हुँदा पनि सेयर बिक्री चाप बढेको हो । दसैँका लागि किनमेल गर्ने क्रम सुरु भइसकेको छ । इन्द्रजात्रा लगायतका चाडवाड मनाउन पनि लगानीकर्ताले सेयर बिक्री गर्न सक्ने आकलन गरिएको छ ।

सातौँ कारण असोज महिना पहिलो त्रैमासको अन्तिम महिना हो। त्रैमासकि व्याज, कर तथा राजस्वको जोहोका लागि पनि दोस्रो बजारमा सेलिङ प्रेसर आउने गर्छ । बजार धेरै नै तल झर्ने आकलन पछि अहिलेदेखिनै केहि लगानीकर्ताले उक्त रकम जोहो गरिसकेका छ । यो महिनामा दसैँ पनि परेको र अन्तिममा एकै पटक पैसा जोहो गर्न खोज्दा समस्या आउने भन्दै उनिहरुले अहिलेदेखिनै सेयर बिक्री गर्न थालेका हुन्।

आठौँ कारण बैंक व्याजदर हो। असोज महिनाका लागि बैंकहरुले निक्षेपको व्याजदर ह्वातै बढाएका छन् । निक्षेपको व्याजदर बढ्नु भनेको अर्को महिनामा कर्जाको व्याजदर पनि बढ्नु हो। सेयर बजारमा व्याजदरले सबैभन्दा धेरै प्रभावित पार्ने गरेको पाइन्छ । ब्याजदर बढ्दा सेयर बजार घट्छ भने व्यादर घट्दा सेयर बजार बढ्छ।

नवौँ कारण घट्दो बजारमा बैंकहरुले लगानीकर्तालाई मार्जीन कल गर्न थालिसकेका छन्। बजार बढ्छ अनि बेचेर तिरौला भन्दा भन्दै ५०० अंकले तल झरिसक्यो  हरेक दिन बजार घट्न थाले पनि बैंकको सेयर धितो कर्जा तिर्नका लागि पनि पेनिक सेल भइरहेको छ। अहिलेको पेनिक सेल सेयर धितोकर्जा लिनेका कारण भइरहेको छ।

दशौँ कारण रानजीतिक अस्थिरता हो। अर्थसम्बन्धी विनियोजन विधेयक समयमा पारित नहुँदा बजेट होलिडे सुरु भयो। सरकारले खर्च गर्न नसक्ने किसिमका समाचारले सेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पार्यो। अर्को तर्फ मन्त्रिपरिषद विस्तार हुन सकिरहेको छैन। अझै सत्ता समिकरण कसरी अगाडी बढ्छ भन्ने अन्योलता कायमै छ। यहि अन्योलताका कारण पनि सेयर बजारमा प्रभाव परिरहेको छ।

बजारलाई घटाउन महत्वपूर्ण भूमिका खेलेका माथिका १० कारण सधै यथावत रहँदैन। बजार जति धेरै तल झर्छ त्यति नै माथि जाने सम्भावना पनि उत्तीकै हुन्छ । बजारमा जति धेरै करेक्सन हुन्छ त्यति नै दिगो हुन्छ। तर एकोहोरो बढ्नु भनेको दुर्घटनाको संकेत हो । सेयर बजार २८ देखि ३२ सयको विचमा खरिद गर्नेहरु अहिले सबैभन्दा धेरै पेनिक छन्। त्यसैले बजारमा हौसिएर लगानी गर्नु भन्दा आफ्नो क्षमताले भ्याउने जति लगानी गरेर नाफा बुक गर्दै जानु बुद्धिमानी हुन्छ।  

यस्ता छन् अन्य कारण 

दसैँ खर्च जुटाउनेहरुले पनि सेयर बिक्री गर्न थालेका छन्।

सेयर बजार २५ सय भन्दा तल झर्छ भन्ने हल्लाले सबैभन्द धेरै काम गरेको छ।

आयकर भुक्तानीका लागि पैसा जुटाउन।

सेयरधितो राखेर कर्जा लिनेहरुलाई मार्जिन कल आउन थालेको मार्जीन कल थेग्न नसक्नेहरुले पनिक सेल गरिरहेका छन्।

करिव डेड वर्ष अवधिमा ११ सय अंकको सेयर बजार ३२ सय पुग्यो । यसलाई विश्लेषकहरले बबलको रुपमा विश्लेषण गर्दै आइरहेका थिए। बबल फुटेको छ।

हिजोका दिनमा ब्रोकरको हातमा कारोबार थियो। तर अहिले लाखौ लगानीकर्ता आफैले खरिद गर्छन् । तर पनि सेयर बजार ब्रोकरको हातबाट बाहिरिन सकेको छैन।

अर्थमन्त्री जनार्दन शर्माले बजारलाई फुलेको भन्दै व्याख्या गर्दै आइरहेका छन्। 

बजार २८ सय भन्दा माथि उचालिएकोले पनि तल झरेको विश्लेषण हुँदै आएको छ। 

बैंकको व्याजदर आकासिनु अहिलेको प्रमुख कारण हो।

 

images

प्रकाशित : मंगलबार, असोज ५ २०७८०२:३०
  • सम्बन्धित विषय:

  • # सेयर
  • # सेयर बजार


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend