बिहीबार , वैशाख २७ गते २०८१    
images
images

विद्युतीय कारको ‘रेस’मा जापानी कार उत्पादकको मध्यमर्गी बाटो

images
बिजनेस न्युज
images
images
विद्युतीय कारको ‘रेस’मा जापानी कार उत्पादकको मध्यमर्गी बाटो

जापानी कार उत्पादकहरुले स्थानीय बजारमा हाइब्रिड कारको स्वीकार्यता बढ्दै जाने र यो पनि विद्युतीकरणको अंगकै रुपमा रहेको विश्वास गर्दै आएका छन्।

images
images

काठमाडौं- विश्वका ठूला कार उत्पादकका लागि भारत उर्भर भूमिमा पर्छ। भारत आफैंमा ठूलो बजार भएको र भारत आधारित रहेर दक्षिण एसियाली बजारमा समेत आफ्नो उत्पादन पुर्‍याउन सजिलो हुने भएकाले धेरै कार उत्पादकको रोजाइमा रहेको छ। 

images
images
images

विश्व सवारी बजारमा आइसी (इन्धनबाट चल्ने इन्जिन) इन्जिनबाट विद्युतीयमा परिवर्तित हुने तीब्र जोडबलामा रहेको छ। धेरै देशहरुले समयसीमा नै तोकेर विद्युतीय कारमात्र बिक्री/दर्ता गर्न पाइने घोषणा गरिसके। त्यस्तै ठूला कार उत्पादकले पनि विद्युतीय कारमात्र उत्पादन गर्ने वा त्यसका लागि आधार तयार गर्न ठूलो लगानी र नीतिहरु अवलम्बन गरिरहेका छन्। 

images

यस्तैमा भारतमा रहेका जापानी कार उत्पादक कम्पनीहरुले भने एकै पटक विद्युतीयमा नगइ आइसी इन्जिनबा हाइब्रिड हुँदै पूर्ण विद्युतीयमा जाने रणनीति बनाएका छन्। जापानी कार उत्पादकहरुका लागि भारत सबैभन्दा आकर्षक मध्येको एक बजार हो। त्यसमा पनि सुजुकीको त भारत ठूलो बजार हो। 

images

सुजुकी, टोयोटा र होन्डाले विद्युतीकरणको यात्रामा हाइब्रिड हुँदै ब्याट्रीमा आधारित विद्युतीय कारमा जाने योजना बनाएको द इकोनामिक टाइम्सले लेखेको छ। भारतमा रहेका अन्य विदेशी कम्पनी वा भारतीय ब्रान्डहरुले भने विद्यु्तीय कार उत्पादनमै केन्द्रित हुने गरि काम गरिरहेका छन्। 

images
images

मारुती सुजुकी, टोयोटा किर्लोसकर र होन्डा कार इन्डियाले भने भारतमा पूर्ण विद्युतीय सवारीमा जानुपूर्व हाइब्रिडलाई ‘ब्रिज स्ट्राटेजी’का रुपमा लिएको छ। हाइब्रिड कारमा पूर्ण रेन्ज दिने र उपभोक्ताले चाहेअनुसार तनावरहित यात्रामा कुनै असहजता नहुने होन्डा कारका हालै नियुक्त अध्यक्ष टाकुया समुराले बताए। अहिलेको अवस्थामा यो निक्कै व्यवहारिक र राम्रो समाधानको उपाय भएको उनको भनाइ छ। 

जापानी कार उत्पादकहरुले स्थानीय बजारमा हाइब्रिड कारको स्वीकार्यता बढ्दै जाने र यो पनि विद्युतीकरणको अंगकै रुपमा रहेको विश्वास गर्दै आएका छन्। हाइब्रिड कारलाई आम उपभोक्तासम्म पुर्‍याउन सकेमा स्वीकार्यता बढ्ने उनीहरुको जिकिर छ। 

सुजुकी, टोयोटा र होन्डाले २०२५ यता भारतमा विद्युतीय कार सार्वजनिक गर्ने योजना नै बनाएका छैनन्। त्यसैले उनीहरुले भारतमै हाइब्रिड कार बनाएर यसको प्रयोग बढाउन चाहेका छन्।  

विश्वबजारलाई लक्षित गरेर होन्डा मोटरले विद्युतीय सवारी उत्पादन गर्न ४० अर्ब डलर लगानी गर्ने घोषणा गरिसकेको छ। २०२० को दशकको अन्त्यसम्ममा होन्डाले विश्वबजारलाई लक्षित गरेर ३० वटा नयाँ विद्युतीय कार मोडल सार्वजनिक गर्ने बताएको छ। 

होन्डाले २०३० भित्र वार्षिक २० लाख विद्युतीय कार उत्पादन गर्ने लक्ष्य लिएको छ। विद्युतीय कारमा जानका लागि ‘इको सिस्टम’ बनाउनु पर्ने र भारतमा त्यसका लागि समय लाग्ने जिकिर जापानी कार उत्पादकहरुको छ। हाइब्रिड कारले पेट्रोल कारको तुलनामा ४० देखि ४५ प्रतिशतसम्म कम प्रदूषण गर्ने र अहिलेको महँगो पेट्रोल भएका बेला विद्युतीकरणपूर्व हाइब्रिड उपयुक्त उनीहरुको भनाइ छ। 

हाइब्रिडलाई उच्च प्राथमिकता दिएर टोयोटा र सुजुकी भारतमा आउँदै छन्। भारत सरकारले हाइब्रिड कारमा केही कर सहुलियत समेत दिएकाले पनि जापानी कार उत्पादकहरु त्यतातर्फ आकर्षित भएको हुन सक्छन्।  

भारतको सबैभन्दा ठूलो कार उत्पादन कम्पनी मारुती सुजुकीका अध्यक्ष आरसी भार्गवले विद्युतीय सवारीले नै भारतको कार्बन न्यूनीकरणमा अझै १०/१५ वर्ष सोचेअनुसार उपलब्धी हासिन गर्न नसक्ने बताएका छन्। त्यसैले त्यो अवधिसम्मका लाििग सीएनजी, बायो-सीएनजी, इथानोल र हाइब्रिड सवारी जस्ता वैकल्पिक प्रविधिमा जानु उपयुक्त हुने उनको जिकिर थियो।

होन्डाका कार नेपाली बजारमा न्यून संख्यामा बिक्री हुने र टोयोटाका कार भारतभन्दा पनि तेस्रो मुलुकबाट धेरै आउने गरेका छन्। तर सुजुकीको भने सबैजसो कार भारत निर्मित नै नेपाल आउँछन्। त्यसैले भारतमा हाइब्रिड कार बनेसँगै सुजुकीका हाइब्रिड कार नेपाल आउने छन्। २०२५ पछि भने सुजुकीले विद्युतीय कार उत्पादनलाई नै प्राथमिकता दिने भएकाले विद्युतीय कार नै आउने छ। 

यता होन्डा र टोयोटाका विद्युतीय कार भने कम्पनीले दिएको अवस्थामा नेपाल आउन सक्छन्। विकसित मुलुककै माग धान्न नसकेकाले टोयोटा र होन्डाका विद्युतीय कार तत्काल नेपाल आउन निक्कै कठिन छ। 

images

प्रकाशित : १०:३१
प्रतिक्रिया दिनुहोस