शनिबार, वैशाख ८ गते २०८१    
images
images

नयाँ संकट नआए आउने सिजनमै पर्यटन क्षेत्र रिकभर हुन्छ : योगेन्द्र शाक्य [अन्तर्वार्ता]

images
images
नयाँ संकट नआए  आउने सिजनमै पर्यटन क्षेत्र रिकभर हुन्छ : योगेन्द्र शाक्य [अन्तर्वार्ता]

त्यसपछि हामीले काठमाडौं नजिकको नगरकोट र धुलिखेललगायतका गन्तव्यहरुलाई देखाएर त्यति छिट्टो गुडवाई नभन्नु है भनेर प्रचार गरेका थियौं। त्यो सफल भयो पनि। काठमाडौं पो अति नै प्रदूषित भयो। तर सबै ठाउँमा त त्यस्तो छैनन् भनेर नेपालको ब्रान्डिङ भयो। 

images
images

कोभिडको कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हो पर्यटन। १८ महिनासम्म ठप्प जस्तै भएको पर्यटन क्षेत्रमा उत्साह देखिन थालेको छ। विदेशी पर्यटकको आगमन पनि बढ्न थालेका छ।

images
images
images

पर्यटकीय गतिविधि पनि निर्वाधरुपमा चलिरहेका छन्। हरेक पर्यटकीय गन्तव्य नेपाली तथा विदेशी पर्यटकले भरिभराउ देखिन थालेका छन्। देशमा विदेशी मुद्राको सञ्चित घटिरहेको समयमा विदेशी मुद्रा आर्जनमा पनि पर्यटनले टेवा दिइरहेको छ। के कोभिडका कारण थला परेको पर्यटन यति छिट्टै कसरी रिकभरको लयमा आउँदै छ? कोभिडले नेपालको पर्यटन विकासमा कस्तो पाठ सिकायो लगायतका विषयमा पर्यटन व्यवसायी  तथा होटल संघ नेपालका पूर्वअध्यक्ष योगेन्द्र शाक्यसँग बिजनेस न्यूजले गरेको कुराकानी :

images

कोभिडका कारण प्रभावित पर्यटन क्षेत्र अहिले कसरी रिकभर हुँदैछ?

images

पर्यटन क्षेत्रमै लागेको ५० वर्ष भइसकेको छ। नेपालको पर्यटनमा कहिले तल त कहिले माथि भइरहेकै छ। कोभिडले पनि पर्यटन क्षेत्रलाई झन्डै शून्यको अवस्थामा पुराइसेको थियो। तर आन्तरिक पर्यटनले यसलाई जीवित बनायो। यो नै सकारात्मक पक्ष हो।

images
images

पर्यटन क्षेत्रमा आइरहने समस्याको अनुभवी नै हौं हामी। हामीले जस्तो सुकै समस्या आएपनि छिट्टै समाधान गर्दै अगाडि बढ्ने गरी काम गरेका थियौं। त्यसकै प्रतिफल अहिले कोभिडले यति ठूलो समस्या ल्याउँदा पनि हामी छिट्टै रिकभर चरणमा पुगेको छौं। 

यसको अर्थ पर्यटनमा जनसुकै समय पनि समस्या आउँछ भनेर समस्याको समाधान गर्न हामी तयारी नै भएर बसेका हुन्छाैं। रेजिलेन्स भएका कारण हामी गिभ अप गर्दैनौं। कोभिडका कारण शिथल भएको पर्यटान आन्तरिक पर्यटनबाट नै जोगिएको हो। विशेषगरी काठमाडौं बाहिरका गन्तव्यहरु र होटलहरुलाई आन्तरिक पर्यटनले नै टेको दिएको हो।

यसअघि जस्तै नेपालमा चरम माओवादी युद्ध चल्दा पनि नडराइकन नेपाल भम्रणमा आउने विदेशी पर्यटक (एडभेन्चर्स पर्यटक)ले नै हामीलाई साथ दिएका थिए। यहाँ जे भएपनि सन्तृष्ट हुने पर्यटक नै हाम्रोलाई बरदारन सावित भएका छन्। उदाहरणका लागि बिरामी भइन्छ समयमै अस्पताल पुग्न असहज छ, समयमै विमान उड्दैनन् भनेर थाह हुँदै हुँदै पनि नेपाल आउने पर्यटकको कारण नेपालको पर्यटन छिट्टै रिकभरको चरणमा पुगेको हो। सरकारी नीति तथा व्यवसायीको जोडबलले मात्रै नभइ विदेशी पर्यटकको नेपाल प्रतिको भावनाले हामीलाई केही सहज भएको हो।

सोही कारण अहिले पर्यटन क्षेत्र त्यति धेरै अत्तिएका पनि छैन बरु आशावादी नै छौं। कोभिडको केही कमडाउन हुन थालेसँगै जुन रेस्पोन्स भयो त्यही कारण छिट्टै सहज भएको महसुस गर्न पाएका छौं। कोभिड महामारी सुरु भएसँगै हामीले ४ देखि ५ वर्षसँम्म बाउन्स ब्याक हुँदैन भनेर अनुमान गरेका थियौं। सन् २०१९ लाई नै आधार वर्ष मानेर हामीले अनुमान गरेका थियौं। तर जसरी तत्काल नै रेस्पोन्स आयो यसले त २०२४/२०२५ सम्म नै कुर्नु नपर्ने गरि आउँदो वर्ष नै पूर्ण रिकभरमा आउँँछ कि भनेर आशावादी छौं। 

आउँदो वर्ष नै रिकभर हुने आशावादी हुँदै गर्दा पर्यटन क्षेत्रमा कोभिडले सिकाएको पाठ चाँहि के हो? मार्केटिङ शैली परिर्वतनमा पाठ सिकायो कि, प्रोडक्ट प्रचारमा पाठ सिकायो?

हरेक संकटले एउटा अवर प्रदान गर्छ नै। सन् १९९५ मा हामीले नेपालको ब्रान्डिङ सांग्रिला भनेर गरेका थियौं। त्यतिबेला सीएनएन, बीबीसीलगायतका विश्व चर्चित मिडियाहरुले गुडवाई सांग्रिला भनेर भनेका थिए। तर हाम्रो ब्रान्डिङ नै सांग्रिला थियो। तर उनीहरुले गुडवाई भन्दिए। हामीलाई त्यो बेला पनि निकै असहज भएको थियो।

पर्यटक त्यही कारणले नेपाल आएका थिए। त्यसपछि पनि हामीले बढी काठमाडौं सेन्ट्रिक भइयो भने समस्या आउँछ भन्ने पाठ सिकेका थियौं। अहिले पनि काठमाडौंबाट बाहिर जाने हो भने ३० मिनेटकै दुरीमा हाम्रो परम्परा र संस्कार झल्कने गाउँ छ। त्यसपछि हामीले काठमाडौं नजिकको नगरकोट र धुलिखेललगायतका गन्तव्यहरुलाई देखाएर त्यति छिट्टो गुडवाई नभन्नु है भनेर प्रचार गरेका थियौं। त्यो सफल भयो पनि। काठमाडौं पो अति नै प्रदूषित भयो। तर सबै ठाउँमा त त्यस्तो छैनन् भनेर नेपालको ब्रान्डिङ भयो। 

shakya.jpeg

फेरि यसपटक कोभिडले गर्दा यो पछि के हुन्छ त भनेर हामीले सोचिरहेका थियौं। एउटा, कोभिडले हामीलाई स्वास्थ्यको विषयमा सजक हुन सिकायो। नेपालको सबैभन्दा कमजोर भनेको नै हाइजिन थियो। कोभिड नआउँदाको समयमा पनि हाइजिन कै समस्या थियो। हामीलाई ट्राभल एडभाइजरीमा रेड नोटिस दिने विषय पनि हाइजिन  नै हो। त्यहाँ पानी न खा है, त्यहाँ खाना खाँदा खाना पनि होसियारी अपनाउनु, त्यो नगर्नु , यसो नगर्नु भनिएको थियो।

हामीले यो विषयमा निकै शिक्षा दिन खोजको थियौं। तर त्यो पूर्णरुपमा लागु हुन सकेको थिएन। उदाहरणका लागि हात धोएर मात्रै खाने कुरा छुनु पर्छभन्दा पनि केही समय अगाडि मात्रै धोएको, यही खाएको वर्षौ भयो केही भएको छैन भनेर त्यस्तो विषयमा वेवस्ता गर्ने बानी थियो। तर कोभिडपछि हाइजिनको विषयमा अति नै संवेदनशिल भएका छन्। यो सकारात्मक पाटो हो। 

जसरी नेपालको नकारात्मक प्रचार भएको विषय थियो त्यो सुधार भएको छ। अब ट्राभल एडभाइजरीहरुमा रहेको वार्निङ हट्नेछ। यो विषयमा नेपाल पनि सचेत भएको छ भनेर सन्देश जान्छ। अर्को पर्यटक भन्नाले युरोप अमेरिकाबाट आउनेलाई मात्रै लिने गरेका थियौं। सायद त्यो सत्य पनि थियो र हो पनि। 

हामीले नेपाली त कुरै छोडाैं भारत र चीनलगायत एसियाका पर्यटकलाई नै दोस्रो दर्जामा रोखेर हेर्ने र सोही अनुसार व्यवहार गर्ने गरेका थियौं। हाम्रो पर्यटनको परिभाषमा पनि पर्यटक भन्नाले विदेशी मुद्रा ल्याउनेलाई नै भनेका थियाैं।  

अनर्थ नलाग्योस् गोरोछालालाई मात्रै पर्यटक भनिएको छ। तर कोभिडले यो मानसिकता परिर्वतन गरिदिएको छ। सायद होटलहरुले नेपाली भनेर हेपेका पनि थियौं कि? तर अहिले कोभिड पछि आन्तरिक पर्यटनबिना हामी सर्भाइभ हुन सक्दैनौं भन्ने सोच विकास भएको थियो। सर्भाइभ पनि आन्तरिक पर्यटनबाट नै भयो।

यति छिट्टो हामी रिकभर हुने अवस्थामा आउनुको पछाडिका कारणहरु चाहिँ के हो जस्तो लाग्छ तपाईलाई?

साच्चिकै हामीले कम मेहनतमा पर्यटकहरुबाट फाइदा लिएकै हो। निजी क्षेत्रको होस वा सरकारी क्षेत्रको होमवर्कबाट मात्रै हैन। हामी कहाँ पर्यटक आउनुमा २ वटा कारण छन्। एउटा हो भगवानले दिएको प्राकृति सौन्दर्यता र अर्को हाम्रा पुर्खाहरुले बनाएको मठ मन्दिर नै हो। अब अर्को कोभिड पछि कुनै समस्या छैन भन्ने पर्यटकको मनासय नै हो।

नेपालको पर्यटनको एडभेन्चर्स बजार थियो। हामीले पनि त्यही बेचिरहेका थियाैं। यसमा पर्यटकले कुनै समस्या देखेनन्। हामीले कहिले पनि लक्जरी पर्यटन भनेर हाम्रा प्रोडक्ट बेचेनौं। एडभेन्चर्समा जे पनि हुन सक्छ।

त्यसलाई सामना गर्ने हो। एभरेष्ट चढ्दा जे पनि हुन सक्छ। यही ब्रान्डिङका कारणले पनि हामी आशावादी हुने ठाउँमा पुगेका छौं। नेपालीहरु बाहिर जान डराउँदा पनि विदेशीहरु यहाँ आएर ट्रेकिङ गइरहेका थिए। माओवादी द्वन्द्वको सययमा पनि। अर्को विषय सन् २०११  हामीले पर्यटन वर्ष अभियान चलाएका थियौं।

उक्त अभियानकै कारण वार्षिक ५ लाख पर्यटकबाट बढेर ८ लाख पुगेको थियो। हामीले त्यस्तो कुनै ठूलो काम त गरेका थिएनौं। तर हामीले हरेक दिन बन्द हड्ताल हुँदा पनि हामीले सबै ठिक छ भनेर प्रचार गरिरहेका थियौं। त्यो बाहेक हाम्रो कुनै विकल्प थिएन। अर्को पाटो हामीले सन् २०११ मा युरोप अमेरिकाभन्दा पनि छिमेकी भारत र चीनलगायतका दक्षिण एसियाली मुलुकमै नेपालको पर्यटनको प्रचार भएको थियो। जसका कारण पर्यटक संख्या पनि बढेको थियो। हामीले कुनै ठूलो खर्च पनि गरेका थिएनौं। 

हामीले पछिल्लो सयम किन पर्यटनको विकासमा नयाँ प्रोडक्टमा काम गर्न सकेनौं। कि यही तरिकाले चल्छ भनेर नै हो?

पर्यटन प्रवर्द्धनका लागि सन् २०२० मा भिजिट नेपाल वर्ष मनाउने घोषणा गरेका थियौं र तयारी पनि राम्रो भएको थियो।  हामीले उक्त अभियानलाई ‘लाइफ टाइम एक्सपेरेएन्स’ भनेर राखेका थियौं। हामीले यो लाइफ टाइक एक्सपेरिएन्स भन्ने थिम नै भेग भयो भनेर भनेका थियौं। जस्तै यो औषधि नाकलाई पनि हुने कानलाई पनि हुने खुट्टालाई पनि हुन्छ भने जस्तै हो, यो भनेकाे। अमूर्त कुराभन्दा हामीले नेपालको ब्रान्डिङमा आवश्यक भएको हुँदा केही क्षेत्र नै तोकेर जाने की भनेको थियौं।

अहिले पनि युरोप अमेरिकाको मार्केटमा हामीले नेचरकै प्रचार गरेका छौं। जे जति भएको छ राम्रो पनि छ। एसियामा सायद केही भएपनि धार्मिक होला। तर उपत्यका कै हकमा भने हो भने हरेक महिना एउटा पर्वलाई प्रचार गर्ने गरी मार्केटिङ गर्न आवश्यक छ। यो पर्यटन विकासका लागि राम्रो ब्रान्डिङ हुन सक्छ। यसको अर्थ हामी स्पेसिफिक हुनै पर्छ। 

हामीले हाम्रो सांस्कृति प्रोडक्ट प्रचार गर्दैगर्दा स्टोरी टेलिङ गरेर किन ब्रान्डिङ गर्न कहाँ चुकेका छौं?

नेपालका सास्कृति सम्पदालगायत राजाहरुको दरबार, उनीहरुको इतिहास हामी बेच्न नसकेकै हो। भारतको ताजमल अन्तर्राष्ट्रिय भएको छ। तर हाम्रो नेपालको कथा त नेपालीलाई मात्रै थाह छ। तर विश्व बजारमा प्रचार गर्न सकेका छैनौं। साच्चिनै भन्ने हो भने पर्यटन भनेकै स्टोरीटेलिङ हो। एउटा पुरानो ढुंगालाई देखाउँदै कथा भनेर २ घण्टा पर्यटकलाई भुलाउने नै हो। तर हामी स्टोरीटेलिङमा किन अगाडि बढन सकेनौं र भएन प्रश्न त्यो मात्रै हैन। विश्वमा स्टोरी टेलिङबाट नै पर्यटन विकास भइरहेको छ। सबैले त्यही गरिरहेका पनि छन्।

हामीले त गौतम बुद्धको जन्म थालो लुम्बिनीलाई समेत प्रचार गर्न सकेका छैनौं। कतिपय ठाउँमा स्थानीयको असहयोग भएपनि सरकारी पक्षबाट यसमा ध्यान दिइएको छैन। यसका लागि स्थानीय युवालाई रोजगारीदेखि आम्दानी बढ्ने गरी शिक्षा दिएर स्टोरीटेलिङमा फोकु हुनु पर्छ। उदाहरणका लागि लुम्बिनीको कथा त विश्वलाई नै थाह छ तर हामीले बिक्री गर्न सकेका छनौं। हामीले त लुम्बिनीलाई आफैले लुकाएर राखेकोक छौं। यसको ब्रान्डिङका लागि अब ढिला गर्नु हुँदैन।

स्थानीयलाई नै प्रयोग गरेर उनीहरुलाई कमाउने अवसर दिने गरी भएपनि हामी लुम्बिनीको प्रचारमा स्टोरीटेलिङमा जानु पर्छ। यसबाट ब्रान्डिङ  पनि हुने र हाम्रो आम्दानी पनि बढ्छ। यसकै लागि भनेर स्थापना भएको पर्यटन बोर्डको ध्यानसमेत गएको छैन। बोर्डले होटल बनाउनेभन्दा पनि ब्रान्डिङमा ध्यान दिनु पर्नेमा अहिले राजनीतिक भर्तिकेन्द्र जस्तै बनेको छ।

पर्यटन बोर्ड जुन सोचका साथ पर्यटन प्रवर्द्धनका लागि भनेर स्थापना भयो सोहीअनुसारको काम भएको छैन भन्न खोज्नु भएको हो?

साच्चिकै बोर्डको काममा राजनीतिकरण भएको छ। नियुक्तिमा त नाङगाेनाच नै पर्दशन भएको छ। बोर्ड स्थापना हुँदा सबैमा एउटै भावना थियो। नेपालको पर्यटन प्रवर्द्धन गर्नुपर्छ। सबै अनुसाशित नै थिए। यसरी राजनीतिक हस्तक्षेप थिएन। सोहीअनुसार जे हुन्छ एकैठाउँबाट हुन्छ भने नै थियो। यस्तो होला भनेर विचार नै गरिएन।

सुरुवाती चरणमा पनि धेरै छलफल भएको थियो। मैले हानको अध्यक्ष हुँदा नै एउटा पीपीपी मोडलमा पर्यटन बोर्ड बनाउने, अर्को नेपाल एयरलाइन्सलाई सक्षम बनाउने र तेस्रो  मेरो एजेण्डा थियो ओपन स्काइ। नेपाल एयरलाइन्सलाई सक्षम बनाउने कुरा चाहिँ हुन सकेन। अरु दुईवटा काम चाहिँ भएको थियो। सोहीअनुसार बोर्ड आयो।

तर यो अवस्थामा आइपुग्ला भनेर विचार गरेनौं। हामीले सुरुवाती चरणमै हान, टान, नाटाबाट नै पाँच जना सदस्य पठाउने भनेका थियौं। सोहीअनुसार भएको पनि थियो। तर अहिले आएर त मन्त्री आएपछि आफ्नो मान्छे नियुक्त गर्नुपर्ने गर्दै जाँदा संस्था नै नेताको भाडा बनेको छ। अहिले पनि यसको सुधारका लागि हामीले सुझाव दिएका छौं। हेरौं अब के गर्छन्। तर यो संस्थालाई पर्यटन प्रवर्द्धनकै लागि खडा गरिएको हो। सोहीअनुसार हुनु पर्छ।

 
पर्यटन विकासका लागि पूर्वाधार विकासमा के कस्ता काम हुने आवश्यक छ? साथै होटलमा थपिएको लगानीअनुसार बनेको संरचनाको आवश्यकता पूरा गर्न अहिलेको पर्यटक संख्याले सम्भव छ?

पर्यटकको संख्या नबढ्ने हो भने जसरी होटल क्षेत्रमा लगानी आइरहेको छ त्यसमा नै समस्या ल्याउन सक्छ। माओवादी द्वन्द्वको समयमा पनि डिमाण्ड र सप्लाई नमिल्दा केही तारे होटल समेत बन्द भए। अहिले पनि पर्यटक संख्या नबढ्दा यो समस्या नआउला भन्न सकिँदैन। एक त कोभिडकै समयमा पनि केही होटल बन्द भए। अर्को धेरै होटलको विस्तार समेत भयाे। होटलमा लागनी गर्ने कतिपय त हिजाेसम्म होटल नै थाह नभएका पनि छन्। यसले केही समस्या नल्याउन भन्न पनि सकिँदैन। अर्को पाटो जसरी २ वटा विमानस्थल थपिएका छन्। यसले पनि  नेपालको पर्यटनमा सहयोग नै पुग्ने छ।

images

प्रकाशित : आइतबार, वैशाख ४ २०७९०८:०३

प्रतिक्रिया दिनुहोस