बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नेपाल लाइफका लगानीकर्ताले १४ महिनामै गुमाए प्रतिकित्ता २०४६ रुपैयाँ, फर्किएला साँवा?

शनिबार, वैशाख ३ २०७९
नेपाल लाइफका लगानीकर्ताले १४ महिनामै गुमाए प्रतिकित्ता २०४६ रुपैयाँ, फर्किएला साँवा?

काठमाडौं- दोस्रो बजारको ‘ब्लुचिप’ कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा लगानीकर्ताको खासै आकर्षण देखिँदैन। नेपाल लाइफको सेयर मूल्य लगातार घट्दा तीन वर्ष अगाडिको मूल्यमा झरेको छ। एक वर्षमै साे कम्पनीको सेयर मूल्य ६८ प्रतिशतले घटेको छ। 

१४ महिनाअघि ३००० रुपैयाँमा सेयर खरिद गरेका लगानीकर्ताले प्रतिकित्ता २०४६ रुपैयाँ गुमाइसकेका छन्। यस हिसाबले लगानीकर्ताहरुलाई माथि उकास्न लाभांशले मात्रै धान्न नसक्ने देखिएको छ। गतवर्षको नाफाबाट कम्पनीले १४ प्रतिशत मात्रै लाभांश घोषणा गरेपछि सेयर मूल्य झनै घटिरहेको छ। 

जब कि कम्पनीले अझै एक आर्थिक वर्षको लाभांश वितरण गर्न बाँकी छ। बीमा कम्पनीहरूमध्ये सर्वाधिक पुँजी तथा बजार हिस्सा रहेको नेपाल लाइफलाई चुक्ता पुँजीको पनि दबाब छैन। तर सेयर मूल्य भने लगातार घटिरहेको छ।

कम्पनीले गत वर्षको माघमा लाभांश वितरण गर्दा सेयर मूल्य तीन हजार रुपैयाँसम्म पुगेको थियो। अहिले १४ महिना पछस प्रतिकित्ता २०४६ रुपैयाँले घटेर ९५४ रुपैयाँमा आइपुगेको छ।

nlic.PNG


कम्पनीको सेयर मूल्य यो साताको अन्तिम दिन भने प्रतिकित्ता १३.९० रुपैयाँले बढेर  ९५४.९० रुपैयाँमा पुगेको छ। विगतमा सेयर बजार १२०० बिन्दुमा आइपुग्दा समेत नेपाल लाइफको सेयर मूल्य ९०० भन्दा तल झरेको थिएन।

समग्र सेयर बजार ३२०० मा पुग्दा नेपाल लाइफको सेयर मूल्य ३००० सम्म पुगेको थियो। जुन सेयर मूल्य तीन वर्षयताकै सस्तो हुँदैछ। पछिल्लो एक वर्षदेखि लगातर घटिरहेको सेयर मूल्य ५२ हप्ता अगाडि उच्चमा २२४७ रुपैयाँ थियो भने कममा ९२५ रुपैयाँमा कारोबार भएको थियो।

अघिल्लो आर्थिक वर्षकै लेखापरिक्षण प्रतिवेदनलाई आधार मानेर हेर्‍यो भने यस वर्षमा पनि कम्पनीले एक अर्ब ४० करोड रुपैयाँभन्दा धेरै मुनाफा गर्न सक्ने देखिन्छ। यसका साथै कम्पनीको जगेडा कोषमा पनि २ अर्बभन्दा धेरै रकम देखिन्छ।

जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउने निर्णय बीमा समितिले गरेको छ। बीमा समितिको यो निर्णयअनुसार कम्पनीहरूले पुँजी बढाउनुपर्ने भएको छ। यसअघि जीवन बीमा कम्पनीको २ अर्ब र निर्जीवनको चुक्ता पुँजी १ अर्ब रुपैयाँ थियो।

समितिको निर्णयसँगै जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाहेक सबैलाई चुक्ता पुँजी बढाउने दबाब पर्ने छ। लाभांशपछि नेपाल लाइफको चुक्तापुँजी ८ अर्ब १९ करोड रुपैयाँ पुग्ने छ। 


प्रकाशित : शनिबार, वैशाख ३ २०७९१०:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend