आइतबार, वैशाख ३० गते २०८१    
images
images

सडक र पुलमा ३ अर्बभन्दा बढीको क्षति, अझै १२ सडक अवरुद्ध

images
images
images
सडक र पुलमा ३ अर्बभन्दा बढीको क्षति, अझै १२ सडक अवरुद्ध

असाोज ४ गतेसम्मको अध्यावधिक तथ्यांकका आधारमा १ सय २३ वटा सडक एकतर्फि सञ्चालित छन् भने ८४ वटा सडक दुवैतर्फ सञ्चालनमा आएका छन्। 

images
images

काठमाडौं- यो वर्ष वर्षायाम यता सडक र पुलमा ३ अर्ब रुपैयाँको क्षति भएको छ। सडक विभागले गरेको प्ररम्भिक अनुमान अनुसार यो वर्षको वर्षायाममा आएको बाढी पहिरोका कारण उक्त रकम बराबरका सडक तथा पुल क्षति भएको हो।

images
images
images

सडक विभागका अनुसार यो वर्ष देशभरका विभिन्न स्थानमा २ सय १९ सडक अवरुद्ध भएका हुन्। विभागले गरेको अवरुद्ध सडकको अध्यावधिक तथ्यांक अनुसार अझै १२ सडक अवरुद्ध अवस्थामै छ। 

images

असाोज ४ गतेसम्मको अध्यावधिक तथ्यांकका आधारमा १ सय २३ वटा सडक एकतर्फि सञ्चालित छन् भने ८४ वटा सडक दुवैतर्फ सञ्चालनमा आएका छन्। 

images

क्षतिग्रस्त सडकको पुनर्निर्माणका लागि संघ प्रदेश, स्थानीय तहका सबै सडकमा ३ अर्ब रुपैयाँभन्दा बढी सडक पुनर्निर्माण खर्च गर्नुपर्ने देखिएको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवप्रसाद नेपालले बताए। 

images
images

क्षति धेरै भएका सडकहरु राजनीतिक दबाबको कारण अध्ययन बिना बनेका सकड रहेको विभागका अधिकारीहरुको दाबी छ। नेताहरुको क्षेत्रमा बन्ने अधिकांश सडक अध्ययन नै नभइ बनेकाले बाढीमा धेरै क्षति हुने गरेको उनीहरुको तर्क छ। 

सडकलगायत पूर्वाधार निर्माण गर्दा पद्धतिलाई अवलम्बन गर्दै बनाउनु पर्ने नीति भएपनि कार्यान्वयन र मूल्यांकन फितलो हुदाँ पनि बढी समस्या आएको सडक विभागको भनाइ छ। 

विभागका अनुसार करिब २ दर्जन राष्ट्रिय राजमार्ग, २९ वटा पुल, अन्य सहायक राजमार्ग, ग्रामीण र रणनीति सडकलमा बढी क्षति पुगेको छ। बढीले बगाएका र पहिलोका कारण सडक भासिएर २ अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको छ। त्यस्तै २९ वटा पुल आंशिक वा पूर्ण रुपमा भत्किँदा ८० करोड रुपैयाँ भन्दा धेरै क्षति भएको विभागको भनाइ छ। 

वर्षा हुने क्रम नरोकिएकाले थप क्षतिको जोखिम कायमै रहेको प्रवक्ता नेपालले बताए। ‘अहिले नै सबै क्षतिको पूर्ण विवरण आउन सक्दैन,’ उनले भने, ‘पानी पर्न छोडेपछि सम्बन्धित आयोजना तथा डिभिजन कार्यालयहरुले विस्तृतमा अध्ययन गरेपछि मात्र यकिन क्षतिको विवरण आउँछ।’ 

बिग्रिएका सडक र क्षति पुगेका सडक र पुल पुनर्निर्माण गर्न भएकै बजेटबाट व्यवस्थापन हुने वा अपुग बजेट माग गर्नुपर्ने विस्तृत अध्ययन पछि थाहा हुने नेपालको भनाइ छ। 

गत वर्ष पनि वर्षायाममा करिब २ अर्ब रुपैयाँ बराबर सडक तथा पुलमा क्षति पुगेको थियो। यो वर्ष सबैभन्दा बढी सडक\पुलको सिन्धुपाल्चोक र बागमती प्रदेशमा पुगेको छ। 

यो वर्ष बढी क्षति अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे-तातोपानी सडकअन्तर्गतको २६ किलोमिटर, बेनी-जोमसोम-कोरोला, डुम्रे-बेंसीसहर-चामे सडक खण्डमा क्षति पुर्‍याएकाे थियो। 

यस वर्ष ती क्षेत्रमा क्षेत्रलगायत सिद्धार्थ राजमार्गको पाल्पा–स्याङजा खण्डमा, साफे-मार्डतरी, बझाङ क्षेत्रमा क्षति पुगेको छ। 

नदी कटान, पहिरो खस्ने, सडक भासिने, सडकमा ढुंगा झर्नेलगायतका समस्याका कारण सडक अवरुद्ध भएको र समस्या आएको विभागको अध्ययनले देखाएको छ। 

दसैँ सुरु हुन लागेसँगै सहरी क्षेत्रबाट ग्राामिण क्षेत्रमा जानेहरुको संख्या ठूलो हुने गरेको छ। सरकारले नै सडक विभागलाई दसैँ सुरु हुनु केही समयअघि सडकमर्मत गर्न निर्देशन दिँदै आएको छ। 

images

प्रकाशित : मंगलबार, असोज ५ २०७८११:५१
  • सम्बन्धित विषय:

  • # सडक
  • # सडक तथा पुल
  • # पुल क्षति


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend