शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

अन्तर्राष्ट्रिय विमानस्थल जेठ १५ गतेबाट २४ घण्टा र आन्तरिक विमानस्थल रातको १२ बजेसम्म खुल्ने

images
शनिबार, वैशाख ३ २०७९
images
अन्तर्राष्ट्रिय विमानस्थल जेठ १५ गतेबाट २४  घण्टा र  आन्तरिक विमानस्थल रातको १२ बजेसम्म खुल्ने
images
images

काठमाडौं- सञ्चालन रहेको त्रिभुवन अन्तर्राष्ट्रिउ विमानस्थल र जेठ २ गतेबाट सञ्चालन आउन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा नै सञ्चालन हुने भएको छ।

images
images
images

यसैगरी कास्कीका निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि २४ सुरुवाती समयदेखि नै २४ घण्टा नै सञ्चालनमा आउने भएको छ।

images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थल जेठ १५ गतेबाट नै २४ घण्टा नै सञ्चालन  गर्ने गरी तयारी भएको बताए।

images
images

विमानस्थल २४ घण्टा नै सञ्चालनका लागि आवश्यक तयारी भइरहेको उनको भनाइ छ। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विहान ६ बजेबाट रातको ३ बजेसम्म सञ्चालन भइरहेको छ।

कोभिड पछि हवाई उडान बढेसँगै प्राधिकरणले विमानस्थल २४ घण्टा नै सञ्चालनको तयारी गरेको हो। योसँगै नेपालबाट उडान हुने तथा विश्वका विभिन्न गन्तव्यबाट नेपाल आउने विमान कम्पनीहरुलाई सहज हुनको साथै पर्यटक आगमन पनि बढने अधिकारीको भनाइ छ।

यसैगरी आन्तरिक विमानस्थल पनि विहान ६ बजेबाट रातको १२ बजेसम्म सञ्चालन हुने भएको छ। आइएफआर (यान्त्रिक उपकरणको माध्यमबाट) उडान तथा अवतरण हुने सबै विमानस्थल रातको १२ बजेसम्म सञ्चालन हुने अधिकारीले बताए।

यो व्यवस्थाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको दिउँसोको एयर ट्राफिक चाप पनि कम हुने प्राधिकरणको भनाइ छ।
प्राधिकरणका महानिर्देशक अधिकारीले हवाई यात्रुको सहजताका लागि विमानस्थल सञ्चालन समय बढाउने तयारी भएको बताए। तर भिएफआर उडान हुने विमानस्थलमा भने रात्रिकाली उडान हुने छैनन।

यसैगरी प्राधिकरणले बैशाख ८ गतेबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ निर्माण भएको ३ हजार मिटरकै रनवेबाट आन्तरिक उडान गर्ने भएको छ। साथै  नयाँ टर्मिनल भवन सञ्चालन हुनेछ।


प्रकाशित : शनिबार, वैशाख ३ २०७९०६:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend