मंगलबार, असोज १ गते २०८१    
images
images

विराटनगर र नेपालगञ्जमा टर्मिनल बनाउने योजना रोकियो 

images
शनिबार, वैशाख ३ २०७९
images
images
विराटनगर र नेपालगञ्जमा टर्मिनल बनाउने योजना रोकियो 

त्यस्तै नेपालगञ्ज विमानस्थलमा पनि प्राधिकरणले सँगसँगै टर्मिनल भवन तथा अन्य पूर्वाधारको काम अघि बढाएको थियो। यो परियोजना पनि बजेट अभाव भन्दै स्थगति गरिएको छ। 

images
images

काठमाडौं- बजेट अभावमा नेपालगञ्ज र विराटनगर विमानस्थलमा नयाँ टर्मिनल बनाउने योजना रोकिएको छ। 

images
images
images

यात्रुको चाप बढ्दै गएपनि टर्मिनल अभावमा यात्रुलाई सास्ती भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले टर्मिनल  भवन निर्माण गर्ने योजना अघि बढाएको थियो। 

क्षेत्रीय उडान गर्न मिल्नेगरी यी दुबै विमानस्थलमा पूर्वाधार निर्माण गर्ने योजना अघि बढेपनि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बजेट पर्याप्त नभएको भन्दै परियोजना रोक्नुपर्ने निर्देशन दिएका थिए। 

अघि बढेको खरिद प्रक्रियामा आले मन्त्री हुनेवित्तिकै चासो दिएका थिए। मन्त्रीको चासोपछि फेरि पछि स्रोतको व्यवस्थापन गर्दै आयोजना अघि बढाउने भन्दै प्राधिकरणले हालका लागि परियोजना नै स्थगति गरेको हो। 

images

प्राधिकरणले विराटनगर विमानस्थलमा आन्तरिक उडान हुने सबैभन्दा ठूलो टर्मिनलमा निर्माण गर्ने योजना अघि बढाएको थियो। पछिल्लो समय उडान संख्या बढ्दै गएका तराईका विमानस्थलमा आधुनिक र सुविधासम्पन्‍न टर्मिनल निर्माण गर्ने योजना अनुसार विराटनगरमा टर्मिनल बनाउने योजना पूर्व महानिर्देशक राजन पोखरेलले प्राथमिकता दिएका थिए। 

विराटनगर विमानस्थलमा टर्मिनल भवनका लागि डिजाइनको काम सकिएको र खरिद प्रक्रिया अघि बढेको थियो। विराटनगर विमानस्थलमा अहिलेको टर्मिनल क्षेत्रफल ८२५ वर्गमिटर छ। अब नयाँ बन्ने टर्मिनल ८ हजार ९ सय ७७ वर्गमिटरको  बनाउने योजना बनाइएको थियो। ३ अर्ब १५ करोड रूपैयाँ लगानी आवश्यक हुने प्रारम्भिक अनुमान गरिएको थियो। 

त्यस्तै नेपालगञ्ज विमानस्थलमा पनि प्राधिकरणले सँगसँगै टर्मिनल भवन तथा अन्य पूर्वाधारको काम अघि बढाएको थियो। यो परियोजना पनि बजेट अभाव भन्दै स्थगति गरिएको छ। 

पूर्व महानिर्देशक राजन पोखरेल अवकाशमा जानेवित्तिकै आएका राजकुमार क्षेत्रीले यी  योजनामा खासै चासो दिएनन्। छोटो समयका लागि मात्र महानिर्देशक भएका क्षेत्रीपछि आएका प्रदीप अधिकारीले पनि यसमा मन्त्रीकै निर्देशन भएकाले अघि बढाउन चाहेका छैनन्। 

मन्त्री आलेले धनगढी विमानस्थल तथा सुदूरपश्चिमका विमानस्थलमा बजेट विनियोजनलाई प्राथमिकता दिएकाले यी दुई आयोजना चेपुवामा परेको अधिकारीहरूले बताएका छन्। 

१६६ विघा क्षेत्रफलमा फैलिएको नेपालगञ्ज विमानस्थलमा ४ हजार ४३८ वर्गमिटर क्षेत्रफलमा नयाँ टर्मिनल भवन निर्माण गर्नका लागि  ३ अर्ब बजेट अनुमान गरिएको थियो। 

तराईका दुई ठूला विमानस्थलमा ६ अर्ब बजेट दिनुभन्दा सुदूरपश्चिमका विमानस्थलमा बजेट दिनुपर्ने भन्दै आलेको दबाबमा रोकिएको छ। 


प्रकाशित : शनिबार, वैशाख ३ २०७९०२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend