बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सेयर लगानीमा बढ्दाे आकर्षण, एक वर्षमै थपिए ३४ लाख डिम्याट खाता

शनिबार, वैशाख ३ २०७९
सेयर लगानीमा  बढ्दाे आकर्षण, एक वर्षमै थपिए ३४ लाख डिम्याट खाता

काठमाडाैं- एक वर्षमै डिम्याट खाता खोल्नेको संख्या तीन गुणाले बढेको छ। २०७७ साल चैत अन्तिमसम्ममा डिम्याट खाता खोल्नेको संख्या १७ लाख रहेको थियो।

सीडीएससीका अनुसार २०७८ साल चैत अन्तिमसम्म आइपुुग्दा डिम्याट खाता खोल्ने संख्या ५१ लाखभन्दा बढी रहेको छ। पछिल्लो समय कोरोना भाइरसको संक्रमणको दर उच्च रहेकाले र अन्य लगानीको क्षेत्र पनिमा संकुचन बन्दै गएको अवस्थामा सेयर खाता खोल्नेको संख्या बढेको हो।

त्यस्तै मेरो सेयरको खाता खोल्नेको संख्या यस अघि ७ लाखबाट एक वर्षमै ४२ लाख ३५ हजार पुगेको छ। त्यस्तै सीडीएससीले दिएको जानकारी अनुसार ५१ वटा रजिस्टर्ड कम्पनी रहेका छन् भने ५५ वटा वित्तीय संस्थाहरुले सी-आस्वाबाट साधारण सेयर र दोस्रो बजार सेयर कारोबार हुँदै आएको छ।

दोस्रो बजार अनलाइन कारोबार गर्ने यस अघि ६ लाख रहेकोमा हाल आइपुग्दा डिम्याट खाता दोस्रो बजारमा लागि ‘युजर आईडी’ लिनेको संख्या करिब २० लाख बढी पुगेको छ। पछिल्लो समय तीन किसिमका लगानीकर्ताहरु छन्। सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आईपीओ भर्नेको संख्या एउटै कम्पनीबाट २६ लाखसम्मको आवेदन पर्ने गरेको छ।


प्रकाशित : शनिबार, वैशाख ३ २०७९०१:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend