शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सेयर लगानीमा बढ्दाे आकर्षण, एक वर्षमै थपिए ३४ लाख डिम्याट खाता

images
शनिबार, वैशाख ३ २०७९
images
सेयर लगानीमा  बढ्दाे आकर्षण, एक वर्षमै थपिए ३४ लाख डिम्याट खाता
images
images

काठमाडाैं- एक वर्षमै डिम्याट खाता खोल्नेको संख्या तीन गुणाले बढेको छ। २०७७ साल चैत अन्तिमसम्ममा डिम्याट खाता खोल्नेको संख्या १७ लाख रहेको थियो।

images
images
images

सीडीएससीका अनुसार २०७८ साल चैत अन्तिमसम्म आइपुुग्दा डिम्याट खाता खोल्ने संख्या ५१ लाखभन्दा बढी रहेको छ। पछिल्लो समय कोरोना भाइरसको संक्रमणको दर उच्च रहेकाले र अन्य लगानीको क्षेत्र पनिमा संकुचन बन्दै गएको अवस्थामा सेयर खाता खोल्नेको संख्या बढेको हो।

images
images

त्यस्तै मेरो सेयरको खाता खोल्नेको संख्या यस अघि ७ लाखबाट एक वर्षमै ४२ लाख ३५ हजार पुगेको छ। त्यस्तै सीडीएससीले दिएको जानकारी अनुसार ५१ वटा रजिस्टर्ड कम्पनी रहेका छन् भने ५५ वटा वित्तीय संस्थाहरुले सी-आस्वाबाट साधारण सेयर र दोस्रो बजार सेयर कारोबार हुँदै आएको छ।

images
images

दोस्रो बजार अनलाइन कारोबार गर्ने यस अघि ६ लाख रहेकोमा हाल आइपुग्दा डिम्याट खाता दोस्रो बजारमा लागि ‘युजर आईडी’ लिनेको संख्या करिब २० लाख बढी पुगेको छ। पछिल्लो समय तीन किसिमका लगानीकर्ताहरु छन्। सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आईपीओ भर्नेको संख्या एउटै कम्पनीबाट २६ लाखसम्मको आवेदन पर्ने गरेको छ।


प्रकाशित : शनिबार, वैशाख ३ २०७९०१:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend