बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

२०७९ मा दर्जनभन्दा बढी बैंक तथा वित्त कम्पनी मर्जरमा जाँदै, कुन कोसँग होला ?

शुक्रबार, वैशाख २ २०७९
२०७९ मा दर्जनभन्दा बढी बैंक तथा वित्त कम्पनी मर्जरमा जाँदै, कुन कोसँग होला ?

काठमाडौं- पछिल्लो समय मर्जरको सम्भवना बोकेका बैंक तथा वित्तीय  संस्थााहरु धेरै रहेका छन्। तर बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जानका लागि आफ्नो 'दाबीका कारण' जान सकिरहेका छैनन्।

विभिन्न बैंक तथा वित्तीय संसथाहरु मर्जरको पाइपलाइनमा रहेका छन्। प्रारम्भिक रुपमा सम्झौता गरेका केही बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट स्वीकृति पाइसकेका छन् भने केहीले पाउन बाँकी रहेको छ। 

२०७८ सालमै बीग मर्जरमा समस्या आएको छ भने संम्भावना टरिसकेको पनि छैन। हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंकबीचको मर्जर प्रक्रिया असफल भए पनि दोस्रो चरणबाट मर्जरमा जाने सम्भवना टरिसकेको छैन।

त्यस्तै नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न सैद्धान्तिक सहमति प्रदान गरि गाभिने प्रक्रियामा रहेको छ। मेगा बैंक लिमिटेड अर्को एक वाणिज्य बैंकलाई गाभेर बलियो बन्ने तयारीमा जुटेको छ।

मेगा बैंक लिमिटेले कुमारी बैंक लिमिटेडलाई मर्ज गरेर ठूलो वित्तीय संस्था बन्ने तयारीमा जुटेका छ। यसका लागि सैद्धान्तिक छलफल चलिरहेको छ भने केही प्रक्रिया अघि बढी सकेको छ।

त्यसैगरी सेन्चुरी बैंक र सिभिल बैंकबीच पनि मर्जरमा जाने अन्तिम तयारी रहेको स्रोतको दाबी छ। यसै वर्षभित्र एनसीसी बैंक र  बैंक अफ काठमाडौं पनि मर्जमा जाने तयारी अवस्था रहेको देखिएका छन्। त्यस्तै २०७९ मा विकास बैंकहरु पनि ठूलो संख्यामा मर्जरमा जाने सम्भवना छ। गरिमा विकास बैंक र सहारा विकास बैंकको पनि मर्ज सम्भवना रहेको छ।

त्यस्तै माइक्रो फाइनान्स तर्फका धोलागिरी लघुुवित्तसँग आँधिखोला लघुवित्त, मिर्मिरे लघुवित्त, सिर्जना लघुवित्त वित्तीय संस्था, स्वस्तिक लघुवित्त, समाज लघुवित्त वित्तीय संस्था मर्जरमा जानका लागि तयारी अवस्थामा रहेका छन्।

मर्जरमा जाने सम्भवना रहेका बैंकहरु :

marj.PNG


प्रकाशित : शुक्रबार, वैशाख २ २०७९१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend