बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

३९ हजारलाई १० कित्ता पर्ने लघुवित्तको आईपीओमा भाेलीबाट आवेदन खुला

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख १ २०७९
३९ हजारलाई १० कित्ता पर्ने लघुवित्तको आईपीओमा भाेलीबाट आवेदन खुला

काठमाडौं-सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि वैशाख २ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।

संस्थाले चुक्तापुँजीको ३२.५० प्रतिशतले हुन आउने ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्नेछ। 

कुल कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ८२ कित्ता सेयर कर्मचारीमा र ५ प्रतिशतले हुन आउने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषमा बाँडफाँड गरी बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणका लागि निष्कासन गरिनेछ। 

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। आवेदन दिने म्याद छिटोमा वैशाख ६ गते बैंकिङ समयपछि समाप्त हुनेछ।


प्रकाशित : बिहीबार , वैशाख १ २०७९१२:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend