शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडान गर्ने बुद्ध एयरको घोषणा

images
शुक्रबार, वैशाख २ २०७९
images
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडान गर्ने बुद्ध एयरको घोषणा

उनका अनुसार पोखराबाट दैनिक २ वटा उडान गर्ने हुनेछ। उडान समय १ घण्टा ३० मिनेटको हुने समेत बस्नेतले बताए।

images
images

काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनीले बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडान गर्ने भएको छ। बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले एटीआर ७२ जहाज मार्फत पोखराबाट दिल्ली उडान गर्ने तयारी भएको बताए।

images
images
images

उनका अनुसार पोखराबाट दैनिक २ वटा उडान गर्ने हुनेछ। उडान समय १ घण्टा ३० मिनेटको हुने समेत बस्नेतले बताए। साथै बुद्ध एयरले पोखराबाट भारतका अन्य गन्तव्यहरुमा समेत उडानको तयारी भएको बस्तेनको भनाइ छ।

images
images

साथै बुद्ध एयरले पोखरालाई बसे बनाएर जोमसोम, मनाङ, डोल्पा, ताल्चा, जुम्ला लगायतका पहाडी गन्तव्य समेत उडानको तयारी भइरहेको बस्नेतले जानकारी दिए। पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्दैगर्दा दुर्गममा विमानस्थलहरुमा समेत उडान गर्न टिवनअटर जहाज ल्याउने तयारी थालेको छ।

images
images

बुद्धले सन् २०२२ मै ३ देखि ४ वटा जहाज थप्दै पोखराबाट सबै विमानस्थलबाट उडानको तयारी गरेको छ। बुद्धले अहिले पोखराबाट नेपालगञ्ज, सिमरा, जनकपुर, भरतपुर, भैरहवा र धनगढीमा उडान गर्दै आएको छ। 

केही समय भित्रै विराटनगर र भद्रपुरमा समेत बुद्ध एयरले उडान गर्ने भएको छ। बुद्ध एयरसँग ७२ सिटे एटीआर-७२ जहाज ११ वटा, ४२ सिटे एटीआर-४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाहरु रहेका छन्।


प्रकाशित : शुक्रबार, वैशाख २ २०७९००:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend