शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

मनाङमा ग्लोबल आईएमईको एटीएम सेवा सञ्चालनमा

images
बिहीबार , वैशाख १ २०७९
images
मनाङमा ग्लोबल आईएमईको एटीएम सेवा सञ्चालनमा

नयाँ वर्ष २०७९ को सुरुवातसँगै ग्लोबल आईएमई बैंक मनाङ शाखाले पहिलोपटक एटीएम सेवा सञ्चालनमा ल्याएको छ।

images
images

मनाङ- नेपालको सबैभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रने मनाङको माथिल्लो क्षेत्रमा एटीएम सेवा सञ्चालनमा आएको छ। 

images
images
images

नयाँ वर्ष २०७९ को सुरुवातसँगै ग्लोबल आईएमई बैंक मनाङ शाखाले पहिलोपटक एटीएम सेवा सञ्चालनमा ल्याएको छ। एटीएम सेवा सञ्चालनमा आएपछि मनाङमा आउने पर्यटकलाई सहज भएको छ। यहाँ आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले एटीएम सेवा सञ्चालनमा ल्याइएको ग्लोबल आईएमई बैंक मनाङ शाखाका प्रबन्धक सुवासकान्त जोशीले जानकारी दिए। 

images
images

'मनाङ आउने पर्यटकलाई खल्तीमा पैसा बोक्नुपर्ने समस्या हटाउने उद्देश्यले नै एटीएम सेवा सञ्चालनमा ल्याइएको हो', प्रबन्धक जोशीले भने। यहाँ एटीएम सेवा सञ्चालनमा आएपछि स्थानीयवासीसमेत हर्षित भएका छन्। पर्यटकीय क्षेत्र भए पनि माथिल्लो मनाङमा हालसम्म एटीएम सेवा सञ्चालन भएको थिएन। 

images
images

माथिल्लो मनाङ पुगेका पर्यटकलाई खर्चको अभाव भएपछि फर्केर सदरमुकाम झर्नुपर्ने समस्या टरेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए। 'मनाङको मुख्य आयस्रोत नै पर्यटन हो। विविध समस्या हटेपछि अहिले अन्नपूर्ण सर्किटमा आउने पर्यटक बढ्दै गएको छ। एटीएम सेवा सञ्चालनले पर्यटकलाई सहज बनाएको छ', उनले भने। 

एटीएम सेवा सञ्चालनले मनाङ आउने पर्यटकलाई सहज भएको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बताए। 'एटीएम सेवाले पैसा बोक्नुपर्ने समस्या हट्यो। पैसा बोकेर मनाङ आउँदा हराउने, चोरी हुने, खर्चको अभावमा यहाँ बस्ने समय छोट्याउनुपर्ने समस्या हटेपछि पर्यटकलाई धेरै सहज हुनेछ', उनले भने। 

लामो समय मनाङ बस्ने योजनासहित आएका पर्यटकलाई पैसाको अभावमा फर्कनुपर्ने बाध्यता हटेको छ। एटीएम सेवाले पैसाको भारी बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ। यसअघि जिल्लामा एउटा मात्रै एटीएम सेवा सञ्चालनमा छ। माथिल्लो मनाङमा भने यो एटीएम सेवा पहिलो पटक हो।

सदरमुकामभन्दा धेरै पर्यटक रहने क्षेत्र माथिल्लो मनाङमा एटीएम सेवाको आवश्यकता खड्किएको थियो। जिल्लाभर आठवटा बैंक रहेता पनि सदरमुकाममा प्रभु बैंकले एटीएम सेवा सञ्चालनमा ल्याएको छ। अब जिल्लामा दुई बैंकले दुई स्थानमा एटीएम सेवा सञ्चालन गरे पनि अन्य बैंकले हालसम्म एटीएम सेवा सञ्चालन गर्न सकेका छैनन्। रासस


प्रकाशित : बिहीबार , वैशाख १ २०७९१०:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend