बिहीबार , वैशाख २७ गते २०८१    
images
images

यो वर्ष आउन सक्छन् यी कार, विद्युतीय कारले गर्ने छ ‘लिड’

images
बिजनेस न्युज
images
images
यो वर्ष आउन सक्छन् यी कार, विद्युतीय कारले गर्ने छ ‘लिड’

दुई वर्षपछि आगामी भदौमा हुन लागेको नाडा अटो शो २०२२ नेपाली बजारमा उपलब्ध सबैजसो ब्रान्डले नयाँ कार सार्वजनिक गर्न सक्छन्। त्यसमा विद्युतीय कारको बाहुल्यता हुनेछ। 

images
images

काठमाडौं- सवारीसाधनको बजार विस्तार हुने क्रममा रहेपनि पछिल्लो समय विदेशी मुद्रा सञ्चिति घट्दै गएकाले सरकारले सवारी आयातमा कडाइ गरेको छ। जसका कारण सवारी व्यावसायीहरू केही निरास हुने अवस्था सृजना भएको छ। तथापी यो अवथा सुधार हुँदै जाने अपेक्षा सबैले गरेका छन्। 

images
images
images

सरकारको राजस्व आयको सबैभन्दा ठूलो स्रोत मध्येको एक हो अटोमोबाइल क्षेत्र। सवारीसाधनको आयात बन्द गरिरहँदा सरकारको आम्दानीमै उच्च गिरावट आउने भएकाले पनि लामो समय बन्द हुन सक्दैन। 

images

नेपाली बजारमा दुई दर्जनभन्दा बढी ब्रान्डका कार बिक्री हुँदै आएको छ। जापानी ब्रान्ड सुजुकी, होन्डा, टोयोटादेखि भारतीय ब्रान्ड टाटा, महिन्द्रा, युरोपेली ब्रान्ड मर्सिडिजदेखि ज्यागुअरसम्म र कोरियाली ब्रान्ड हुन्डाई तथा कियासम्मका कार उपलब्ध छन्। त्यस्तै चर्चित अमेरिकी ब्रान्ड टेस्ला, फोर्ड तथा चीनका विभिन्न ब्रान्डका कार बिक्री हुँदै आएको छ। 

images

नेपाली बजारमा बिक्री हुने करिब ९० प्रतिशत कार भारतमै निर्मित वा भारतीय ब्रान्डका कार बिक्री हुने गरेको छ। भारतमा सार्वजनिक भएका प्रायजसो कार नेपालमा समेत आउने गरेका छन्। आगामी वर्ष नेपाली बजारमा आउनसक्ने सम्भावित कारबारे यहाँ उल्लेख गरिएको छ।  

images
images

टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले माइक्रो एसयूभी पन्च नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ। टाटा पन्च यसको आधार र ५ स्टार सेफ्टी रेटिङ पाएका कारण चर्चामा रहेको मोडल हो। यो कार १.२ लिटर इन्जिन क्षमतामा आउने छ। यसको विद्युतीय भर्सन समेत बजारमा ल्याउने तयारी टाटा मोटर्सको छ। 

टाटाको अर्को चर्चित एसयूभी नेक्सनको इभी भर्सनको अपडेटेड मोडल पनि भारतमा अप्रिलको अन्ततिर सार्वजनिक हुने छ। नेपाली बजारमा निक्कै रुचाइएको क्रसओभर कार हो टाटा नेक्सन। नेक्सनको डिजेल/पेट्रोल भर्सन हो वा नेक्सन इभी दुवै कार नेपाली उपभोक्ताको रोजाइमा परेको छ। 

hone pay.PNGनेक्सन इभी किन्न चाहनेले त अहिले पनि पालो पर्खनुपर्ने अवस्था छ। यही नेक्सन इभीलाई परिमार्जन गरि बजारमा ल्याउने तयारी टाटा मोटर्सको छ। अहिले बजारमा उपलब्ध रहेको नेक्सन इभीले ३ सय १२ किलोमिटर रेन्ज दिन्छ भने नयाँ भर्सनको नेक्सन इभीले ४ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। भारतीय बजारमा सार्वजनिक भएको केही महिनामा यो कार पनि नेपाल आउनेछ। यीसहित अन्य मोडलका कार पनि २०७९ मा नेपालमा आउन सक्छन्। 

महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पाेरेट प्रालिले बोलेरो नियो र एक्सयूभी ७०० नेपाल ल्याउने तयारी गरिरहेको छ। बोलेरो नियो यसअघि बिक्री हुने टीयूभी ३०० को फेसलिफ्ट मोडल हो भने एक्सयूभी ७०० महिन्द्राको नयाँ मोडल हो।

Mahindra xuv 700.jpg

महिन्द्राले भारतमा ठूलो संख्यामा बुकिङ लिएको एक्सयूभी ७०० उत्कृष्ट एसयूभी प्रमाणित भइसकेको छ भने बोलेरो नियोले पनि लोकप्रिय छ। यी दुबै गाडी छिट्टै सार्वजनिक गर्ने तयारी गरेपनि अहिलेको अवस्थामा सार्वजनिक हुन कठिन छ। त्यसैले यी कार नाडा अटो शोमा सार्वजनिक हुन सक्छन्। महिन्द्राले भारतमा इटूओको नयाँ भर्सन सार्वजनिक गर्दै छ। यो कार पनि नेपाल आउने छ। 

हुन्डाईले भारतीय बजारमा भेन्युको फेसलिफ्ट मोडल आगामी महिना सार्वजनिक गर्ने तयारी गरेको छ। भारतमा सार्वजनिक भएको केही महिनापछि उक्त कार नेपाली बजारमा समेत आउने छ।

Hyundai-Venue-Facelift.jpg

भारतमा क्रेटाको समेत नयाँ भर्सन आउने क्रममा रहेकाले उक्त कार नेपालमा समेत आउन सक्छ। हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षमा हुन्डाईका विभिन्न नयाँ मोडल आउन सक्छन्। हुन्डाईले यो वर्ष अर्को नयाँ वा फेसलिफ्ट भर्सनको विद्युतीय कार नेपाल ल्याउने छ। 

मारुती सुजुकीले भारतीय बजारमा विभिन्न मोडलका कार ल्याउने तयारी गरेको छ। कम्पनीले विभिन्न मोडलका हाइब्रिड कार ल्याउने बताएको छ। त्यस्तै कम्पनीले नेक्स्ट जेनेरेसन भिटारा ब्रेजा ल्याउने योजना बनाएको छ। सुजुकीको भिटारा ब्रेजा नेपाली बजारमा आफ्नो सेगमेन्टमा सबैभन्दा धेरै बिक्री हुने एसयूभी हो। सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले सुजुकीको नयाँ ब्रेजा, अग्रेडेड इर्टिगालगायत कार नेपाली बजारमा ल्याउन सक्छ। 

2022-maruti-suzuki-brezza.jpg

यसैगरि होन्डाको सिटी हाइब्रिड भर्सन भारतमा सार्वजनिक हुने तयारीमा रहेकोले. यो कार पनि नेपाली बजारमा आउन सक्छ। त्यस्तै स्कोडाको कुसाक मोन्टा कार्लो इडिसन भारतमा आउने भएको छ। स्कोडाको कुसाक नेपाली बजारमा पछिल्लो पटक राम्रो बजार विस्तार गरिरहेको छ। त्यसैले पनि कम्पनीले नयाँ भर्सनको कार यो वर्ष ल्याउन सक्छ। 

कियाले भारतमा आफ्नो आक्रामक बजार विस्तार योजनालाई निरन्तरता दिइरहेको छ। कियाले पनि विद्युतीय कार उत्पादनलाई प्राथमिकता दिएको छ। कियाले भारतमा किया इभी ६ सार्वजनिक गर्दैछ। यो कार नेपालमा आउने छ। विद्युतीय कारमा सरकारले कर सहुलियत दिएकाले आयात तथा बिक्री उल्लेख्य रुपमा बढेको छ। त्यसैले पनि कार आयातकर्ता कम्पनीहरूले विद्युतीय कार बिक्रीलाई प्राथमिकता दिएका छन्। 

kia-ev6.jpg

त्यस्तै अमेरिकी ब्रान्ड जीपका कार पनि आफ्नो सेगमेन्टमा नेपालमा लोकप्रिय नै छन्। जीपको नेपालका लागि आधिकारिक बिक्रेता लाइफ अटोमोबाइलले पनि नयाँ नयाँ मोडल उपलब्ध गराउँदै आएको छ। जीपले अमेरिकाबाट र भारतबाट कार आयात गर्दै आएको छ। 

यो वर्ष चिनियाँ ब्रान्ड होजोनका कार समेत नेपाली बजारमा आउने छन्। होजोन ब्रान्ड सार्वजनिक गर्दै सीजी मोटर्सले यही वर्षको सुरुतिरै निटा ब्रान्डका कार सार्वजनिक गर्ने भएको छ।

kia-ev6.jpg

विद्युतीय कार नै बनाउने लक्ष्यसहित स्थापना भएको यो कम्पनीको निटा कार चीनमा निक्कै लोकप्रिय रहेको छ। तुलनात्मक रुपमा सस्तो मूल्यमा आउने यो कारले एक पटकको फुल चार्जमा ४ सय किलोमिटर रेन्ज दिनेछ। त्यस्तै अन्य केही चिनियाँ ब्रान्ड कारसमेत नेपाली बजारमा आउने छन्। 

नेपाली बजारमा अन्य ब्रान्डहरू रेनो, निसान, एमजी, प्युजो, फक्सवागन, बीएमडब्लूलगायतले पनि यो वर्ष नयाँ कार सार्वजनिक गर्ने तयारी गरेका छन्। दुई वर्ष पछि आगामी भदौमा हुन लागेको नाडा अटो शो २०२२ नेपाली बजारमा उपलब्ध सबैजसो ब्रान्डले नयाँ कार सार्वजनिक गर्न सक्छन्। त्यसमा विद्युतीय कारको बाहुल्यता हुनेछ। 

images

प्रकाशित : ०६:४५
प्रतिक्रिया दिनुहोस