मंगलबार, असोज १ गते २०८१    
images
images

वर्ष २०७८ : महामारीको कोमाबाट बाहिरिएको पर्यटन क्षेत्र

images
बिहीबार , वैशाख १ २०७९
images
images
वर्ष २०७८ : महामारीको कोमाबाट बाहिरिएको पर्यटन क्षेत्र
images
images

काठमाडौं (चैत, ३०)- नयाँ वर्ष २०७८ को आगमन हुँदै गर्दा पर्यटन क्षेत्रमा कुनै उत्साह थिएन। पर्यटन क्षेत्रमा हुने ८० प्रतिशतभन्दा बढी गतिविधि ठप्प जस्तै थियो। नेपाल भ्रमणमा आउनेका लागि बाटो नै बन्द थियो। आन्तरिक पर्यटक पनि बाहिर निस्कने सक्ने अवस्था थिएन।

images
images
images

कोभिड महामहारीको दोस्रो लहर सुरु भइसकेको थियो। २०७६ चैतबाट सुरु भएको कोभिड महामारीपछि विस्तारै २०७७ को तिहारपछि गतिविधि चलायमान हुँदै थियो। तर २०७८ को सुरुवातमै कोभिडको दोस्रो महामारी सुरु भयो। पर्यटन क्षेत्रमा देखिएको उत्साहमा ब्रेक लाग्न पुग्यो। पहिलो कोभिडले नै सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रमा कोभिड महामहारीले झन ठूलो धक्का पुग्यो।

कोभिडको दोस्रो महामारी सुरु भएसँगै ४५ दिनभन्दा बढी लकडाउन भयो। पर्यटन गतिविधि पूर्ण रुपमा ठप्प भयो। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित भए। केही अन्तर्राष्ट्रिय उडान भएपनि आन्तरिक उडान भने ४५ दिनभन्दा बढी ठप्प नै भयो।

विस्तारै कोभिडको खोप अभियान सुरु भयो। कोभिड महामारी पनि कम हुँदै गयो। कोभिड महामारी सुरु भएसँगै आन्तरिक पर्यटनमा उत्साह देखिन थाले। काठमाडौं उपत्यकालगायत देशभरका पर्यटकीय गन्तव्यमा दसैँतिहारदेखि नै उत्साह थपियो।

images

पर्यटन क्षेत्रका व्यवसायीहरूमा पनि उत्साह देखियो। कोभिडले थला पारेको पर्यटनमा आन्तरिक पर्यटनले नै टेको दिएको पर्यटन व्यवसायी योगेन्द्र शाक्य बताउँछन्। विस्तारै अहिले विदेशी पर्यटकको आगमन पनि बढेसँगै पर्यटन क्षेत्रमा उत्साह थपिएको उनको भनाइ छ।

‘झन्डै झन्डै शून्यमा झरेको पर्यटन क्षेत्र फर्किनका लागि ४ देखि ५ वर्षको लाग्ने व्यवसायीको आँकलन थियो’ शाक्यले भने, ‘तर सोचेभन्दा छिटो पर्यटन क्षेत्रमा उत्साह थपिएको हो। यो पर्यटन क्षेत्रका लागि सुखद पनि हो।’

सरकारी पक्षबाट भन्दा पनि पर्यटन क्षेत्र यो ठाउँमा आउनुमा निजी क्षेत्रकै बढी योगदान देखिन्छ।

सरकारी पक्षबाट भने नेपालको पर्यटन क्षेत्रमा उत्साह थप्ने एउटा महत्वपूर्ण निर्णय भने भएको छ। 

पर्यटकीय क्षेत्रमा सञ्चालिन पेसा व्यवसाय रातको १० नबज्दै बन्द गर्नुपर्ने अवस्था थियो। प्रहरीले सुरक्षाको नाममा व्यवसायीलाई दुःख दिँदै आएका थिए। तर गृहमन्त्री बालकृष्ण खाँडले फागनु अन्तिम साता पर्यटकीय क्षेत्र २४ घण्टा नै सञ्चालन गर्न दिने निर्णय गरे। यो नै पर्यटन क्षेत्रमा उत्साह ल्याउने सबैभन्दा ठूलो काम भएको थियो।

जसका कारण आज पर्यटकी गन्तव्यहरू गुलजार भएका छन्। काठमाडौंको ठमेल, ललितपुरको झम्सिखेल, पोखरा, सौराह लगायतका पर्यटकीय गन्तव्यहरूमा पर्यटकीय गतिविधि बढेको छ। पर्यटकबाट हुने आम्दानी बढेको छ। मासिक ५० हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रन थालेका छन्। यो पर्यटन क्षेत्रका लागि सुखद पक्ष हो।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा पर्यटकको सहभागिता बढेको छ। दुई वर्षदेखि सुनसान जस्तै देखिएका पर्यटकीय गन्तव्यहरूमा उत्साह थपिएको छ।

पर्यटन क्षेत्रमा उत्साह बढेसँगै होटल क्षेत्रमा लागनीको आकर्षण देखिएको छ। सिद्धार्थ शम्शेर राणादेखि सूर्य नेपालले समेत होटलमा लगानी गरेका छन्। होटलमा २७ अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिवद्धता आएको छ।

सीमाक्षेत्र क्यासिनो हवको रुपमा विकास भएका छन्। यो वर्षभन्दा झन्डै १ दर्जन क्यासिनो थपिएका छन्। तर कोभिडकै कारण पुरानो अन्नपूर्ण होटल भने बन्द भएको छ। 

उपत्यका बाहिर पनि तारे होटेलमा उभार आएको छ। उपत्यका बाहिर झापामा समेत पाँच तारे होटल सञ्चालनमा आएका छन्।

पोखराका लागि नयाँ पर्यटकीय प्रोडक्ट अन्नपूर्ण केबलकार सञ्चालनमा आएको छ।

पर्यटन पूर्वाधारमा समेत उत्साह थपिएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भइ सञ्चालनको तयारीमा पुगको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने चरणमा पुगेको छ।

पोखरालाई हव बनाएर आन्तरिक पर्यटन प्रर्वद्धनकै लागि बुद्ध एयरले प्रदेश उडान सुरु गरेको वर्ष पनि हो २०७८।  निजी हवाई सेवा कम्पनीहरूले पनि जहाज थप्दै सेवा विस्तार गरिरहेका छन्।

आन्तरिक पर्यटकबाटै अघि बढेको पर्यटनमा बाह्य पर्यटकको आगमन बढेसँगै २०७८ ले पर्यटन क्षेत्रका लागि उत्साह थप्दै बिदा भएको छ।


प्रकाशित : बिहीबार , वैशाख १ २०७९०४:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend