आइतबार, असोज ६ गते २०८१    
images
images

बोलीमा गभर्नरको आलोचना गरेको अर्थमन्त्रीका विज्ञप्तिमा राष्ट्र बैंकको सह्राना

images
बुधबार, चैत ३० २०७८
images
images
बोलीमा गभर्नरको आलोचना गरेको अर्थमन्त्रीका विज्ञप्तिमा राष्ट्र बैंकको सह्राना

बोलीमा गभर्नरले सहयोग नगरेको बताउने अर्थमन्त्रीले लिखतमा भने अधिकारीको नेतृत्वमा राष्ट्र बैंकले गरेका कामले राम्रो प्रतिफल हुने अपेक्षा गरेका छन्। 

images
images

काठमाडौं- सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि विभिन्न प्रश्न उठेको छ। 

images
images
images

किन र केका लागि गभर्नर अधिकारीलाई निलम्बन गरियो भन्ने प्रश्नको उत्तर सरकारी स्तरबाट पहिलोपटक सोमबार अर्थमन्त्री जनार्दन शर्माले दिएका थिए। वर्तमान अर्थतन्त्रको अवस्थाका बारेमा जानकारी दिनका लागि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा शर्माले गभर्नरलाई किन कारबाही गर्नुपर्‍यो भनेर जवाफ दिएका थिए। 

अर्थतन्त्रमा समस्या सिर्जनाको संकेत देखिएपछि सरकारलाई सूचना नदिएको, समस्या समाधानका लागि सुझाव माग्दा पनि नदिएकाले समग्रमा सरकारलाई सहयोग नगरेका कारणले गर्दा गभर्नर अधिकारीमाथि छानबिनका लागि समिति बनाइएको जवाफ दिएका थिए। 

'अर्थतन्त्रमा यत्रो समस्याको संकेत पहिलेदेखि नै देखिएको थियो। यसबीचमा छाडा रुपमा ऋण विस्तार भएको छ। यसले गर्दा अर्थतन्त्रमै समस्या सिर्जना हुने अवस्था आयो' उनले भने, 'तर यस्तो हुँदा पनि केही पहल भएनन्। सुझाव माग्दासमेत पाइएन।' 

images

बोलीमा गभर्नरमाथि गम्भीर आरोप लगाएपनि सोही पत्रकार सम्मेलनमा उनी आफैले वितरण गरेको प्रेस विज्ञप्तिमा भने अहिलेसम्म नेपाल राष्ट्र बैंक तथा गभर्नरको भूमिका राम्रो भएको उल्लेख गरिएको छ। 

अर्थतन्त्रमा दबाब देखिन थालेपछि अहिलेसम्म के के गरियो भन्ने विज्ञप्तिको खण्डमा  बजेट तथा मौद्रिक नीतिका उपकरणको प्रभावकारी कार्यान्वयन गरिएको उल्लेख गरिएको छ। 

'वित्त नीति तथा मौद्रिक नीति सम्बद्ध उपकरणको प्रभावकारी कार्यान्वयन, विदेशी विनिमय संचिति, विप्रेषण आप्रवाह, उद्योग व्यवसाय संचालनमा बढोत्तरी, कम उत्पादनशीलक्षेत्रमा कर्जा प्रवाह निरुत्साहन, अनुत्पादक क्षेत्रमा आयात निरुत्साहन, सुन आयातमा कटौती, बैंक मार्फत विप्रेषण आप्रवाहमा थप व्याज प्रोत्साहन, वैदेशिक सहायता प्राप्तिको प्रतिवद्धता समेतबाट अर्थतन्त्रको वाह्य दवावको उपयुक्त व्यवस्थापन हुँदै जाने देखिन्छ' विज्ञप्तिमा उल्लेख गरिएको छ। 

विदेशी मुद्राको सञ्चितिमा दबाब तथा तरलता अभाव हुँदै गएपछि राष्ट्र बैंकले सुन आयातको कोटा कटौती गरेको थियो। अनुत्पादक क्षेत्रमा आयात निरुत्साहित गर्नका लागि नगद मार्जिनको व्यवस्था यसअघि नै राष्ट्र बैंकले गरेको थियो। 

बोलीमा गभर्नरले सहयोग नगरेको बताउने अर्थमन्त्रीले लिखतमा भने अधिकारीको नेतृत्वमा राष्ट्र बैंकले गरेका कामले राम्रो प्रतिफल हुने अपेक्षा गरेका छन्। 


प्रकाशित : बुधबार, चैत ३० २०७८०६:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend