बिहीबार , वैशाख २७ गते २०८१    
images
images

स्कोडा कोडियाकको फेसलिफ्ट नेपालमा सार्वजनिक

images
बिजनेस न्युज
images
images
स्कोडा कोडियाकको फेसलिफ्ट नेपालमा सार्वजनिक

सन् २०१८ मा पहिलो पटक नेपालमा सार्वजनिक भएको कोडियाकलाई युरोपबाट सिधै नेपाल आयात गरिन्छ।

images
images

काठमाडौं- स्पोर्टी लुक्स, क्रिस्टललाइन डिजाइन, सेग्मेन्टकै सबैभन्दा सुरक्षित विशेषता तथा ‘सिम्पली क्लेभर’ स्कोडा कोडियाक फेसलिफ्ट सार्वजनिक भएको छ। 

images
images
images

सन् २०१८ मा पहिलो पटक नेपालमा सार्वजनिक भएको कोडियाकलाई युरोपबाट सिधै नेपाल आयात गरिन्छ।

images

‘नयाँ स्कोडा कोडियाकमा सुन्दरता, आराम र इन्जिनको क्षमतालाई बलियो बनाइएको छ। सेग्मेन्टकै राम्रा फिचर र बेजोड सुरक्षाले कोडियाकलाई पूर्ण सुविधासम्पन्न एसयुभी बनाएको छ जुन दैनिक ड्राइभिङ र रोमाञ्चक अफरोड यात्रा दुवैका लागि उपयुक्त छ,’ स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले बताए। 

images

रगेड एक्सटेरियर

images
images

स्कोडाले कोडियाकको लुक्समा विशेष परिमार्जन गर्नुका साथै एरोडायनामिक्सलाई पनि अप्टिमाइज गरेको छ। साथै यसको ग्रिलले कोडियाकलाई झन आकर्षक बनाएको छ। एड्याप्टिभ फ्रन्ट हेडलाइट र एलईडी हेडलाइट तथा फग लाइटले लाइटिङलाई राम्रो बनाएको छ। 

उच्चस्तरीय इन्टेरियर

स्कोडाले कोडियाक इन्टेरियरलाई डेकोरेटिभ स्ट्रिप, कन्ट्रास्टिङ स्टिचिङ र परिष्कृत एलईडी एम्बियन्ट लाइटिङ फङ्शन दिएर नयाँ उचाइमा पुर्याएको छ। साथै ठूला एसयूभीहरुमा पहिलो पटक एर्गोनोमिक, पर्फोरेटेड–लेदर सिटहरू राखिएको छ जसले हिटिङ अप्सनका साथै मल्टिवे इलेक्ट्रिक सीटको व्यवस्था गरेको छ। साथै यसमा क्यान्टोन साउन्ड सिस्टम छ। यसको ड्यासबोर्डमा सेन्ट्रल स्पिकर र बुथमा सबवुफरको साथै अतिरिक्त दश स्पिकरहरू छन्।

पावरफुल डिजाइन

१०.२५ इन्चको डिस्प्ले र स्टाइलका लागि चार विभिन्न लेआउटका साथ यसमा भर्चुअल कक्पीट छ। कोडियाक अप्ठ्यारो भूभागहरूमा सजिलैसँग चलाउनको लागि बनाइएको एसयूभी हो। यसको टोर्नाडो लाइनहरू, सटिक किनारहरू र क्रिस्टललाइनले यसमा विशिष्ट स्टाइल थपेको छ। स्कोडा कोडियाकमा भएको एलिगेन्ट लाइनहरुको बोल्ड इन्टरप्ले, स्पोर्टी कन्टोर्स र रोबष्टनेशले यसलाई सजिलै चिन्न सकिने बनाउँछ। 

इञ्जिन र ट्रान्समिशन

कोडियाकमा रहेको २.० टीडीआईले १५० पीएस र ३४० एनएम टर्क जेनेरेट गर्छ। उसमा फोर ह्वीलसहितको ७–स्पीड डुअल क्लच अटोमेटिक ट्रान्समिशन रहेको छ। 

सुरक्षित र आरामदायी

नयाँ कोडियाक अत्याधुनिक सेफ्टी किटहरुका साथ आउँछ, जसमा ९ एयरब्यागहरु, ईबीडीका साथ एबीएस, बे्रक असिस्ट, मल्टी कोल्लीशन ब्रेक, चौतर्फि पार्किङ सेन्सर र ब्लाइण्ड स्पोट मोनिटरिङ सिस्टम समावेश छन्।

कोडियाकले इलेक्ट्रिकलरुपमा एड्जष्ट गर्न मिल्ने प्यानारामिक सनरुफका साथ नयाँ आयाम रचेको छ, जसले खुलापनको आभाषलाई अझ उजागर गर्छ। यसका साथै यो फ्रन्ट र रियर हिटेड सिट, हिटेड स्टेरिङ ह्वील र अन्य चनाखो विशेषताहरुले भरिपूर्ण छ, जसले गर्दा यसले विशिष्ट एसयूभी अनुभूति प्रदान गर्दछ।

राइड र ह्याण्डलिङ

स्कोडा कोडियाक ४बाई४ अल-ह्वील ड्राइभका साथ ४ वटा ड्राइभिङ मोड विकल्पहरुका साथ आउँछ। स्कोडाको लार्ज एसयूभी त्रिनिटी १८-इन्च छन्।

यसका साथै यो २०.३२ सीएम सेन्ट्रल इन्फोटेन्मेन्ट प्रणालीका साथ स्टेरिङमा प्रोक्सीमिटी सेन्सर, भ्वाइस कमाण्ड कन्ट्रोल पनि रहेको छ। 

यसमा पावर न्याप प्याकेज र निकाल्न मिल्ने बुट टर्च पनि छ। यसको बुट स्पेस २७० लिटरबाट देखि २००५ लिटरसम्म बनाउन मिल्छ जुन कोडियाकको क्लासकै सबैभन्दा बढी हो। साथै यसमा किलेस इन्ट्री, स्टार्ट र स्टप बटन, भर्चुअल पेडल ओपन र क्लोज द बुट फंसन पनि उपलब्ध छ। नेपालमा कोडियाक स्टाइल भेरियन्टमा उपलब्ध छ ।

images

प्रकाशित : १२:१८
प्रतिक्रिया दिनुहोस