बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३
नबिल र बंगलादेश बैंक एकीकृत काराेबारकाे तयारीमा

बंगलादेश बैंक प्राप्तिपछि नबिल बैंकका सूचक सबै उत्साहप्रद, सेयर मूल्यमा कस्तो पर्ला प्रभाव?

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ३० २०७८
बंगलादेश बैंक प्राप्तिपछि नबिल बैंकका सूचक सबै उत्साहप्रद, सेयर मूल्यमा कस्तो पर्ला प्रभाव?

काठमाडौं- नबिल बैंकले नेपाल बंगलादेश बैंक प्राप्ति गरेपछि संयुक्त कारोबारको अन्तिम तयारी सुरु गरेका छन्। नेपाल राष्ट्र बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्तिको लागि नबिल बैंकलाई आशय पत्र उपलब्ध गराइसकेकोले पनि संयुक्त कारोबारको अन्तिम तयारी सुरु भएको हो।

नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडबीच १००ः४३ को स्वाप रेसियो अनुपातमा प्राप्तिका लागि गत पुस २९ गते दुईपक्षबीच सम्झौता भएको थियो। हाल नबिल बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोढ ६१ लाख रुपैयाँ रहेको छ भने नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड ५४ लाख रुपैयाँ लगानी रहेको छ।

प्राप्तिपछिको चुक्ता पुँजी २८ अर्ब ८५ करोड चुक्ता पुँजी पुग्ने छ। स्वाप रेसियोको सम्झौताअनुसार नेपाल बंगलादेश बैंकको १०० सेयर भएको सेयरधनीले नबिल बैंक (प्राप्तिपछिको कम्पनी)को ४३ सेयर पाउने छन्। प्रति सेयर नेटवर्थ बढेर २१८ रुपैयाँ हुनेछ। दुई बैंकले असारअघि नै एकीकृत काराेबारकाे तयारी गरेका छन्। 

नाफा, आय, र ईपीएस 

प्राप्तिपछि बैंकको वार्षिक नाफा ६ अर्ब रहेको छ। आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासमा मात्र उनीहरुको संयुक्त खुद नाफा कूल २ अर्ब ९९ करोड ३० लाख रुपैयाँ रहेको छ। 

दोस्रो त्रैमासिकको खुद नाफाको तथ्यांकलाई आधार मान्दा संयुक्त बैंकको प्रतिसेयर आम्दानी २६.२१ रुपैयाँ रहेको छ। स्वाप अनुपातमा पुँजी समायोजनका कारण ईपीएस बढ्ने अपेक्षा गरिएको छ। प्राप्तिपछि पुँजीबाहेक नबिलको जगेडा तथा कोषमा २१ अर्ब ६२ करोड रुपैयाँको हुने छ।

पुँजी कोष ४४ अर्ब ४४ करोड रुपैयाँको हुने छ। नबिलको निक्षेपको आकार ३ खर्ब १२ अर्ब अधिक पुग्नेछ। कुल कर्जा २ खर्ब ८९ अर्ब रुपैयाँ अधिकको कर्जा प्रवाह हुने तथ्यांकले देखाएको छ।

शाखा र विस्तार काउन्टर

नेपाल बंगलादेश बैंकको अधिग्रहणले ब्यापार बृद्धिलाई समर्थन गर्न फराकिलो नेटवर्कमा परिणत हुनेछ। संयुक्त सञ्चालनपछि तत्कालै १६ एक्स्टेन्सन काउन्टर र २ हजार ३ सय १ कर्मचारीसहित २ सय ३५ शाखा हुनेछन्।

बैंकसँग २९२ एटीएम टर्मिनलहरू र १६ लाख बढी ग्राहकहरू छन्, जसले यसलाई देशको अग्रणी बैंकहरू मध्ये एक बनाउनेछ। बैंकहरूले व्यापारको मात्रा बढाउन थप शाखा सञ्जाल खोजिरहेका छन्।

आकर्षक बैंकको सस्तो सेयर मूल्य

नबिलको सेयर मूल्य घटेर ९६० रुपैयाँमा आइपुगेको छ। बैंकको सेयर मूल्य १७४० रुपैयाँसम्म पुगेको थियो। ५२ हप्ताभित्र सबैभन्दा सस्तो ९५८ रुपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : बुधबार, चैत ३० २०७८०१:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend