काठमाडौं- नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजयबहादुर स्वार विजयी भएका छन्। उनी महासंघको छैटौं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन्।
वरिष्ठ उपाध्यक्षमा भने निर्वाचन हुँदै छ। ३ जना वरिष्ठ उपाध्यक्ष हुने व्यवस्था रहकोमा ५ जनाले उमेद्वारी दिएका छन्।
त्यस्तै महासचिवमा डेकनाथ गौतम पनि निरविारेध निर्वाचित भएका छन्। उपमहासचवि पनि निरविरोध निर्वाचित भएका छन्। सचिव पदको भने निर्वाचन हुँदै छ।
यसैगरि कोषध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ र सहकोषध्यक्षमा अर्जुन गौतम निरविरोध निर्वाचित भएका छन्। गोदावरीमा जारी महासंघको अधिवेशनमा निरविरोध हुन नसकेका पदका लागि ६ बजेटदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ।