मंगलबार, असोज १ गते २०८१    
images
images

चुनावअघि भैरहवा विमानस्थल सञ्चालनमा नआउने, परीक्षण उडान अनिश्चित

images
मंगलबार, चैत २९ २०७८
images
images
चुनावअघि भैरहवा विमानस्थल सञ्चालनमा नआउने, परीक्षण उडान अनिश्चित

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो। एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी करिब २२ अर्ब रुपैयाँ खर्च भइसकेको छ। 

images
images

काठमाडौं- सम्पूर्ण तयारी पूरा भएपनि गौतमबुद्ध विमानस्थल चुनावअगाडि सञ्चालनमा नआउने भएको छ। सरकारले चुनावलक्षित उद्घाटन गरेर सञ्चालन भएको घोषणा गर्ने तयारी गरे पनि  बैशाख १ गते गर्ने भनिएको परीक्षण उडान नै अनिश्चित भएको छ।

images
images
images

परीक्षण उडान नै नहुने भएपछि उद्घाटन र सञ्चालन चुनावअगाडि नहुने निश्चत प्रायः भएको प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए। सरकारले स्थानीय तहको चुनाव बैशाख ३० लागि घोषणा गरिसकेको छ। निर्वाचन आयोगले निर्वाचन तयारीलाई तिव्रता दिइरहेको छ। 

विमानस्थलमा २०७९ वैशाख १ गते परीक्षण उडान गर्नका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज समेत तयार गरिएको थियो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) टोलीको नेपालको हवाई क्षेत्रको अडिटका लागि काठमाडौं आइपुगेको भन्दै परीक्षण उडान पर धकेलिएको हो। जबकि अडिटको लागि आइकाओको टोली नेपाल आउने तय ६ महिना अगाडि नै भएको थियो। प्राधिकरणले जेठ २ देखि धमाधम व्यावसायिक उडान गर्ने घोषणा गरेको थियो। 

उडानका लागि फ्लाइ दुबई, श्रीलंकन एयरलाइन्स, जजिरा एयरवेज, कतार एयरवेज, नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, गो एयर, गल्फ एयर, थाइ स्माइल, सलाम एयर लगायतले चासो देखाएका छन्। यसैगरी भियतनामको एक वायुसेवा कम्पनीले चार्टर उडानका लागि प्रस्ताव गरिसकेको प्राधिकरणले जनाउँदै आएको छ। 

images

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुमा थालनी भएकोगौतमबुद्ध विमानस्थलको काम निर्माण व्यवसायी कम्पनीको लापरबाहीले अवरोध भएको थियो। पछिल्लो पटक सन् २०२० को मार्च महिनाभित्र निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि निर्माण सकेर विमानस्थल व्यावसायिक सञ्चालनमा ल्याउन लागिएको थियो।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो। एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी करिब २२ अर्ब रुपैयाँ खर्च भइसकेको छ। 

पहिलो चरणमा करिब ११ अर्ब खर्च रुपैयाँ भएको छ। कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ।


प्रकाशित : मंगलबार, चैत २९ २०७८१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend