आइतबार, मंसिर ९ गते २०८१    
images
images

उच्च अंकबाट ८१४ ले घटेको बजार २२०० को बिन्दुतर्फ, लगानीकर्ता सेयर बिक्री गरेर बाहिरिन थाले

images
मंगलबार, चैत २९ २०७८
images
images
उच्च अंकबाट ८१४ ले घटेको बजार २२०० को बिन्दुतर्फ, लगानीकर्ता सेयर बिक्री गरेर बाहिरिन थाले
images
images

काठमाडौं- उच्च अंकमा पुगेको सेयर बजार ८१४ अंकले घटेर अब २२०० को बिन्दुमा झर्ने संकेत गरेको छ। मंगलबार पनि बजार ३४.७८ अंकले घटेर २३८५.०२ बिन्दुमा आइपुगेको छ। सूचकले अझै बजार घट्ने देखिएकोले कम्तीमा २२०० मा पुगेर मात्रै टेको लाग्ने देखिएको छ। 

images
images
images

मंगलबार १ अर्ब ५२ करोड रुपैयाँको मात्र कारोबार भएको छ। जहाँ १३ कम्पनीको सेयर मूल्य बढ्दा १७७ कम्पनीको मूल्य घटेको छ। पाँच कम्पनीको सेयर मूल्यमा परिवर्तन भएको छैन। 

images

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते ३२०० भन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो। त्यसको अघिल्लो दिन बजार ३१९९.०३ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो। सो बिन्दुबाट बजार ८२० अंकले घटेको छ। त्यसयता सेयर बजार निरन्तर घट्दो क्रममा नै रहेको छ। केही उतारचढाव देखिए पनि बजारले लय समात्न सकेको छैन। अर्थतन्त्रमा देखिएको संकटमा आगामी दिनमा आउने सक्ने जोखिम मोल्न लगानीकर्ताहरू तयार भएका छैनन्। 

images

हिजो सोमबार ४४.६४ अंकको गिरावट आएको थियो। ४४.५६ अंकले घटेर बजार २४१९.८० बिन्दुमा झरेको थियो। सोमबार २ अर्ब २६ करोड रूपैयाँको कारोबार भएको थियो। 

गएको साता कारोबारको चार दिन बजार घटेपनि अन्तिम दिन बिहीबार भने बजारमा हरियाली छाएको थियो। गएको साता आइतबार ३०.८९ अंकले घटेको बजारमा सोमबार १६.०९ अंकको गिरावट आएको थियो। मंगलबार पनि बजारमा ४६.४६ अंकले गिरावट आएकोमा बुधबारसमेत २३.३२ अंकको गिरावट आएको थियो। कारोबारको चार दिनमा ११६.७६ अंकले गिरावट आएको बजारमा बिहीबारको ३५.६६ अंकको वृद्धिले केही राहत मिलेको थियो। 

२२०० को बिन्दुमा आउने आधार 

साताको दोस्रो कारोबारमा मंगलबार सेयर बजार फेरि २४०० को मनोवैज्ञानिक बिन्दुबाट तल खसेको छ। बजार पछिल्लो दुई हप्तामै तीनवटा आधार बिन्दुबाट तल खसेको हो। २६०० को मनोवैज्ञानिक बिन्दुबाट चार दिन, २५ सयको बिन्दु पाँच दिन र २४ सयको बिन्दु चार दिनको कारोबारपछि पुन: तल खसेको हो।

लगानीकर्ताहरूका अनुसार यसरी मनोवैज्ञानिक बिन्दुबाट बजार तल झर्नुले आगामी बजार सूचक झनै नकारात्मक दिशातर्फ बढ्ने संकेत गर्छ। खराब अर्थतन्त्रबीच राजनीतिक उत्तारचढाव, राष्ट्र बैंक र अर्थ मन्त्रालयको जुहारीले बजारलाई नकारात्मक प्रभाव  पारिरहेको छ। 

हतासिएका लगानीकर्ताहरू बजार प्रवेश गर्न सकेका छैनन् भने सेयर बजारमा प्यानिक सेलिङ भइरहेको छ। बजार सम्हालिने प्रयास भए पनि खरिद बिक्रीमा चाप पर्दा बजार घटेको छ। यसले लगानीकर्ताहरूलाई केही आशावादी बनाए पनि बजारमा देखिएको आर्थिक संकट, बढ्दो महँगी र ब्याजदरको चापले पनि लगानीकर्ता प्यानिक सेलिङमा देखिएका छन् ।
 
आजको बजारले लगानीकर्ताहरू बजारप्रति झनै  निराश  बनेका छन्। बजार सम्हालिने प्रयासमा देखिएको संकेत भए पनि बजारको आगामि दिशा बेरियस मुभमेन्ट नै रहेको संकते बजारले देखाएको छ।

अर्थतन्त्रको अवस्थाले बिग्रिएको सेयर बजारमा फेरिएका राजनीतिक घटनाक्रम र अस्वभाविक निर्णयहरूको प्रभाव परिरहेको विश्लेषकहरू बताउँछन्। चुनावी माहोलले तान्नुपर्ने बजारलाई पछिल्ला अवस्थाले साथ दिइरहेको छैन। बजारले मनोवैज्ञानिक आधार बिन्दुलाई गुमाउँदै जाने हो भने थामिने बिन्दु अझ तल झर्न सक्ने देखिएको छ। 

बैंकहरूले निक्षेपको ब्याजदर बढाउने या नबढाउनेमा अझै कुनै टुंगो लागेको छैन। मुलुकको आर्थिक स्थिति अझै बिग्रँदो अवस्थामा पुग्ने आँकलन भएका कारण पनि सेयर बजारमा सुधार आउने सम्भावना कम देखिएको छ। 

विदेशी मुद्रा सञ्चितिको दबाब खेपिरहेको अवस्थामा चैतमा थप समस्या परेको अनुमान गरिएको छ। मूल्यवृद्धि दर बढेको छ । बैंकहरूले आर्थिक संकट आउन सक्ने भन्दै नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनकै भरमा विलासी वस्तु आयतमा रोक लगाएका छन्।

यसले लगानीकर्ताको खर्च क्षमतामा पनि प्रभाव परेको छ भने प्राथमिकता पनि बदलिएको छ। वर्षको अन्तिम महिना भएकाले लगानीकर्ताहरूलाई ब्याजदरको चापमा पर्दा बजारप्रतिको उत्साह कम छ। अर्थतन्त्र सुधारका लागि नीतिगत निर्णयका साथै सबैलाई विश्वस्त पार्नुपर्ने निकाय नै गलत बाटोमा हिँडिरहँदा त्यसको असर थप कस्तो देखिने हो भन्ने यकिन नभएको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : मंगलबार, चैत २९ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend