शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

नेष्डो लघुवित्तको सेयर मूल्यमा लगातार सर्किट; लगानीकर्ताले कमाए ११ दिनमै २० हजार, कतिसम्म पुग्ला?

images
मंगलबार, चैत २९ २०७८
images
नेष्डो लघुवित्तको सेयर मूल्यमा लगातार सर्किट; लगानीकर्ताले कमाए ११ दिनमै २० हजार, कतिसम्म पुग्ला?
images
images

काठमाडौं- नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको कारोबार सुरु भएदेखि नै लगातार सकारात्मक सर्किट लागिरहेको छ। सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट गरेको थियो। बाँडफाँटसँगै आईपीओ पर्ने लगानीकर्ताले पहिलो दिन नै ११ दिनमै २० हजार रुपैयाँभन्दा बढी कमाएका छन्।

images
images
images

कम्पनीको ११ दिनदेखि १० प्रतिशतका दरले बढेको सेयर मूल्य मंगलबार पनि सर्किट लागेर २०५७ रुपैयाँमा कारोबार भएको छ। प्रतिकित्ता मंगलबार १८७ रुपैयाँले बढेको छ। 

images
images
nesdo.PNG

कम्पनीको प्रति सेयर नेटवर्थ २६०.८४ रुपैयाँ रहेको छ। कम्पनी गत वर्ष प्रतिसेयर आम्दानी ५६.८७ रुपैयाँ रहेको छ। कम्पनीले आर्थिक वर्ष २०८०.८१ मा प्रतिसेयर नेटवर्थ ४०७.५९ रुपैयाँको प्रक्षेपण गरेको छ भने प्रतिसेयर आम्दानी १३२.८२ रुपैयाँ पुर्‍याउने प्रक्षेपण गरेको छ।

images
images

कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँ अङ्कित मूल्यमा ८ करोड २८ लाख ७५ हजार मूल्य बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता साधारण सेयरमा दरखास्त आह्वान गरेको थियो। 

बिक्री प्रबन्धककाअनुसार आईपीओमा कूल २५ लाख २७ हजार १ सय १ जनाले आवेदन दिएका थिए। त्यसमा ४ हजार १ सय ४६ जनाको आवेदन रद्द भइ बाँकी २५ लाख २२ हजार ९ सय ५५ योग्य आवेदकमध्ये ७७ हजार ४ सय ५६ आवेदकलाई १० कित्ताका दरले गोला प्रथामार्फत सेयर बाँडिएको थियो। 


प्रकाशित : मंगलबार, चैत २९ २०७८०८:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend