बिहीबार , वैशाख २७ गते २०८१    
images
images

सेगवे-नाइनबोटको स्मार्ट विद्युतीय स्कुटर ई-१२५ सार्वजनिक

images
बिजनेस न्युज
images
images
सेगवे-नाइनबोटको स्मार्ट विद्युतीय स्कुटर ई-१२५ सार्वजनिक
images
images

काठमाडौं- सेगवे-नाइनबोटले नेपाली बजारमा आकर्षक र नयाँ शैलीको विद्युतीय स्कुटर ई-१२५ सार्वजनिक गरेको छ। नेपालमा सेगवे ई-१२५ को बिक्री भने कमपनीले अघिल्लो सातादेखि नै सुरु गरिसकेको छ। 

images
images
images

नेपालमा नाइनबोटका स्कुटरको आधिकारिक बिक्रेता आईहव प्रालिले सेगवे नाइनबोटका अन्य मोडलहरु पनि सार्वजनिक गर्ने बताएको छ।

images

सेगवे ई-१२५

images

विद्युतीय स्कुटर ई-१२५ टाढैबाट लक गर्न सकिने, ट्रयाक गर्न सकिने र स्कुटर हराउँदा अलार्म ट्रिगर गर्न सकिने जस्ता नयाँ अविष्कार र सेन्सर छन्। प्रतिघण्टा ७५ किमीसम्म कुद्ने नाइनबोट सेगवे ई-१२५ मा अधिकतम २४ सय वाट बोस मोटर रहेको छ। यसले २०० एनएमको अधिकतम टर्क उपलब्ध गराउँछ।

images
images

ड्राइभिङ दायराका लागि ७४ भी र २७ एएच लिथियम ब्याट्री भएको यो स्कुटरको औसत चार्ज समय ५-६ घण्टा रहेको छ। जसमा स्कुटरको लागि डबल ब्याट्री स्पेस पनि छ। स्कुटरसँगै सिंगल ब्याट्री पनि आउँछ र ग्राहकले चाहेमा अर्को ब्याट्री थपेर माइलेज बढाउन सकनेछन्।

बोसको १०औँ पुस्ताको डुअल च्यानल एबीएस ब्रेकले सुसज्जित यो स्कुटरले विशिष्ट ब्रेकिङको सुविधा प्रदान गर्दछ। सुन्दर देखिने डिजिटल ड्यासबोर्डले प्रयोगकर्तालाई उच्च सुविधा रहेको छ।  

वाटरप्रुफ सेगवे ई-१२५ पानीमा पनि सजिलै चलाउन सकिन्छ। साथै, जहाँ अधिकांश पेट्रोलबाट चल्ने स्कुटरहरु कुदाउन सकिँदैन, त्यहाँ सेग्वे ई-१२५ सजिलै चलाउन सकिन्छ। 

सेगवे ई-१२५ दुई भिन्न आकर्षक रंगहरु सेतो र ग्रेमा उपलब्ध छ। यो स्कुटरको नेपाली बजार मूल्य ३ लाख ९१ हजार रुपैयाँ तोकिएको छ।

images

प्रकाशित : ०६:३६
प्रतिक्रिया दिनुहोस