काठमाडौं- पछिल्लो समय जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर बढीरहेको छ। साेमबार कम्पनीको सेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो। संस्थाको सेयर फागुन २७ गते दोस्रो बजारमा सूचीकृत भएको थियो। सूचीकृत भएसँगै कम्पनीको सेयर मूल्यमा उछाल आएको छ।
लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय कास्की जिल्ला, पोखरा महानगरपालिका सिमलचौर, कास्कीमा रहेको छ।
संस्थाको क्रेडिट रेटिङको अवस्था
स्वीकृत विवरणपत्र अनुसार सर्वसाधारणलाई निष्काशन गरिने सेयरको लागि यस संस्थालाइ ईक्रा नेपाल लिमिटेडले इक्रा आइआर डबल बी रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय अवस्था मध्यम जोखिम रहेको जनाउँछ
कम्पनीको प्रतिशेयर नेटवर्थ, प्रतिशेयर आम्दानी र संचित नाफा/नोक्सान सम्बन्धी विवरणमा यस लघुवित्त वित्तीय संस्थाको अधिकृत पुँजी २५ करोड रुपैयाँ रहेको छ। यस लघुवित्त वित्तीय संस्थाको जारी पूँजी १६ करोड रहेको छ।
यस लघुवित्त वित्तीय संस्थाको संस्थापकहरुबाट तत्काल चुक्ता पुँजी १० करोड ७८ लाख रुपैयाँ रहेको छ। स्वीकृत विवरणपत्र मार्फत सर्वसाधारणलाई पाँच करोड बाइस लाख रकम बराबरको सेयरको निष्काशन पश्चात लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी १६ करोड भएको छ।
संस्थापक सेयरधनीहरुको समूहबाट मनोनित वा निर्वाचित ४ (चार) जना सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गरी निर्वाचित २ (दुईजना) स्वतन्त्र सञ्चालक १ (एक) जना रहेका छन्।
निक्षेपमा औषत वृद्धिदर
लघुवित्त वित्तीयको शाखा कार्यलयहरुको वृद्धिसँगै ग्राहक सदस्यहरुको संख्यामा वृद्धि सहित बचतमा समेत वृद्धि हुने भएको हुनाले आव २०७८/०७९ मा ३१.१६ प्रतिशतका दरले वृद्धि हुनेप्रक्षेपण औचित्य पूर्ण रहेका छ। तत्पश्चात क्रमशः थप शाखा कार्यालयहरुको संख्यामा वृद्धि हुने भएकोले आव २०७९/८० मा २०.५० प्रतिशतले र आव २०८०/८१ मा २० दशमलव ७० प्रतिशतले हुने निक्षेप वृद्धिको प्रक्षेपण यथार्थपरक रहेकोछ।
कर्जा तथा सापटमा औषत वृद्धिदर
ग्राहक सदस्यहरुको संख्याको वृद्धिसँगै कर्जा तथा सापटमा पनि वृद्धि हुनेभएकोले आव २०७८/०७९ मा ३७.०६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ। सोही बमोजिम आव २०७९/८० र आव २०८०/८१ मा क्रमशः १८.५४ प्रतिशत र १७.३१ प्रतिशतको वृद्धि प्रक्षेपण गरिएको छ।
कुल आयमा औषत वृद्धि
लघुवित्त वित्तीय संस्थाको कर्जा लगानीमा वृद्धि हुनेभएकाले आव २०७८/०७९ मा कुल आयमा ११०.८५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको हो र आव २०७९/८० तथा आव २०८०/८१ मा क्रमश २४.९१ प्रतिशत, १९ दशमलव ६९ प्रतिशतको वृद्धि प्रक्षेपण गरिएको छ।
संचालन खर्च तथा कुल आम्दानी अनुपात
संचालन खर्चर कुल आम्दानीमा गरिएको प्रक्षेपणको आधारमा नै संचालन खर्च तथा कुल आम्दानीको अनुपात प्रक्षेपण गरिएको छ। जस अनुसार २०७८/०७९, २०७९/०८० र २०८०/०८१ मा संचालन खर्च तथा कुल आम्दानी अनुपात क्रमश ७.९९, १० दशमलव ४६ र १२ दशमलव ३८ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।
निक्षेपको औषत ब्याजदर प्रतिशतमा
गत वर्षहरुको वास्तविक आँकडा तथा आउँदो वर्षको संचालन योजनाको आधारमा संस्थाको वित्तीय प्रक्षेपणमा बचत कर्ताहरुलाई दिइने ब्याजको दर आव २०७८/०७९, २०७९/०८० र आव २०८०/८१ मा ७ दशमलव ३२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।
उपरोक्त प्रक्षेपणका आधारहरुमा अन्य शीर्षकहरुमा सोही बमोजिम नैपरिवर्तन हुने भएकाले सोही अनुरुप नै प्रक्षेपण गरिएको छ।
गत वर्षहरुकोवास्तविक आँकडा तथा आउँदो वर्षको संचालन योजनाको आधारमा लघुवित्त वित्तीय संस्थाको व्यवस्थापनद्वारा वित्तीय विवरण प्रक्षेपण गरिएको हो। पुँजी पर्याप्तताको मात्रा नेपाल राष्ट्र बैंकले तोकेको अनुपात अनुरुप रहनेगरी प्रक्षेपण गरिएको छ।
कम्पनीको पछिल्लो प्राविधिक
हाल संस्थाको सेयर मूल्य बुलिस अवस्थामा रहेको छ। हाल कम्पनीको सेयर मूल्य ४ सय ९१.१० रुपैयाँ रहेको छ। संस्थाको न्युनतम बिन्दुमा ३ सय १८ दशमलव ६० रुपैयाँ पुगेको छ।