बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

गभर्नरलाई कानूनअनुसार नै कारबाही गरिएको हो : अर्थमन्त्री 

सोमबार, चैत २८ २०७८
गभर्नरलाई कानूनअनुसार नै कारबाही गरिएको हो : अर्थमन्त्री 

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले नेपाला राष्ट्र बैंकका गभर्नरमाथि गरिएको कारबाही कानूनअनुसार नै भएको बताएका छन्। सोमबार अर्थमन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकारले राष्ट्र बैंक ऐन अनुसार नै छानविन गरिएको बताएका हुन्। 

राष्ट्र बैंक ऐन अनुसार नै गभर्नरमाथि छानविन गरिएको उनको जिकिर थियाे। सर्वोच्च अदालतका पूर्वन्यायधीसको संयोजकत्वमा छानविन समिति बनाइसकिएको र एक महिनामा समितिले प्रतिवेदन बुझाउने उनले बताए। प्रतिवेदनका आधारमा सरकारले निर्णय लिने भएकाले यस बारेमा अहिले थप बाेल्न आवश्यक नरहेका उल्लेख गरे। 

गभर्नरले सरकारलाई सहयोग नगरेपछि उनलाई कानून अनुसार कारबाही गरिएको मन्त्री शर्माले बताए। ‘धेरै कुरा अहिले भन्न मिल्दैन, छानबिन गर्न कमिटी बनाएका छौं,’ शर्माले भने ‘उक्त कमिटिको प्रतिवेदनले सबै प्रश्नको जवाफ दिनेछ। हामीले किन गभर्नरलाई कारबाही गरेका हौं, केही समय कुराैं।’

कर्जा विस्तार हुँदा समेत राष्ट्र बैंकले कहाँ लगानी गरेको छ भनेर खोज्ने प्रयास नगरेको र आफूले धेरै पटक प्रश्न गर्दासमेत जवाफ पाउन नसकेको हो उनको भनाइ छ। 

मन्त्री शर्माले देशको अर्थतन्त्रका बारेमा बढी राजनीति भएको समेत जिकिर गरे। ‘विदेशी मुद्राको सञ्चिति सामान्य अवस्था रहेको छ, सबै परिसूचक सामान्य रहेका छन्,’  अर्थमन्त्री शर्माले भने, ‘अर्थतन्त्रमा कुनै संकट आएको छैन। अर्थतन्त्र खराब छ भनेर व्यवसायी र जनतालाई भ्रम छर्ने काम र अर्थतन्त्रका बारेमा राजनीति गर्न खोजिएको छ।’


प्रकाशित : सोमबार, चैत २८ २०७८१२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend