बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

बिन्ध्यबासिनी हाइड्रोपावरले २५ लाख कित्ता आईपीओ जारी गर्न पायो अनुमति

सोमबार, चैत २८ २०७८
बिन्ध्यबासिनी हाइड्रोपावरले २५ लाख कित्ता आईपीओ जारी गर्न पायो अनुमति

काठमाडौं- नेपाल धितोपत्र बोर्डले बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई साधारण सेयर (आईपीओ) जारी गर्न स्वीकृति दिएको छ। 

अनुमति पाएसँगै बिन्ध्यबासिनी हाइड्रोपवार डेभलपमेन्ट कम्पनीले जारी पुँजीको २५ प्रतिशत अर्थात् २५ लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले स्थानीय र सर्वसाधारणका लागि सेयर निष्काशन गर्नेछ।

कम्पनीले चैत २५ गते आइपिओ निष्काशनको अनुमति पाएको हो। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।


प्रकाशित : सोमबार, चैत २८ २०७८१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend