बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

दोस्रो बजारका तीन ठूला कम्पनी नबिलको सेयर मूल्य बढ्दा निफ्रा र नेपाल लाइफको घट्ने क्रम रोकिएन, किन?

मंगलबार, चैत २९ २०७८
दोस्रो बजारका तीन ठूला कम्पनी नबिलको सेयर मूल्य बढ्दा निफ्रा र नेपाल लाइफको घट्ने क्रम रोकिएन, किन?

काठमाडौं- सातामा सेयर कारोबार भएको पहिलो दिन सोमबार नेप्से परिसूचक ४४.५६ अंकले गिरावटा आउँदा १७ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। जसमा १७६ कम्पनीको सेयर मूल्य घटेको छ। धेरै समय घटिरहेको नबिल बैंकको सेयर मूल्य भने बढेको छ। नबिलको सेयर मूल्य बढ्दा नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा)को सेयर मूल्य भने बढ्न सकेन। 

नबिल बैंकको सेयर मूल्य सोमबार प्रतिकित्ता २ रुपैयाँले बढेर ९७१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। लगातार घटिरहेको नबिल बैंकको घट्दो क्रममा ब्रेक लागेको अनुमान गरिएको छ।  

बैंकको सेयर मूल्य यसअघि घढेर १७४० रुपैयाँसम्म पुगेको थियो भने समायोजना हुँदा ९८५ रुपैयाँमा भएको थियो। बैंकको चुक्ता पुँजी १८ अर्ब ३७ करोड पुगेको छ। बजार पुँजीकरण १ खर्ब ७९ अर्ब रुपैयाँ रहेको छ। सोमबार धेरै कारोबार हुने सूचीको तेस्रो नम्बरमा नबिल बैंक परेको छ। बैंकको ६ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। 

दोस्रो बजारको ‘ब्लुचिप’ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य लगातार घटिरहेको छ। सोामबार प्रतिकित्ता ५० रुपैयाँले घटेर ९४० रुपैयाँमा आइपुगेको छ।

५२ हप्ताअगाडि २२४७ रुपैयाँमा अधिकतम मूल्यमा सेयर कारोबार भएको थियो। भने न्युनतम ९२७ रुपैयाँमा कारोबार भएको थियो। 

कम्पनीको बजार पुँजीकरण ७७ अर्ब १५ करोडमा झरेको छ। इन्स्योरेन्सको सोमबार सबैभन्दा बढी कारोबार भएको छ। कम्पनीको १६ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। 


उत्कृष्ट नाफा र आईपीओ जारी गरेकै वर्ष उच्च लाभांश दिँदा पनि नेपाल इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा)को सेयर मूल्य खासै बढ्न सकेको छैन।

दोस्रो बजारमा कारोबार सुरु हुँदा लगातार बढेको ७२६ रुपैयाँसम्म पुगेको सेयर मूल्य प्रतिकित्ता २६८ रुपैयाँमा आइपुगेको थियो। पछिल्लो समय बढेर पुनः कम्पनीको सेयर मूल्य लगतार घटिरहेको छ।

सोमबार पनि प्रतिकित्ता ५.५० रुपैयाँले घटेर ३१८ रुपैयाँमा आइपुगेको छ। कम्पनीको बजार पुँजीकरण घटेर ६८ अर्ब ७९ करोडमा आइपुगेको छ। निफ्राको पनि सोमबार धेरै कारोबार हुने सूचीमा दोस्रो नम्बरमा परेको छ। कम्पनीको ७ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। 


प्रकाशित : मंगलबार, चैत २९ २०७८००:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend