सोमबार, वैशाख १७ गते २०८१    
images
images
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एकजना पक्राउ

images
बिजनेस न्युज
images
images
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एकजना पक्राउ
images
images

काठमाडौं- नेपाल प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका-७ की २७ वर्षीया सोविता नेपाली छिन्।

images
images
images

प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो।

images

नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद गरिएको हो। उनी झोलामा गोली लिएर जापान जान लागेकी थिइन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

images

images

प्रकाशित : सोमबार, चैत २८ २०७८०८:१३
प्रतिक्रिया दिनुहोस