शुक्रबार, मंसिर २२ गते २०८०    

अनुदान र सहयोगले किसानमा उत्साह

images
बिजनेस न्युज
images
अनुदान र सहयोगले किसानमा उत्साह

गलकोट- बागलुङको काठेखोला गाउँपालिका-२ भीमापोखराका ऋषिराम शर्माले तरकारीकै भरमा घर चलाउँछन्। उनको खेतबारीमा फलेको तरकारी अहिले बागलुङ बजारका घर घरमा पुग्छ।

images
images
images

उनले बजारका केही परिवारलाई आफ्नो नियमित ग्राहक बनाएका छन्। सिजन अनुसारका तरकारी र प्लाष्टिक घरमा बेसिजनका तरकारीसमेत उत्पादन गरेर शर्माले आफ्ना ग्राहकलाई तरकारी पुर्‍याएका छन्। 

images

उनले वर्षेनी तीन खाल मूल्य बढीको तरकारी बजार पठाउँछन्। यो उहाँको हिउँदे र वर्षे आलुबाहेक तरकारीबाट मात्रै हुने आम्दानी हो। आलुबाट हुने आम्दानी जोड्दा उनले घर खर्च चलाउने, छोराछोरी पढाउने खर्च गरेर बचत गर्छन्। प्रविधिले साथ दिएकाले ऋषिरामलाई तरकारी फलाउन र बिक्री गर्न सहज छ।

images

ऋषिरामको प्लाटिक घरमा अहिले पनि अकवरे खुसानी र गोलभेँडा फलेका छन्। खेतमा लगाइएको बर्खे आलुले खेतैभरी हरियो बनाएको छ। पाँच मुरी आलुको बीउ लगाएका शर्माले ४० मुरी आलु फलाउने लक्ष्य राखेका छन् ‘हिउँदे आलुको मूल्य परेन, बर्खामा त ५० रुपैयाँ किलो कसो नपर्ला र’ शर्माले भने, 'अहिले तरकारी खेती गर्दा पनि राम्रै हुन्छ भन्ने मलाई पनि लागेको छ, गाउँले पनि त्यसै भन्छन्।' शर्मा गाउँका अगुवा किसान पनि हुन। उनले गरेको तरकारी खेती गरेको देखेर देखासिकी गर्नेहरु गाउँमा बढेका छन्।

images

'अहिले गाउँमा तरकारी उत्पादन बढ्दो छ', शर्माले भने, 'किसानका लागि बिउदेखि औजार, उपकरणसमेत अनुदानमा पाउने भएपछि कृषिमा आकर्षण बढ्दो छ।’ व्यावसायिक उत्पादन गर्ने किसानलाई फार्म दर्ता गरेमा अनुदान दिने गरेको छ। वडामा दर्ता भएर चलेका हरेक किसानले रु ५० हजार  अनुदान पाएको शर्माले बताए।

पाँच वर्षयता वडा कार्यालयले किसानलाई प्रोत्साहन गर्न थालेपछि गाउँमा १५० घरमा प्लाटिक घर छन्। पहिले बजारको तरकारी किनेर खाने गाउँलेहरु अहिले तरकारी बिक्री गर्ने गरेको वडाध्यक्ष विद्यापति शर्मा बताउँछन्। वडाले उत्पादनअनुसार टोललाई पकेट क्षेत्र बनाएको छ। आलुको उत्पादन धेरै हुने भीमापोखरामा तरकारी र फलफूलका पकेट क्षेत्र बनाइएका छन्। 'हामिले किसानको आवश्यकताअनुसार तालिम, प्रशिक्षणलगायत प्राविधिक विषयमा सहयोग गर्छौँ', शर्माले भने, 'आधुनिकीकरणमा किसान उत्साहित भएर सहभागी हुने गरेका छन्।'

सिँचाइको प्रबन्ध राम्रो भएकाले पनि किसान उत्पादनमा जोडिएको उनले बताए। भीमा पोखरामा उत्पादन भएको तरकारी बागलुङ बजारमा बिक्री हुने गरेको छ। रासस


प्रकाशित : सोमबार, चैत २८ २०७८०५:३७
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ