काठमाडौं- खराब मौसमसँगै कम भिजिबिलिटिका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ।
मौसममा आएको खराबीका कारण विमानस्थलमा भिएफआर उडान बन्द भएको छ। आइएफआर उडान भने भइरहेको छ। जसका कारण उडान तथा अवतरण प्रभावित भएको हो।
भिएफआर भनेको पाइलटले सिधै रनवे हेरर उडान तथा अवतरण गर्ने र आइएफआर भनेको उपकरणको माध्यमबाट हुने उडान तथा अवतरण हो। भिएफआरमा जति उडान तथा अवतरण हुन्छ आइएफआरमा उडान तथा अवतरण कम हुन्छ। जसका कारण उडान प्रभावित भएको हो।