मंगलबार, असोज १ गते २०८१    
images
images

बुद्ध एयरको बोर्डिङ पासमा अन्नपूर्ण केबलकारको आकर्षक छुट

images
आइतबार, चैत २७ २०७८
images
images
बुद्ध एयरको बोर्डिङ पासमा अन्नपूर्ण केबलकारको आकर्षक छुट
images
images

काठमाडौं- बुद्ध एयरको बोर्डिङ पासमा पोखराको अन्नपूर्ण केबलकार चढ्ने प्रत्येक यात्रुलाई १२ प्रतिशत छुट हुने भएको छ।

images
images
images

बुद्ध एयर र अन्नपूर्ण केबलकारबीच भएको सम्झौतामा बुद्ध एयरबाट पोखरा यात्रा गर्ने यात्रुहरुलाई प्रत्येक बोर्डिङ पासमा केबल कार आउजाउमा आकर्षक छुटको प्याकेज अफर ल्याएको हो।

बोर्डिङ पास जारी गरिएको ५ दिनभित्र अन्नपूर्ण केबलकारको प्रयोगमा मात्र यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

बुद्ध एयर काठमाडौंबाट दैनिक १० भन्दा बढी पोखराको उडान भर्दै आएको छ।

images

त्यसैगरि धनगढी, नेपालगञ्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुरबाट पनि पोखराको सिधा उडान गर्दै आएको छ। नववर्ष २०७९ वैशाख २ गतेबाट भद्रपुरबाट पोखरा सिधा उडान गर्ने घोषणा पनि गरिसकेको छ।

यी गन्तव्यहरुबाट पोखरा सिधा उडान भर्ने सबै यात्रुहरु यो योजनाबाट लाभ लिन सक्ने कम्पनीले जनाएको छ। बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाहरु रहेका छन्।


प्रकाशित : आइतबार, चैत २७ २०७८०६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend