बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

रिभर फल्सको आईपीओ खुला, क-कसले भर्न पाइने?

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २७ २०७८
रिभर फल्सको आईपीओ खुला, क-कसले भर्न पाइने?

काठमाडौं- रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण सेयरको निष्काशन तथा बिक्री खुला गरेको हो।  

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यको सात करोड रुपैयाँ बराबरको सात लाख कित्ता सेयर स्थानीयका लागि निष्काशन तथा बिक्री खुला गरेको जनाएको छ। साधारण सेयरमा आवेदकले १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ। 

निष्काशन गरिएको सेयर खरिदका लागि आगामी वैशाख ११ गतेसम्म आवेदन दिन सकिने र सो समयावधिसम्म मागबमोजिम आवेदन नआए वैशाख १६ सम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै प्राइम कमर्सियल बैंकको खाँदबारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदबारी शाखा, ग्लोबल आइएमी बैंकको खाँदबारी र चैनपुर शाखा, निष्काशन कम्पनीको आयोजना कार्यालय सङ्खुवासभा र प्रभु क्यापिटलको कार्यालय कमलादीबाट आवेदन दिन सकिने सूचनामा उल्लेख छ। 

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले प्रवद्र्धन गरिरहेको १०.३० मेगावाट क्षमताको पिलुवा खोला जलविद्युत् आयोजनाको अनुमानितप्रति मेगावाट लागत १८ करोड ६ लाख १५ हजार रुपैयाँ रहने कम्पनीले जनाएको छ। कम्पनीलाई केयर रेटिङ संस्था केयर नेपाल लिमिटेडले केयर एनपी बिबी माइनस इस्युअर’ रेटिङ्ग प्रदान गरेको छ। रासस


प्रकाशित : आइतबार, चैत २७ २०७८०६:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend