शुक्रबार, मंसिर २२ गते २०८०    

हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप

images
बिजनेस न्युज
images
हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप

राँझा- बाँकेमा मकै तथा तरकारी खेतीको पकेट क्षेत्र मानिने हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन्।

images
images
images

मकै र तरकारीको पकेट क्षेत्रमा फौजी किरा देखिएपछि यसपालि उत्पादन राम्रो नहुने चिन्ता बढेको हिरमिनियाका अगुवा किसान जयपाल मौर्यले बताए। उनका अनुसार भर्खरै हुर्कँदै गरेको मकैमा फौजी किरा देखिएको छ । यसले कलिलो मकैको डाठ खाइदिएपछि बिरुवा सुक्न थालेका छन्।

images

किराले तरकारीमा पनि असर पुर्‍याएको छ। डुडुवा-६ मा पर्ने हिरमिनियामा सिँचाइको व्यवस्था भएकाले मकैका साथै व्यावसायिकरूपमा तरकारी खेती पनि गर्ने गरिएको छ। तीन वर्षअघि अमेरिकाबाट अफ्रिका-भारत हुँदै फौजी किरा नेपाल प्रवेश गरेको थियो। फौजी किरा अहिले यतै बसेको छ। फौजी किराका लागि नेपाली हावापानी उत्तम रहेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिए। 

images

उनका अनुसार दिउँसोमा लुकेर बस्ने फौजी किराले रातिमा आक्रमण गर्छ। यहाँको वातावरण उसका लागि अनुकूल छ, बेलैमा औषधि हालेमा फौजी किराको असर हुँदैन। रासस

images


प्रकाशित : आइतबार, चैत २७ २०७८०५:५३
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ