आइतबार, वैशाख २३ गते २०८१    
images
images

२४ सयको मनोवैज्ञानिक बिन्दुबाट फर्किने प्रयासमा नेप्से, के छन् बढ्ने आधार?

images
images
images
२४ सयको मनोवैज्ञानिक बिन्दुबाट फर्किने प्रयासमा नेप्से, के छन् बढ्ने आधार?
images
images

काठमाडौं- गएको साताभर सेयर बजार ७९ दशमलव ९५ अंक अर्थात् ३ दशमलव १४ प्रतिशतले घटेका थियो। साताको कारोबारमा ४ दिन बजार घटेको थियो भने साताको अन्तिम दिन बिहीबार भने बढेको थियो।

images
images
images

साताको अन्तिम दिन बजार २४६४.३५ को अंकमा रोकिएको छ। ४ दिनसम्म लगातर घटेको बजार अन्तिम दिन बिहीबार भने १.४७ प्रतिशत अर्थात ३५.६९ प्रतिशतले बढेको थियो।

images

बिहीबार बजार बढेपनि तत्काल नै बजारमा ठुलो उताचढाव भने नआउने सेयर विश्लेषकहरू बताउँछन्। बजार यो साता थोरै अंकले बढ्ने सम्भावना भने देखिएको विश्लेषकहरूको भनाइ छ। बजार नबढेपनि ठूलो अंकमा भने गिरावट नआउने उनीहरूको दाबी छ।  बैंकिङ क्षेत्रमा तरलता अभावको समस्या समाधान हुने अवस्था नदेखिएका कारण पनि बजारमा ठूलो उतारचढावको सम्भावन नरहेको विश्लेषकहरू बताउँछन्।

images

बैंकहरूले निक्षेपको ब्याजदर बढाउने या नबढाउनेमा अझै कुनै टुंगो लागेको छैन। मुलुकको आर्थिक स्थिति अझै बिग्रँदो अवस्थामा पुग्ने आँकलन भएका कारण पनि सेयर बजारमा सुधार आउने सम्भावना कम देखिएको छ। 

images
images

विदेशी मुद्रा सञ्चितिको दबाब खेपिरहेको अवस्थामा चैतमा थप समस्या परेको अनुमान गरिएको छ। मूल्यवृद्धि दर बढेको छ । बैंकहरूले आर्थिक संकट आउन सक्ने भन्दै नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनकै भरमा विलासी वस्तु आयतमा रोक लगाएका छन्।

यसले लगानीकर्ताको खर्च क्षमतामा पनि प्रभाव परेको छ भने प्राथमिकता पनि बदलिएको छ। वर्षको अन्तिम महिना भएकाले लगानीकर्ताहरूलाई ब्याजदरको चापमा पर्दा बजारप्रतिको उत्साह कम छ।

लगानीकर्ताहरू यस हप्ता दुई हजार पाँच सयको मनोवैज्ञानिक आधार बिन्दुबाट घटेर दुई हजार चार सयमा टेको लाग्ने प्रयासमा देखिएको छ। गएको साताको सोमबारबाट २५ सयको आधार बिन्दुबाट नेप्से २४ सयमा तल झरेको थियो। गएको साता निर्जीवन बीमा समूह सूचक ६ दशमलव ५५  प्रतिशतले घटेको छ भने फाइनान्स समूहको सूचकमा पाँच दशमलव १७ प्रतिशतले सबैभन्दा धेरै गिरावट आएको हो।

गएको सातामा नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था ६१ दशमलव ०३ प्रतिशतले  सबैभन्दा धेरै नाफा कमाएको छ। जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले १९ दशमलव ३५ प्रतिशत र राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाले १६ दशमलव १० प्रतिशतले नाफा कमाएका छन्।

गएको साता नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले २१ दशमलव ५९ प्रतिशतले सबैभन्दा घटेको छ। सातामा संस्थाले दुई सय ८५ रुपैयाँ गुमाएको हो। त्यस्तै समिट लघुवित्त वित्तीय संस्थाले यससाता १ सय २७ रुपैयाँले गुमाएको छ। सातामा नबिल बैंकको सबैभन्दा धेरै कारोबार भएको छ। बैंकको ३२ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ।

गएको साता कूल ९ अर्ब ८३ करोड रुपैयाँका सेयर किनबेच भएको छ। त्यसअघिको साताको भन्दा २६ दशमलव ७५ प्रतिशतले सेयर खरिद बिक्री घटेको हो। दैनिक औसत कारोबार रकम पनि २६ दशमलव ७५ प्रतिशतले घटेको भए पनि साताको अन्तिम दिन बिहीबार भने सेयर खरिद बिक्रीमा सुधार भइ दुई अर्बमाथिको कारोबार भएको थियो।

यस्तो छ प्राविधिक विश्लेषण :

data.JPG

गएको साता नेप्से सूचक पाँचैदिन कारोबार भयो। पाँचदिन आइतबारदेखि बिहीबारसम्म खुलेको बजार साताको अन्तिम दिन ३५ अंकले बढेको हो। साताको  मैनबत्ती चार्टमा, यस हप्ताको बजार चालले लामो तल्लो छायाँ भएको सानो कालो मैनबत्ती बनाएको छ।

त्यसअघिको हप्ताको मैनबत्ती दुवैतिर तुलनात्मक छायाँ भएको लामो कालो मैनबत्ती थियो। मंगलबारको सबैभन्दा बढी इन्ट्राडे हानि ४६ दशमलव ४६ अंक थियो भने सबैभन्दा बढी र एक मात्र, बुधबारको दिन इन्ट्राडे लाभ ३५ दशमलव ७ अंक थियो। मंगलबारको दिन ४६ दशमलव ४६ अंक गुमाउँदा  कारोबार रकम बढेको थियो। त्यतिबेला सेतो मैनबत्तीको आकारले ढाकेको छ।

नेप्सेको आरएसआई सूचक हाल २४ दशमलव ६४ बिन्दुमा छ। यसले बजार न्यूनतम बिन्दुनजिक आइसकेकाले छिट्टै नै बजार सामान्य भए पनि बढ्ने संकेत गर्छ। नेप्सेले यो साता दुई हजार चार सय ९० मा पहिलो लक्ष्य सामना गर्नेछ।

images

प्रकाशित : आइतबार, चैत २७ २०७८११:१७

प्रतिक्रिया दिनुहोस