बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

निफ्राको सेयर मूल्य ‘अन्डरभ्यालु’ भएकै हो? यस्तो छ प्राविधिक विश्लेषण

शनिबार, चैत २६ २०७८
निफ्राको सेयर मूल्य ‘अन्डरभ्यालु’ भएकै हो? यस्तो छ प्राविधिक विश्लेषण

काठमाडौं- उत्कृष्ट नाफा र आईपीओ जारी गरेकै वर्ष उच्च लाभांश दिँदा पनि नेपाल इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा)को सेयर मूल्य खासै बढ्न सकेको छैन। 

दोस्रो बजारमा कारोबार सुरु हुँदा लगातार बढेर ७२६ रुपैयाँसम्म पुगेको सेयर मूल्य पछि घटेर २६८ रुपैयाँमा आइपुगेको थियो। जुन रकम ६३ प्रतिशतले कमी थियो।

विश्लेषकहरूले निफ्राको सेयर अन्डरभ्यालु भएकोले बजार बढ्न थालेपछि उच्च अंकले बढ्ने अनुमान गरिरहेका छन्। तर निफ्राको सेयरमा लगानीकर्ताको आकर्षण देखिन सकेको छैन।

यो साताको अन्तिम दिन बिहीबार निफ्राको सेयर मूल्य प्रतिकित्ता ६ रुपैयाँले बढेर ३२४ रुपैयाँमा अन्मित कारोबार भएको छ। आागामी साता पनि निफ्राको सेयरमा उत्साह नै देखिने सेयर विश्लेषकहरू बताउँछन्। ६ रुपैयाँले बढेर ३ सय २४ रुपैयाँमा अन्तिम कारोबार भएको सेयर मूल्य सातामा भारी गिरावट आएको थियो। तर अन्तिम दिन बिहीबार भने ६ रुपैयाँले बढेको हो।

साताको पहिलो दिन आइतबार ३२४.७ रुपैयाँमा कारोबार बन्द भएको थियो। सोमबार १ रुपैयाँभन्दा बढीले घटेर ३२३.६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। मंगलबार भने सेयर मूल्य प्रतिकित्ता ६ रुपैयाँले घटेर ३ सय १७ रुपैयाँका कारोबार रोकिएको थियो। बुधबार भने प्रतिकिता १ रुपैयाँले बढेर निफ्राको सेयर सुधारको संकेत गरेको थियो। बुधबार प्रतिकित्ता एक रुपैयाँले बढेको सेयर साताको अन्तिम दिन भने प्रतिकित्ता ६ रुपैयाँले बढेको थियो।

लगानीकर्ताहरूले पर्ख र हेरको अवस्थामा निफ्रालाई राखेका छन्। गत वर्ष प्रत्येक आवेदकलाई ५० र ६० कित्ताका दरले साधारण सेयर दिएको निफ्राको दोस्रो बजारमा २१ करोड ६० लाख कित्ता सेयर सूचीकृत रहेको छ। धेरै सेयर कित्ता भएकोले चलखेल गर्न ठूला लगानीकर्ताले समेत सक्दैनन्। 

त्यसकारण पनि खासै ठूलो उतारचढाव सेयर मूल्यमा हुँदैन। जसका कारण पनि लामो समयदेखि निफ्राको सेयर मूल्य स्थिर भएर बसेको छ। २१ अर्ब ६० करोड चुक्ता पुँजी भएको कम्पनीको बजार पुँजीकरण बुधबारसम्म घटेर ६९ अर्ब ९८ करोड रुपैयाँमा आइपुगेको छ। कुनै समय १ खर्ब ३६ करोडसम्म पुगेको कम्पनीको बजार पुँजीकरण अहिले निरन्तर घटिरहेको छ।

निफ्राले विद्युत व्यापारमा समेत हात हाल्दैछ भने अन्य आयोजनाहरूमा समेत लगानी गर्नेगरी काम गरिरहेको छ। ऊर्जा मन्त्रालयले निफ्रालाई विद्युत व्यापारमा जोड्ने गरी प्रक्रिया अगाडि बढाइसकेको छ।

विद्युत व्यापारमा नेपाल विद्युत प्राधिकरणको एकाधिकार तोडिने गरी सरकारले नयाँ प्रक्रिया सुरु गरेको छ। सरकारले निफ्रा र नेपाल पावर एक्स्चेन्ज लिमिटेड (नेपेक्स) कम्पनीलाई विद्युत व्यापारमा सहभागी गराउने गरी प्रक्रिया अगाडि बढाएको छ। 

कम्पनी उत्कृष्ट नाफामा 

दोस्रो बजारमा हटकेक बनेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४४ करोड २६ लाख ४८ हजार खुद नाफा कमाएको छ। गत वर्षभन्दा यस वर्ष नाफा २५.६६ प्रतिशत वृद्धि भएको हो। गत वर्ष यस अवधिसम्म कम्पनीले ३५ करोड २२ लाख ५५ हजार रुपैयाँ नाफा गरेको थियो।

यस वर्ष कम्पनीको वितरणयोग्य नाफा पनि २६.३० प्रतिशत वृद्धि भएको छ। दोस्रो त्रैमाससम्म निफ्राको प्रतिसेयर आम्दानी ४.४३ रुपैयाँ गरेको छ।


प्रकाशित : शनिबार, चैत २६ २०७८११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend