मंगलबार, असोज १ गते २०८१    
images
images

काठमाडौं उपत्यकामै दर्जन पाँचतारे होटल निर्माणाधीन  

images
शनिबार, चैत २६ २०७८
images
images
काठमाडौं उपत्यकामै दर्जन पाँचतारे होटल निर्माणाधीन  

त्यस्तै चन्द्रागिरि हिल्स रिसोर्ट पनि पछिल्लो समय सञ्चालनमा आएको ठूलो होटल परियोजना हो। 

images
images

काठमाडौं- पर्यटकीय पूर्वाधारमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ। राजधानी लगायत नेपालभर पर्यटकीय पूर्वाधारमा वृहत लगानी विस्तार भइरहेको छ।

images
images
images

महामारी सुरू हुनअघि नै सुरु भएका परियोजनाहरू अहिले पुन:सुरु भएका छन् भने नयाँ परियोजना पनि अघि बढ्न थालेका छन्।

पर्यटनमा पनि होटलमा हुने लगानी बढ्दो ट्रेन्डमा छ। उत्पादनमुलक तथा अन्य व्यवसायमा रहेकाहरु होटलमा लगानी गर्न अघि बढेका छन्।

हाल काठमाडौं उपत्यकामै पाँच तारे स्तरका एक दर्जन होटल परियोजना निर्माणाधीन छन्। होटल पर्यटन क्षेत्रमा स्थापित व्यवसायी तथा औद्योगिक घरानाले होटलमा लगानी बढाउँदै गएका छन्। 

images

कोरोनाअघिको समयमा नेपालमा पर्यटक आगामनको संख्या बढ्दै गएको थियो। कोरोना महामारी साम्य हुनेवित्तिकै पर्यटक आगमन बढ्ने विश्वासमा व्यवसायीहरूले होटलमा धमाधम लगानी बढाइरहेका छन्। 

काठमाडौंमा निर्माणाधनी तथा निर्माणको चरणमा प्रवेशका गरेकामध्ये सबैभन्दा ठूलो परियोजना हो सुप्रभ्य होटल एन्ड रिसोर्ट प्रालिको परियोजना। सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ शमशेर राणाको यो कम्पनीले काठमाडौंमा भारतबाट सुरु भएको ‘द ओबराय’ चेनको नाममा होटल सञ्चालन गर्नेगरी निर्माणको काम अघि बढाउन लागेको छ।  काठमाडौंको रबिभवनमा रहेको ४६ रोपनी जाग्गामा भवन निर्माणको काम सुरु भइकसेको छ। यसको अहिले साइट क्लेरेन्सको काम भइरहेको छ। काठमाडौंमा ४६ रोपनीमा निर्माण हुने उक्त होटलको लगानी लगानीकर्ताहरूले नखुलाए पनि १५ देखि २० अर्ब रुपैयाँ हुने अनुमान गरेका छन्। जग्गाबाहेक भवनमा मात्रै हुने उक्त ठूलो लगानी नेपालमा हालसम्मकै ठूलो हुने छ। सन् २०२६ सम्म सञ्चालनमा ल्याउने लक्ष्य लगानीकर्ता राणाको लक्ष्य छ। 

गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घलेको लगानीमा निर्माण भइरहेको सेराटन काठमाडौं पनि पाँचतारे स्तरकै होटल हो। कोरोना महामारीका कारणले निर्माणमा ढिलाइ भएको होटलमा १० अर्ब लगानी भइसकेको छ। लगानी अझै बढ्ने अनुमान गरिएको छ। काठमाडौंको लैनचौरमा निर्माण भइरहेको होटलमा २२० कोठा हुनेछन्। 

अर्को ठूलो होटल परियोजना हो सेन्ट रेगिज। हालको समिट होटल भएको ठाउँमा निर्माण हुन लागेको यो लक्जरी होटल अपार्टमेन्टसहितको हुनेछ। विनोद चौधरी र रविभक्त श्रेष्ठको लगानी रहेको यो परियोजनाको पहिलो चरणमा कम्तिमा पाँच अर्ब लगानी हुने लगानीकर्ताको अनुमान छ। अहिले चल्तीमा रहेका भन्दा सुविधासम्पन्न र फरक मोडालिटीमा अपार्टमेन्ट ल्याउन खोजिएको  होटल १६ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ। 

कर्मा ग्रुप अफ कम्पनीले महाराजञ्जमा अपार्टमेन्ट सहितको पाँचतारे होटल सञ्चालनमा ल्याउँदैछ। त्यो होटलको व्यवस्थापनमा म्यारियटकै प्रिमियम ब्रान्ड ले मेरिडियन आउने एग्रिमेन्ट भइसकेको छ। सन् २०२६ सम्म सञ्चालनमा ल्याइसक्ने लक्ष्यमा रहेको होटलमा ६ अर्बको लगानी अनुमान गरिएको छ। 

गोपिकृष्ण चलचित्र हल भएको ठाउँमा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्ससँगै तारे होटल पनि निर्माण हुने भएको छ। यसअघि मल्टिकम्प्लेसको योजनामा रहेका लगानीकर्ताले अहिले होटलसहितको गोपिकृष्ण सेन्ट्रल कम्प्लेस बनाउन लागेका हुन्। २ अर्ब ५० करोड लगानीमा तारे होटल निर्माण गर्ने योजना लगानीकर्ताको छ। 

अरुण चौधरीले पुल्चोकमा पाँचतारे होटल निर्माण गरिरहेका छन्।  अन्तर्राष्ट्रिय चेन ब्रान्ड होली डे इनको नामबाट सञ्चालन हुने यो होटल निर्माण सम्पन्न हुनेक्रममा छ। 

त्यस्तै काठमाडौंमै ग्रिन भ्यू प्रालिले १ अर्ब लगानीमा ६० बेडको होटल सञ्चालन गर्ने योजना अघि बढाएको छ। 

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य देशबन्धु वस्नेतले काठमाडौंमा पाँचतारे होटल सञ्चालनमा ल्याउने तयारी गरेका छन्। पर्यटन व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी समिति सदस्य देशबन्धु बस्नेतले पाँच तारे होटल सञ्चालनमा ल्याउने भएको छन्। यो होटलमा १ अर्ब ६५ करोड ९५ लाख रुपैयाँ लगानी हुने छ। काठमाडौंको सुकेधारामा  होटल निर्माण भइरहेको छ। दी मेट्रोपोलिटियन होटल प्रालिको नाममा होटल सञ्चालन हुने भएको छ। 

काठमाडौंको नक्सालमा निर्माणाधीन होटल हिल्टन पनि पाँचतारे होटल परियोजना हो। यो होटलमा पाँच अर्ब बढीको लगानी हुने बताइएको छ। कोरोना महामारीका कारणले सञ्चालनमा ढिलाइ आएको यो परियोजना छिटै सञ्चालनमा आउने बताइएको छ।

त्यस्तै पोखरा तथा चितवनमा होटल रिसोर्ट चाइरहेको बाराही समूहले काठमाडौंमा बाराही होटल निर्माण गरिरहेको छ। 

सूर्य नेपाल प्रालिले काठमाडौंमा होटल सञ्चालन गर्दै छ। ५ अर्ब ९९ करोड लगानी  गरेर १९० बेडको होटल सञ्चालन गर्ने सूर्य नेपालको योजना रहेको छ।

काठमाडौंमा म्यारियट र फेयरफिल्ड म्यारियट होटल सञ्चालन गरिरहेको एमएस समूहले पनि मोक्सी काठमाडौं होटल निर्माणको काम अघि बढाएको छ। १ अर्ब ५० करोड बढीको लगानी हुने यो होटलको निर्माण कार्य अघि बढिसकेको छ। 

त्यस्तै शेहेन्सा काठमाडौंको पुर्निर्माण हुँदैछ भने अन्नपूर्ण होटलको पनि फेरि नयाँ संरचना निर्माण हुने भएको छ। यस बाहेक अरु पर्यटक स्तरीय होटल पनि निर्माणाधीन छन्। 

सन् २०१० पछि होटलमा लगानीकर्ताको आकर्षण बढिरहेको छ। सन् २०१० पछि बढेको लगानीको तीव्रता २०१५ को भूकम्पले केही धकेलिए पनि त्यसपछि काठमाडौंमै नयाँ पाँचतारे होटल सञ्चालनमा आए। पछिल्लो समय

काठमाडौंमा तीनवटा ठूला पाँचतारे होटल सञ्चालनमा आइसकेका छन्। म्यारियट काठमाडौं,अलफ्ट र ह्यात प्यालेस काठमाडौंमा सञ्चालन भएका नयाँ पाँचतारे होटल हुन्।

त्यस्तै चन्द्रागिरि हिल्स रिसोर्ट पनि पछिल्लो समय सञ्चालनमा आएको ठूलो होटल परियोजना हो। 

सरकारको तथ्यांक अनुसार २०७७/७८ को अन्तिमसम्म कूल  होटलको संख्या १ हजार ३१३ पुगेको छ। सरकारबाट अनुमति लिएर सेवा दिइरहेका यस्ता होटलमा कूल  ४५ हजार ८५० बेड पुगेका छन्।

यसमा तारे होटल १४२ पुगेका छन्। भने तारा नलिएका होटलको संख्या ११ सय ७१ छ। यसमा रिसोर्टको संख्या अलग छ।

पर्यटन विभागका अनुसार हालसम्म एकतारे होटलको संख्या ३४ छ। एकातारे होटलमा कूल १३४४ बेड छन्। त्यस्तै दुई तारे स्तरका होटल ४१ छन्। दुई तारे होटलमा २८८० बेड छन्।

३४ तीन तारे होटलमा ३४१२ बेड छन् भने १९ चार तारे होटलमा २४८७ बेड छन्। १५ पाँच तारे होटलमा एउटा सञ्चालनमा छैन। भने एउटा पाँचतारे डिलक्स होटल छ भने तीनवटा हेरिटेज बुटिक होटल छन्।  त्यस्तै नेपालमा ९९ रिसोर्ट छन् भने एउटा डिलक्स र एउटा लक्जरी रिसोर्ट रहेको छ।

कोरोना महामारीको प्रभावित भएका होटल परियोजनाले पनि पछिल्लो समय निरन्तरता पाएका छन्। काठमाडौं उपत्यकामै निर्माणाधीन होटल परियोजना धमाधम निर्माण भइरहेका छन्। काठमाडौं बाहिरका पर्यटकीय गन्तव्यमा पनि होटलमा धमाधम लगानी थपिएको छ।

महामारीपछि पर्यटक आगमन बढ्ने तर पूराना परियोजनाबाट माग सम्बोधन नहुने अनुमानसहित व्यवसायीहरु होटलमा लगानी गर्न आकर्षित देखिएका छन्।


प्रकाशित : शनिबार, चैत २६ २०७८०३:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend