आइतबार, वैशाख २३ गते २०८१    
images
images

तारागाउँ रिजेन्सी होटलको सेयर : सकारात्मक संकेतले लगानीकर्तालाई अवसर (विश्लेषणसहित)

images
images
images
तारागाउँ रिजेन्सी होटलको सेयर : सकारात्मक संकेतले लगानीकर्तालाई अवसर (विश्लेषणसहित)
images
images

काठमाडौं- कोभिड महामारी सुरु भएसँगै सबैभन्दा पहिलो असर होटल तथा पर्यटन क्षेत्रमा देखियो। कोभिडकै कारण नेपालमात्रै नभए विश्वभरी नै सबैभन्दा ठूलो असर होटल तथा पर्यटन क्षेत्रमा परेको हो। नेपालमा अधिकांश तारेहोटल बन्द भए। अहिले भने सामान्य अवस्थामै फर्कने क्रममा छन् होटल तथा पर्यटन क्षेत्र। सरकारले पनि पर्यटन क्षेत्रलाई सहज हुनेगरी केही नीतिगत व्यवस्था गरिरहेको छ। 

images
images
images

पर्यटन व्यवसायीले पनि पर्यटन क्षेत्रलाई चलायमान बनाउने गरी काम गरिरहेका छन्। पर्यटन आगामन बढेसँगै होटल क्षेत्रमा उत्साह सुरु भएको छ। मार्च महिनामा मात्रै झन्डै आधा लाख विदेशी पर्यटन नेपाल भ्रमणमा आएका छन्। साथै आन्तरिक पर्यटक पनि बढ्न थालेको छ।

images

सेयर लगानीकर्ताहरुको लागि पनि होटल तथा पर्यटन क्षेत्रमा लगानी गर्ने संम्भवना पनि होटल तथा व्यावसायीहरुले चालेको रणनीतिक कदम र कार्यकुशलता नै हो। होटल क्षेत्रहरुले बढाएको लगानी र आकर्षणकै कारण सेयर बजारमा होटल क्षेत्रले पनि छुट्टै पहिचान बनाउन थालेको छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत तारागाउँ रिजेन्सी होटलमा लगानीकर्ताको आकर्षण बढ्न थालेको छ। 

images

तारागाउँ रिजेन्सी होटल

images
images

तारागाउँ रिजेन्सी होटल नेपाल स्टक एक्सचेन्जसमा सूचीकृत कम्पनी मध्येको एक हो। हाल कम्पनीको सेयर मूल्य (विहीबारसम्म) ३ सय ७२ रुपैयाँ पुगेको छ। कम्पनीको सुरुवाति (ओपेनिङ) मूल्य ३ सय ६९ रुपैयाँबाट बढेर बजार बन्दहुँदासम्म कम्पनीको सेयर मूल्य ३ रुपैयाँले बढेको हो। कम्पनीको चुक्ता पुँजी एक अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। ५२ हप्ताअघि कम्पनीको न्युनतम सेयर मूल्य २ सय ७५ रुपैयाँ रहेको थियो भने उच्चतम् मूल्य ४ सय ६८ रुपैयाँ रहेको थियो।

कम्पनीको ५२ हप्ताको उच्चतम बिन्दुमा पुग्नलाई ९६ रुपैयाँले मात्र बढ्न बाँकी रहेको छ भने न्युनतम् मूल्यभन्दा ९७ रुपैयाँले बढेको छ। पछिल्लो समयमा होटलले लगानी बढाउँदै लैजदा  लगानीकर्ताको आकर्षण यस होटलमा बढेको छ। सेयरमा आएको आकर्षणले यस कम्पनीको सेयर मूल्य पनि बढ्न थालेको छ। 

होटलको वित्तीय अवस्था 

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासमा ३१ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको भए पनि कम्पनीले सुरुवाति घाटा बेहोरेको छ। होटल व्यावसाय र व्यवस्थापनमा समस्या आएका कारण कम्पनीले घाटा बेहोर्नुपरेको थियो। होटलले आर्थिक वर्षको दोस्रो त्रैमासमा ३१ करोड १७ लाख रुपैयाँ घाटा बेहोर्दा हाल कम्पनीको खुद घाटा १० लाख रुपैयाँमात्र रहेको छ। कम्पनीले कर तिर्न बाँकी रहेकाले समग्रमा होटल घाटामा रहेको छ। 

होटलले आर्थिक वर्ष २०७३/०७४मा ७.३६ प्रतिशत, २०७४/०७५ मा १२.६१ प्रतिशत, २०७५/०७६ मा १२ प्रतिशत र २०७६/०७७ मा १० प्रतिशत नगद लाभांश दिएको थियो। त्यसपछि होटलको व्यवसाय राम्रोसँग फस्टाउन नसक्दा लगानीकर्तालाई नाफा वितरण गर्न सकेको छैन।

यहाँ कम्पनीको ५० दिनको कारोबारलाई हेरिएको छ। कम्पनीको प्राविधिक पक्षलाई विश्लेषण गर्दा कम्पनीको सेयर मूल्य बुलिस तर्फ रहेको  देखिन्छ। विस्तारै कम्पनीले सेयर मूल्यमा कालो छाँया आकारको मैनबत्तीलाई दुई ठूला मैनबत्तीले बलियो गरि घेरेको छ। यस अर्थ बजार निकै बलियो बन्न पुगेको संकेत कम्पनीले देखाएको छ। हालैमात्र कम्पनीले ह्यामर क्यान्डलस्टिक ढाँचा लामो तल्लो विकको साथ छोटो शरीरको बनेको छ र तलको प्रवृत्तिको फेदमा पाइन्छ।
एक ह्यामरले देखाउँछ कि बिक्रीको दबाब भए तापनि, अन्ततः एक बलियो खरिद दबाबले मूल्य फिर्ता ल्यायो। शरीरको रंग फरक हुन सक्छ, सेतो हथौडाले कालो हथौडाभन्दा बलियो बुल बजारलाई संकेत गर्दछ। तर पुच्छर आकारको हतौडा पनि बनेको हुुँदा बजारमा चाप परेको देखिन्छ।

tara.JPG

images

प्रकाशित : शुक्रबार, चैत २५ २०७८११:०२

प्रतिक्रिया दिनुहोस