बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सडक विभागसँग तयारी अवस्थामा सात वटा बेलिब्रिज

बुधबार, भदौ १० २०८३
सडक विभागसँग तयारी अवस्थामा सात वटा बेलिब्रिज

धादिङ फुर्के खोलाको त्रिशुली नदीमा भएकोजस्तो लामो पुल तत्काल सञ्चालनका लागि बेलिब्रिज नभएको विभागको भनाइ छ।

काठमाडौं- भोटेकोशीमा आएको बाढी कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा हुँदै बग्ने त्रिशुली नदीतटीय क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको छ।

प्रारम्भिक विवरणअनुसार विभिन्न १९ वटा पुलका साथै कम्तीमा ४० किलोमिटर सडक क्षतिग्रस्त भएको सडक विभागले जनाएको छ। बाढीले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १८ किलोमिटर सडक पूरै बगाएको छ।

पुलमा पुगेका क्षतिका कारण सडक सञ्जाल धेरैतर्फ बन्द भएका छन्। विभागले क्षति पुगेका सडक पुल तत्काल सञ्चालनका लागि कसरी काम गर्ने भन्ने विषयमा छलफल थालेको छ।

सडक विभागका प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार विभागसँग अहिले ७ वटा बेलिब्रिज तयारी अवस्थामा रहेको छ। ती ४५ मिटर लम्बाइका मात्रै रहेको उनले जानकारी दिए।

साथै अन्यन्त्र प्रयोग नभएका बेलिब्रिज पुलको खोजी भइरहेको र पाँचवटा जति त्यस्ता पुल रहेको विभागको अनुमान छ। 

धादिङ फुर्के खोलाको त्रिशुली नदीमा भएकोजस्तो लामो पुल तत्काल सञ्चालनका लागि बेलिब्रिज नभएको विभागको भनाइ छ।

अहिले कताबाट कसरी थप बेलिब्रिज ल्याउने भन्ने विषयमा समेत अध्ययन भइरहेको विभागको भनाइ छ।

बाढीले १९ वटा पुल र कम्तीमा ४० किलोमिटर सडक क्षतिग्रस्त भएको प्रारम्भिक विवरण बाढीले १९ वटा पुल र कम्तीमा ४० किलोमिटर सडक क्षतिग्रस्त भएको प्रारम्भिक विवरण


प्रकाशित : बुधबार, भदौ १० २०८३१७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend