काठमाडौं- रसुवा बाढीका कारण अहिलेसम्म विभिन्न १९ वटा पुल क्षतिग्रस्त भएको सडक विभागले जनाएको छ।
१९ वटा पुलका साथै कम्तीमा ४० किलोमिटर सडकमा क्षति पुगेको विभागले जनाएको छ।
बाढीले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १८ किलोमिटर सडक पूरै बगाएको छ।
सरकारका तर्फबाट आवश्यक समन्वयसहित क्षतिको विवरण सङ्कलन गरी उद्धार तथा राहत वितरणलाई तीव्रता दिन, घाइतेको उपचार व्यवस्था गर्न, हराएका तथा सम्पर्क विहीन अवस्थामा रहेकाको खाजी गर्न र विपद्जन्य घटनामा तत्काल गर्नुपर्ने व्यवस्थापकीय भूमिका छिटोभन्दा छिटो पूरा गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएको छ।