शनिबार, साउन १२ गते २०८१    
images
images
images

संसदबाट पारित भयो बजेट, सरकारलाई खर्चको बाटो खुल्यो 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ४ २०७८
images
images
संसदबाट पारित भयो बजेट, सरकारलाई खर्चको बाटो खुल्यो 

संसदबाट विधेयक पारित भएसँगै आजदेखि सरकारलाई खर्चको बाटो खुलेको छ। 

images

काठमाडौं- प्रतिनिधिसभाबाट चालु आर्थिक वर्षको बजेट विनियोजन विधेयक पारित भएको छ। 

images
images

जेठ १५ मा अध्यादेशबाट ल्याइएको बजेटलाई प्रतिस्थापन गर्न बनेको विनियोजन विधेयक आज बसेको सांसदको बैठकबाट पारित भएको हो। 

images

प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरुको नाराबाजीकै बीचमा विनियोजन विधेयक पारित भएको हो।

गएको भदौ ३० गतेभित्रै पारित हुनुपर्ने विधेयक पारित नहुँदा चार दिनदेखि सरकारले सार्वजनिक खर्चको अधिकार गुमाएको थियो। 

images

संसदबाट विधेयक पारित भएसँगै अब सरकारलाई खर्चको बाटो सहज भएको छ। प्रतिधिसभाले विधेयक स्वीकृत गरेपछि राष्ट्रिय सभामा पेश हुने छ। राष्ट्रिय १५ दिनभित्र स्वीकृति नदिएमा स्वत: प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष जाने छ। 

अध्यादेशबाट ल्याइएको १६ खर्ब ४७ अर्बको बजेटलाई  घटाएर अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्बको बनाएका थिए।

बजेटको अंकसँगै अर्थमन्त्रीले आर्थिक ऐनमा पनि व्यापक हेरफेर गरेका थिए। 


प्रकाशित : सोमबार, असोज ४ २०७८०६:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend