बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

खुल्यो उपकार लघुवित्तको आईपीओ, कति कित्ता आवेदन दिने? 

शुक्रबार, चैत २५ २०७८
खुल्यो उपकार लघुवित्तको आईपीओ, कति कित्ता आवेदन दिने? 

काठमाडाैं- उपकार लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि शुक्रबारबाट साधारण सेयर बिक्री खुला गरेको छ। संस्थाले निष्कासन गर्ने सेयरमा चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ।

लघुवित्तले प्रति सेयर १०० रुपैयाँ दरका २ लाख ३६ हजार २५० कित्ता सेयर निष्कासन गर्न लागेको हो। कम्पनीको जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ छ भने त्यसको ३६ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।

लघुवित्तले निष्कासन गर्न लागेको सेयरमध्ये जारी पुँजीको ०.५ प्रतिशतले ३ हजार २८१ कित्ता कर्मचारीलाई र ५ प्रतिशतले अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। सर्वसाधारणले २ लाख २१ हजार १५६ कित्ता सेयरमा मात्र खरिदका लागि दाबी गर्न पाउने छन्।

कम्पनीको सेयरमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। लघुवित्तले आईपीओको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त्त गरेको छ।


प्रकाशित : शुक्रबार, चैत २५ २०७८०५:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend