बुधबार, वैशाख २६ गते २०८१    
images
images

नेपाली बजारमा उपलब्ध उत्कृष्ट विद्युतीय कार र मूल्य 

images
बिजनेस न्युज
images
images
नेपाली बजारमा उपलब्ध उत्कृष्ट विद्युतीय कार र मूल्य 

विद्युतीय कार मात्र उत्पादन गर्ने कम्पनीका कार समेत नेपाल आउनेक्रममा रहेका छन्। हाल नेपाली बजारमा हुन्डाईको कोना र आयोनिक ५, टाटाको नेक्सन इभी र टिगोर इभी, एमजीको जेडएस इभी, निसानको लिफल, बीवाईडी, दिगोगायत अन्य ब्रान्डका कार उपलब्ध रहेका छन्। 

images
images

काठमाडौं- सरकारले विद्युतीय कार कर सहुलियत दिने नीति लिएको छ। त्यहीअनुसार इन्धनबाट चल्ने कारको तुलनामा निक्कै कम कर लाग्ने गरेको छ। आयातमा लाग्ने करमात्र नभइ नगद मार्जिन समेत विद्युतीय सवारीका लागि नलाग्ने व्यवस्था गरेको छ। 

images
images
images

त्यसैले अहिलेपनि विद्युतीय कारको माग उल्लेख्य भएपनि उत्पादक कम्पनीहरुले पर्याप्त कार दिन नसक्दा महिनौं कुर्नुपर्ने छ। नेपालमा विभिन्न ब्रान्डका विद्युतीय कार उपलब्ध छन्। विद्युतीय कार उत्पादक कम्पनीकै तुलनामा परम्परागतत कार उत्पादकले नै उत्पादन गरेको विद्युतीय कारको माग तथा बिक्री धेरै भएको छ। 

images

विद्युतीय कार मात्र उत्पादन गर्ने कम्पनीका कार समेत नेपाल आउनेक्रममा रहेका छन्। हाल नेपाली बजारमा हुन्डाईको कोना र आयोनिक ५, टाटाको नेक्सन इभी र टिगोर इभी, एमजीको जेडएस इभी, निसानको लिफल, बीवाईडी, दिगोगायत अन्य ब्रान्डका कार उपलब्ध रहेका छन्। 

images

उल्लेखित ब्रान्डका सबै विद्युतीय कारको बुकिङ गरेर बस्ने उपभोक्ताको संख्या उल्लेख्य छ। विद्युतीय कार किन्न चाहनेले अहिले बुकिङ गर्दा ४/५ महिनासम्म कुर्नु पर्ने अवस्था रहेको एक बिक्रेताले बताए। ‘र्आसी इन्जिनयुक्त कारको बिक्री उल्लेख्य रुपमा घटेको भएपनि विद्युतीय कारको भने बुकिङ लिनका लागि पनि ४÷५ महिना कुर्नुपर्छ है, भन्नु पर्ने अवस्था छ,’ ती बिक्रेताले भने, ‘उत्पादक कम्पनीले मागअनुसार कार उपलब्ध नगराइदिँदा हामीले दिन सक्ने अवस्था छैन।’ 

images
images

टाटा 

नेपाली बजारमा टाटाका कार सिप्रदी ट्रेडिङ प्रालिले बिक्री गर्दै आएको छ। टाटाको नेक्सन इभी केही महिनाअघि सार्वजनिक भएको हो। क्रसओभर एसयूभी सेगमेन्टको यो कार नेपाली बजारमा निक्क रुचाइएको कार हो। 

टाटा नेक्सन इभी ३५ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ। नेक्सन इभीले ३ सय १२ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ। त्यस्तै टाटाको टिगोर इभी हालैमात्र नेपाली बजारमा भित्रिएको हो। यो कारको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

हुन्डाई 

हुन्डाईका कार नेपाली बजारमा लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री गर्दै आएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई कोना इभी केही वर्षअघि नै नेपाली बजारमा ल्याएको थियो। कम्पनीले हालै २०२१ को अपग्रेडेड भर्सनको कोना इभी ल्याएको थियो। यो कारको मूल्य ५७ लाख ९६ हजार र ६० लाख ९६ हजार रुपैयाँ रहेको छ। 

त्यस्तै हुन्डाईकै आयोनिक ५ समेत नेपाली बजारमा उपलब्ध छ। आयोनिक ५ विभिन्न ४ मोडलमा उपलब्ध रहेको छ। जसको मूल्य ८० लाख ९६ हजार ८२ लाख ४६ हजार रुपैयाँसम्म रहेको छ। 

निसान

निसानका कार नेपाली बजारमा शासडा समूहअन्तर्गतको पायोनियर मोटो कर्पले बिक्री गर्दै आएको छ। निसान लिफ विद्युतीय कार नेपाली बजारमा समेत उपलब्ध रहेको छ। यो कार विश्व बजारमा निक्कै चर्चा कमाउन सफल कार हो। यो कारको मूल्य ६२ लाख ९९ हजार रुपैयाँ रहेको छ। 

एमजी

नेपाली बजारमा एमजीका कार पारामाउन्ट मोटर्सले बिक्री गर्दै आएको छ। एमजीको जेडएस पेट्रोल भर्सनमा समेत उपलब्ध छ। सोही कारको विद्युतीय भर्सन जेडएस इभी नेपाली बजारमा निक्कै लोकप्रिय रहेको छ।

हालसम्म बिक्री भएका विद्युतीय कार मध्ये जेडएस इभी नेपालमा सबैभन्दा धेरै बिक्री हुने विद्युृतीय कार हो। एमजी जेडएस इभी दुई भेरियन्टमा नेपाली बजारमा उपलब्ध रहेको छ। एमजीका जेडएस इभीको मूल्य ५१ लख ९९ हजार र ५९ लाख ९९ हजार रुपैयाँ रहेको छ। 

यी बाहेक बीवाईडीको इ६ विद्युतीय कार पनि उपलब्ध रहेको छ। साइमेक्स इंकले ल्याएको यो कारको अपग्रेडेस भर्सन समेत आइसकेको छ। यसगरि ग्रेटवालको सवब्रान्ड ओलाको गुड क्याट विद्युतीय कार समेत नेपाली बजारमा आइसकेको छ। दिगो समूहले पनि विभिन्न मोडलका विद्युतीय कार बिक्री गर्दै आएको छ। सीजी मोटर्सले पनि होजोन ब्रान्डका निटा कार नेपाल ल्याउने तयारी गरेको छ। 

विद्युतीय कारको माग बढ्दै गएको र सरकारले ल्याउन विभिन्न नीतिमा विद्युतीय कारलाई सहुलियत दिइरहेकाले अन्य ब्रान्डले पनि विद्युतीय कार ल्याउने तयारीलाई तीब्रता दिएका छन्।  

images

प्रकाशित : ०५:१६
प्रतिक्रिया दिनुहोस