शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

बैंकमा बढेको निक्षेपले सेयर बजार सकारात्मक बाटोमा, आधार बिन्दु तय गरेकै हो?

images
शुक्रबार, चैत २५ २०७८
images
बैंकमा बढेको निक्षेपले सेयर बजार सकारात्मक बाटोमा, आधार बिन्दु तय गरेकै हो?
images
images

काठमाडौं- बैंकहरूले लगानी प्रवाह ठप्प पारेपछि निक्षेप धमाधम बढ्न थालेको छ। जसको प्रभाव सेयर बजारमा साताको अन्तिम दिन देखिएको छ। बिहीबार ३५.६६ अंकको वृद्धिसँगै सेयर बजार २४६४.३१ बिन्दुमा पुगेको छ। 

images
images
images

सेयर बजारको यो वृद्धि लगातार ११ दिनको कारोबारमा गिरावट आएपछि देखिएको हो।

images
images

वित्तीय संस्थाहरूमा एकैदिन ९ अर्ब निक्षेप थपिएको छ। मंगलबार ४९ खर्ब १५ अर्ब रहेको निक्षेप बढेर ४९ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ। 

images
images

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ऋण प्रवाह भने ठप्प भएको छ। मंगलबार ४७ खर्ब २ अर्ब रहेको ऋण प्रवाह बुधबार पनि ४७ खर्ब २ अर्ब रुपैयाँ रहेको छ। राष्ट्र बैंकका अनुसार सिडी रेसियो मंगलबार ९०.५८ प्रतिशत रहेको थियो। बुधबार घटेर ९०.४४ प्रतिशत कायम भएको छ। जसको प्रभाव सेयर बजारमा देखिएको हो। 

बिहीबार ५४ लाख ४४ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब १२ करोड १५ लाख रूपैयाँको कारोबार भएको छ। यो साता आइतबार ३०.८९ अंकले घटेको बजारमा सोमबार १६.०९ अंकको गिरावट आएको थियो। मंगलबार पनि बजारमा ४६.४६ अंकले गिरावट आएकोमा बुधबारसमेत २३.३२ अंकको गिरावट आएको थियो। कारोबारको चार दिनमा ११६.७६ अंकले गिरावट आएको बजारमा बिहीबारको बढोत्तरीले केही राहत मिलेको छ। 

अन्यत्र लगानीको प्रवाह ठप्प हुदाँ पैसा हुनेहरूले सेयर बजारमा लगानी बढाउन सक्ने देखिएको छ। जसको असर सेयर बजारमा पर्ने अनुमान समेत विश्लेषकहरूले गरेका छन्।  बजार बढ्ने विश्लेषण भइरहदाँ २२०० को बिन्दु आधार बनाएपछि मात्रै बढ्ने अनुमानसमेत गरिएको छ। सोही कारणले पनि आउने साता सेयर बजार के होला भन्न सक्ने अवस्था छैन। २६०० बाट नेप्सेसूचक २४०० को आधार बिन्दुमा छ। सोमबारदेखि नै २४०० को आधार बिन्दुमा बजार रोकिएको छ। 

बजारको बढ्दो गिरावट र लगानीकर्ताहरूको मनोवैज्ञानिक अवस्थालाई हेर्ने हो भने बजार यसै गतिमा रोकिने आधार छैन। बजार लामै समयसम्म करेक्सनमा जान सक्ने पनि देखिन्छ। २४०० बाट बजार खस्कियो भने बजार सम्हालिन निकै प्रयास गर्नुपर्ने छ। अहिले देखिएको अर्थतन्त्रको गहिरिँदो संकट, स्रोत ब्यवस्थापनले पनि बैंकहरू आफै संकटमा परेका छन्। ‘यो अबस्थामा बजार धेरै समय हरियो हुन सक्छ जस्तो मलाई लाग्दैन, यतिबेला लगानीकर्ताहरूले मन बलियो बनाउनुको विकल्प छैन,’ एक लगानीकर्ताले भने।

बजारले मनोवैज्ञानिक आधार बिन्दुलाई गुमाउँदै जाने हो भने २२०० को आधार बिन्दु नै अन्तिम बलियो बिन्दु मानिन्छ। यसअघि पनि लगानीकर्ताहरूले २६०० को आधार बिन्दुबाट २२०० लाई बलियो आधार बिन्दु मानेका थिए।

मनोवैज्ञानिक बिन्दुबाट ओरालो लागेको सेयर बजारमा देखिएको निरन्तरको गिरावटले लगानीकर्ता बजारबाट पर भइरहँदा बिहीबारको अवस्थाले बजारप्रति विश्वास थपिने आश बढेको केही विश्लेषकहरू बताउँछन्। यसले बैशाखसम्मका लागि देखिएको पर्ख र हेरको अवस्थामा सकारात्मक सन्देश जाने उनीहरूको भनाइ छ।


प्रकाशित : शुक्रबार, चैत २५ २०७८०१:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend