आइतबार, मंसिर ९ गते २०८१    
images
images

नागढुंगा सुरुङ मार्गको भौतिक प्रगति ३५ प्रतिशत

images
बिहीबार , चैत २४ २०७८
images
images
नागढुंगा सुरुङ मार्गको भौतिक प्रगति ३५ प्रतिशत

समग्रमा आयोजनाको कुल प्रगति ४८.५ प्रतिशत पुगेको छ।

images
images

काठमाडौं- नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माणको काम उल्लेखनीय रुपमा अगाडि बढिरहेको छ। आयोजनाका अनुसार हालसम्म सुरुङ मार्गको भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ। त्यस्तै वित्तीय प्रगति भने ४३ प्रतिशत पुगेको छ। 

images
images
images

मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात कंक्रिट लाइनिङको काम सुरु गरिएको आयोजनाले जनाएको छ। सुरुङ मार्ग छेड्ने कामसँगै आयोजनाले कंक्रिट लाइनिङको काम समेत तीब्रताका साथ अघि बढाएको हो। 

images

समयमै आयोजना सम्पन्न गर्न दुई सिफ्टमा काम भइरहेको छ। समग्रमा आयोजनाको कुल प्रगति ४८.५ प्रतिशत पुगेको छ। आयोजनाकाअनुसार चैत २० सम्म काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग १ हजार १ सय ६ मिटर र निकासी सुरुङमार्गको १३ सय ८४ मिटर सुरुङ खन्ने काम भइसकेको छ। 

images

हालसम्म मुख्य र सहायक सुरुङ गरि २६ सय ८८ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको प्रगति विवरणमा आयोजनाले सार्वजनिक गरेको छ। 

नगढुंगा सुरुङ मार्गको काम गत वर्ष पुस ७ गतेबाट सुरु थियो। ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ कात्तिक ४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ मार्गको शिलान्यास गरेका थिए। २.६८ किलोमिटर लम्बाईको सुरुङ मार्ग कोरोना महामारी लगायत विभिन्न कारणले केही ढिलाइ भएको थियो। 

ढिलाइका बीच समयमै काम सम्पन्न गर्न २४ सै घण्टा करिब ५ सय ८० प्राविधिक जनशक्ति सहितको टोलीले सुरुङमार्ग खन्ने काम गरिरहेको आयोजनाले जनाएको छ। आगामी साउन-भदौसम्ममा सुरुङ खन्ने काम सकिने दाबी आयोजनाको छ। 

कोरोना महामारीका कारण आयोजनाको समय ८६ दिन थप गरिएको भए पनि तोकिएकै समयमा निर्माण पूरा गर्ने गरी काम भइरहेको छ। यो सुरुङ मार्ग ड्रिलिङ र ब्लास्टिङ प्रविधिबाट खनिएको छ। यो नै नेपालका पहिलो सडक सुरुङ मार्ग हो।  

पहिलो आकस्मिक सवारीको लागि ४ मिटर चौडाइको र अर्को ९ मिटर चौडाईको सुरुङ बन्ने छ जसमा सवारीसाधन नियमित आवतजावत गर्नेछन्। 

यो सुरुङ मार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा आन्दो कर्पाेरेसनले पाएको हो। जापान सरकारको ऋण सहयोग र नेपाल सरकारको समेत लगानीमा यो सुरुङ मार्ग निर्माण भइरहेको छ। जापान सरकारको १५ अर्ब ८० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग र सरकारको ४ अर्ब ८० करोड रुपैयाँ गरी कुल करिब २० अर्ब ६० करोड रुपैयाँ लगानीमा आयोजना निर्माण भइरहेको छ। 

सुरुङसँगै सर्भिस ट्र्याक, फ्लाइओभर निर्माणलगायतको काम समेत भइरहेको आयोजनाले जनाएको छ। 


प्रकाशित : बिहीबार , चैत २४ २०७८१३:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend