बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

बैंकहरूमा एकैदिन ९ अर्ब निक्षेप थपियो, ऋण प्रवाह ठप्प

बिहीबार , चैत २४ २०७८
बैंकहरूमा एकैदिन ९ अर्ब निक्षेप थपियो, ऋण प्रवाह ठप्प

काठमाडौं- वित्तीय संस्थाहरुमा एकैदिन ९ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। मंगलबारसम्म ४९ खर्ब १५ अर्ब रहेको निक्षेप बढेर ४९ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ऋण प्रवाह भने ठप्प भएको छ। मंगलबारसम्म ४७ खर्ब २ अर्ब रहेको ऋण प्रवाह भएकोमा बुधबार पनि ४७ खर्ब २ अर्ब रुपैयाँ नै रहेको छ। राष्ट्र बैंककाअनुसार सीडी रेसियो मंगलबार ९०.५८ प्रतिशत रहेको थियो भने बुधबार घटेर ९०.४४ प्रतिशत कायम भएको छ। 

वाणिज्य बैंकहरुमा मात्रै निक्षेप एकैदिन ८ अर्ब रुपैयाँ थपिएको छ। त्यस्तै वाणिज्य बैंकहरुको ऋण प्रवाह भने १ अर्ब रुपैयाँमात्रै रहेको छ।


प्रकाशित : बिहीबार , चैत २४ २०७८११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend