बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नेष्डो लघुवित्तको सेयरमा लगातार सर्किट लाग्दा एक हजार लगानी गर्नेले कमाए १७ हजार, कतिसम्म पुग्ला?

बिहीबार , चैत २४ २०७८
नेष्डो लघुवित्तको सेयरमा लगातार सर्किट लाग्दा एक हजार लगानी गर्नेले कमाए १७ हजार, कतिसम्म पुग्ला?

काठमाडौं- नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको कारोबार सुरु भएदेखि नै लगातार सकारात्मक सर्किट लागिरहेको छ।

सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट गरेको थियो। बाँडफाँटसँगै आईपीओ पर्ने लगानीकर्ताले पहिलो दिन नै ७ हजार ८ सय २५ रुपैयाँ कमाएका थिए।

कम्पनीको ९ दिनदेखि १० प्रतिशतका दरले बढेको सेयर मूल्य साताको अन्तिम दिन बिहीबार पनि सर्किट लागेर १७०० रुपैयाँमा कारोबार भएको छ। एक हजार रुपैयाँ लगानी गरेका लगानीकर्ताले ९ दिनमा  १७ हजार रुपैयाँ कमाइसकेका छन्। कम्पनीको सेयर मूल्य अझै बढ्ने अनुमान गरिएको छ। 

nesdeo news.PNG

कम्पनीको प्रति सेयर नेटवर्थ २६०.८४ रुपैयाँ रहेको छ। कम्पनी गत वर्ष प्रतिसेयर आम्दानी ५६.८७ रुपैयाँ रहेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा प्रतिसेयर नेटवर्थ ४०७.५९ रुपैयाँको प्रक्षेपण गरेको छ भने प्रतिसेयर आम्दानी १३२.८२ रुपैयाँ पुर्‍याउने प्रक्षेपण गरेको छ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले मंगलबार साधारण सेयरको बाँडफाँट गरेको हो। कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँ अङ्कित मूल्यमा ८ करोड २८ लाख ७५ हजार मूल्य बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता साधारण सेयरमा दरखास्त आह्वान गरेको थियो। 

बिक्री प्रबन्धककाअनुसार आईपीओमा कूल २५ लाख २७ हजार १ सय १ जनाले आवेदन दिएका थिए। त्यसमा ४ हजार १ सय ४६ जनाको आवेदन रद्द भइ बाँकी २५ लाख २२ हजार ९ सय ५५ योग्य आवेदकमध्ये ७७ हजार ४ सय ५६ आवेदकलाई १० कित्ताका दरले गोला प्रथामार्फत सेयर बाँडिएको थियो। बाँकी तीन कित्ता सेयर २० कित्ताभन्दा धेरै आवेदन दिनेलाई एकएक कित्ताका दरले बाँडिएको क्यापिटलले जनाएको थियो। 


प्रकाशित : बिहीबार , चैत २४ २०७८१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend