शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

लगातार घटिरहेको सेयर बजारमा साताको अन्तिम दिन छायो हरियाली, थामिएर उकालो लाग्ने संकेत हो?

images
बिहीबार , चैत २४ २०७८
images
लगातार घटिरहेको सेयर बजारमा साताको अन्तिम दिन छायो हरियाली, थामिएर उकालो लाग्ने संकेत हो?
images
images

काठमाडौं- लगातार घटिरहेको सेयर बजारमा यो साता कारोबारको अन्तिम दिन बिहीबार भने हरियाली छाएको छ। उच्च बिन्दुमा पुगेर उतारचढाव हुँदै पछिल्लो समय लगातार घटिरहेको बजार बुधबार २४२८.७५ बिन्दुमा झरेको थियो। बिहीबार भने ३५.६६ अंकको वृद्धिसँगै बजार २४६४.३१ बिन्दुमा पुगेको छ। 

images
images
images

बजारले सकारात्मक संकेत गरेसँगै लगानीकर्ताहरूको मनोबल बढेको विश्लेषकहरू बताउँछन्। अर्थतन्त्रमा पछिल्लो समय देखिएका खराब अवस्थाबीच पनि चुनावी महोलले बजारलाई उकालो यात्रामा डोर्‍याउने विश्वास रहेको उनीहरू बताउँछन्। सातामा अन्तिम दिन बिहीबारको कारोबार रकममा पनि झिनो सुधार देखिएको छ।

images
images

बिहीबार ५४ लाख ४४ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब १२ करोड १५ लाख रूपैयाँको कारोबार भएको छ। जसमा १७४ कम्पनीको सेयर मूल्य बढेको छ। १७ कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

यो साता आइतबार ३०.८९ अंकले घटेको बजारमा सोमबार १६.०९ अंकको गिरावट आएको थियो। मंगलबार पनि बजारमा ४६.४६ अंकले गिरावट आएकोमा बुधबारसमेत २३.३२ अंकको गिरावट आएको थियो। कारोबारको चार दिनमा ११६.७६ अंकले गिरावट आएको बजारमा बिहीबारको बढोत्तरीले केही राहत मिलेको छ। 

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते ३२०० भन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो। त्यसको अघिल्लो दिन बजार ३१९९.०३ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो। त्यसयता सेयर बजार निरन्तर घट्दो क्रममा देखिएको थियो।

मनोवैज्ञानिक बिन्दुबाट ओरालो लागेको सेयर बजारमा देखिएको निरन्तरको गिरावटले लगानीकर्ता बजारबाट पर भइरहँदा बिहीबारको अवस्थाले बजारप्रति विश्वास थपिने आश बढेको विश्लेषकहरू बताउँछन्। यसले बैशाखसम्मका लागि देखिएको पर्ख र हेरको अवस्थामा सकारात्मक सन्देश जाने उनीहरूको भनाइ छ। अर्थतन्त्रमा देखिएको संकटमा आगामी दिनमा आउने सक्ने जोखिम मोल्न लगानीकर्ताहरू तयार हुँदै जाने उनीहरूको बुझाइ छ। 


प्रकाशित : बिहीबार , चैत २४ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend