मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

चैत ३० देखि बैशाख १ गतेसम्म फेवा महोत्सव हुने

images
बिहीबार , चैत २४ २०७८
images
images
चैत ३० देखि बैशाख १ गतेसम्म फेवा महोत्सव हुने

उनले कोभिबाट अतिप्रभावित पर्यटन तथा होटल उद्योगको उत्थानका लागि बजेट तथा सरकारले घोषणा गरेका १० दिने पर्यटन काज आजको दिनसम्ममा पनि कार्यान्वयनमा नआउनु दुःखको कुरा भएको बताए।

images
images

काठमाडौं- होटल संघ नेपालले फेवा महोत्सव गर्ने भएको छ। संघले पोखरामा १७औं फेवा महोत्सव गर्न लागेको हो। महोत्सव चैत ३१ देखि बैशाख १ गतेसम्म हुने भएको छ।

images
images
images

होटल संघ नेपाल, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्य सहित 'पर्यटन, संस्कृति र खाना' भन्ने नाराका साथ १७औं फेवा नववर्ष महोत्सव आयोजना गर्न लागेको बताए। कोभिड-१९ बाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरउत्थान गर्न यही चैत ३० गतेदेखि बैशाख १ गतेसम्म लेकसाइड स्थित फिष्टेल गेटदेखि हल्लनचोकसम्मको मुख्य सडकमा महोत्सव संचालन हुने उने बताए।

images
images

कोभिडका कारण गत दुई संस्करणको महोत्सव स्थगन पछि नयाँपनका साथ करिब ३ किलोमिटर खुल्ला सडकमा महोत्सव आयोजना गर्न लागेको बताउँदै उनले नेपालका मुख्य सहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउन यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको बताए।

images
images
images

विनासकारी भूकम्प, नाकाबन्दी, नोटबन्दी, बैंकको चर्को ब्याज जस्ता घटनाक्रमका कारण अफ्ठ्यारोमा पर्दै आएको पर्यटन क्षेत्रलाई कोभिडका करण शून्यता रहेको  पर्यटन क्षेत्रमा यस महोत्सवले केही रुपमा भए पनि राहत प्रदान गर्ने विश्वास लिइएको अध्यक्ष सुवेदीले बताए।

कार्यक्रमका प्रमुख अतिथिको  होटल संघ नेपाल केन्द्रका कार्यवाहक अध्यक्ष विनायक शाहले यस किसिमको उत्सव महोत्सवले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक प्रभाव परी विदेशीहरुलाई नेपाल घुम्न प्रेरित गर्नुका साथै नेपाल घुम्नका लागि सुरक्षित गन्तव्य रहेको सूचना सम्प्रेषण हुने बताए।

उनले कोभिबाट अतिप्रभावित पर्यटन तथा होटल उद्योगको उत्थानका लागि बजेट तथा सरकारले घोषणा गरेका १० दिने पर्यटन काज आजको दिनसम्ममा पनि कार्यान्वयनमा नआउनु दुःखको कुरा भएको बताए।

उनले पोखरालाई पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न होटल संघ नेपालले वृहत कार्यक्रम आयोजना गरेको स्मरण गराउँदै आज सोहीअनुसार आन्तरिक हवाई सञ्जाल पोखरामा बढ्न थालेको बताउँदै सञ्चालनमा आउनै लागेको अन्तर्राष्ट्रिय विमानस्थलले पनि यस क्षेत्रमा अझ बढी प्रभावकरी भूमिका खेल्ने बताए ।


प्रकाशित : बिहीबार , चैत २४ २०७८०७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend